Author: खबरमञ्च
झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले खेलकुदले नागरिकलाई एकसुत्रमा बाँध्ने काम गर्ने बताएका छन् । शनिवार झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा अर्ना छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले नागरिकलाई एकसुत्रमा बाँध्नका लागि खेलुकद क्षेत्रमा फुटबल महत्वपूर्ण भूमिका रहने बताए । उनले झापा गोल्डकपलाई छैटौं सँस्करणसम्म ल्याउने सबैलाई धन्यवाद दिए । उद्घाटन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले डोमालाल राजवंशी रंगशालामा प्यारापिट निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिए । उनले सबै राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्यारापिट निर्माणका लागि इमान्दार भएर लाग्न आग्रह गरे । सभामुख घिमिरे र झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले संयुक्त रुपमा…
झापा । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ भने अर्की बालिका घाइते भएकी छन् । शनिवार साँझ ७ बजेको समयमा मेचीनगर नगरपालिका ५ घोडाधिनस्थित भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने बर्ष ५५ की देवीमाया बि.क. र नबिन वि.क.की छोरी बर्ष ६ की निशा बि.क. लाई ठक्कर दिएको थियो । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएकोमा उपचारको क्रममा देवीमायाको साँझ ७.३० बजे मृत्यु भएको हो । नाकमा चोट लागेकी बालिका निशाको अवस्था मध्यम रहेको जनाइएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय नकलबन्दाको नियन्त्रणमा…
झापा । टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ । संकटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो । संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो । खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान…
झापा । झापाको मेचीनगर ७ गैरीगाउँमा स्थानीयबासी र सशस्त्र प्रहरीबीच शुक्रबार साँझ झडप भएको छ । झडपका क्रममा ६ जना स्थानीयबासी र एकजना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते हुने स्थानीयबासीमा दिपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईं, दिपक बातर र अनाह यादव रहेका छन् । घाइतेहरूको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गरिएको छ । भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीयबासी र सशस्त्र प्रहरी घाइते भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । हाल ६ जना स्थानीय र एकजना सशस्त्र घाइते भएको जानकारी…
ढाका । बंगलादेशको राजधानी ढाकास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । आगलागीमा परेका उनीहरूलाई उपचारका लागि अस्पतालहरुमा पठाइएकोमा अस्पतालहरूले उनीहरुलाई मृत घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको जनाइएको छ । दर्जनौं व्यक्तिहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा आगलागी भएको थियो । आगलागीमा परेको भवनमा अन्य धेरै रेस्टुरेन्ट, कपडा र मोबाइल पसलहरू पनि रहेका थिए ।
झापा । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ । फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्युरोड टिम (एनआरटी) सँग दोस्रो क्वार्टर…
झापा । मुख्य सहप्रायोजक रहेको अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार गोल्डकपको सचिवालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको हो ।अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गोल्डकपका अध्यक्ष बस्नेतले खेलकुदका लागि गरेको सहयोग महत्वपूर्ण भएको भन्दै अन्तर्राष्ट्रिय झापाली समाजलाई धन्यवाद दिएका थिए । गोल्डकपका महासचिव पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको…
काठमाडौं । नेताहरूको जिम्मेवारी बाँडफाँटमा ‘परिवारवाद’ हावी भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा फरक मत राखेका छन्। स्थायी कमिटी बैठकले पार्टी विधानविपरीत नेताहरूको जिम्मेवार तोकेको भन्दै शर्माले लिखित रूपमै फरक मत राखेका हुन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विधि र नीति मिच्दै भाइ नारायण दाहाल र बुहारी बिना मगरलाई पार्टीको जिम्मेवारी दिएको उपमहासचिव शर्माको आरोप छ। ‘जनप्रतिनिधिहरू पार्टीको इञ्चार्ज नरहने नीति म लगायतका कमरेडहरूलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइञ्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ,’ शर्माले फरक मतमा भनेका छन्, ‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र…
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो । बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरुले विजय हासिल गरेका छन् । १९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष , जनसम्पर्क उपाध्यक्ष , कोषाध्यक्ष , तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको हो । वरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्र…
झापा । देशब्यापी अभियान अन्तर्गत झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसँग अभिमूखिकरण गोष्ठी आयोजना गर्दै स्वास्थ्य कार्यालय झापाले फागुन १७ देखि खोप अभियान सञ्चालन गर्ने बताएको हो । कार्यालयले बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मंगलबार झापाका सञ्चारकमीसँग दादुरा रुबेला खोप अभियान अन्तर्गत अभिमूखिकरण गोष्ठी आयोजना गरेको थियो । झापामा यो वर्ष ५ बर्ष मुनिका ६९ हजार २ सय ९९ जना र ५ देखि १५ वर्ष उमेर समूहका २ लाख ४५ हजार १ सय ११ जनालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय झापाका निमित्त…