Author: खबरमञ्च
काठमाडौँ । सहकारी वचतकर्ताहरुले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा पीडित पक्ष र सरकारी वार्ता टोलीबीच एक अधिकार सम्पन्न समिति गठन गरी वचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि बढाउने लगायतका ८ बुँदे सहमती भएसँगै पीडित पक्षले आन्दोलनको सबै कार्यक्रम स्थगित गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा भएको सो समझदारी पत्रमा समस्याग्रस्त सहकारी संस्थाहरुको हिसाव जाँच गर्ने पनि उल्लेख गरिएको सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले जानकारी दिए । त्यसैगरी मौजुदा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा जनशक्ति, स्रोत साधन लगायतका संस्थागत क्षमताको सुदृढीकरण गरी यसरी घोषणा गरिएका समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको…
काठमाडौं । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्मी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाल पक्राउ परेका छन्। भारतको वित्तीय अपराध अनुसन्धान निकायले केजरीवाललाई पक्राउ गरेको उनको पार्टीले जनाएको छ । कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालयले बिहीवार साँझ केजरीवालको निवासमा खानतलासी गरी उनलाई पक्राउ गरेको हो। भारतको मुख्य विपक्षी कांग्रेसलगायतले घटनाको विरोध गरेका छन्। आपले आफ्ना अध्यक्ष निर्दोष रहेको र राजनीतिक उद्देश्यले केजरीवाललाई पक्राउ गरिएको बताएको छ। भारतमा आगामी एप्रिल १९ तारिकदेखि लोकसभा निर्वाचन हुँदै छ। त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पुनः विजयी हुने धेरैको आकलन छ। दिल्ली सरकारको मदिरा बिक्री नीतिसँग जोडिएको भ्रष्टाचारको आरोपका सम्बन्धमा छानबिन गर्न उनलाई पक्राउ…
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताएका छन् । बिहीवार सरकारी वकील कार्यालयमा उपस्थित भइ बयान दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाए । उनले राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने बताए । उनले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेको बताए । उनले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानी कर्तालाई…
काठमाडौँ । सभामुखसहित संसद्का पदाधिकारी विदेश भ्रमणमा जान थालेपछि प्रतिनिधिसभा १० दिनका लागि बन्द गरिएको छ । बिजिनेसविहीन बनेको राष्ट्रिय सभा पनि एक साताका लागि स्थगित भएको छ । सभामुख र संसद्का पदाधिकारीको जेनेभा भ्रमणका लागि संघीय संसद्को तल्लो सदन १० दिनका लागि बन्द गरिएको हो । अन्तरव्यवस्थापिका संसद् आइपियूको सम्मेलनमा भाग लिन सभामुख देवराज घिमिरेको नेतृत्वमा ठूला चार दलका प्रमुख सचेतकसहित १० सदस्यीय टोली ८ चैतमा स्विट्जरल्यान्डस्थित जेनेभा प्रस्थान गर्दै छ । संसद्का पदाधिकारीको भ्रमणलाई मध्यनजर गरेर आगामी आव ०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल बुधबार हतारोमा सकिएको छ । लगत्तै प्रतिनिधिसभा बैठक १८ चैत बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । …
झापा । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसअनुसार खाली रहेको जिल्ला प्रहरी कार्यालय झापामा कृष्णकुमार चन्द आउने भएका छन् । उनी प्रहरी वृत्त चापागाउँ ललितपुरबाट आउने भएका हुन् । डिएसपी खगेन्द्रप्रसाद रिजाल सेवा निवृत्त भएपछि जिल्ला प्रहरी कार्यालयमा डिएसपी पठाइएको थिएन । त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रकाश विष्ट आउने भएका छन् । उनी जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट आउने भएका हुन् । हालका डिएसपी सुरज कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोट…
झापा । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान अन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन् । बुधबार मेचीनगर-७ सतिघट्टास्थित ९१-१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र प्रहरी बल २ नं. गणका गणपति कविन्द्र राई, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसी लगायत स्थानीय वडाका जनप्रतिनिधि र सीमाबासी सहभागी छन् । झापा जिल्लामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म १४४ किलोमिटर लामो सीमा क्षेत्र छ…
झापा । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार दिउँसो ३.२० बजेको समयमा बुद्धशान्ति १ नमूना चौकस्थित भित्री सडकखण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र. ३–०२–००५ प ७१०९ न.को मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय धर्मेन्द्र सिजाली मगरको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेर घाइते भइ बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा दिउँसो ३.४० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाइकलमा पछाडी सवार इलाम रोङ १ बस्ने अन्दाजी ३४ वर्षीय कैलाश राई गम्भीर घाइते भएका छन् । टाउको र शरीरको बिभिन्न भागमा चोट लागेर…
काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गरेका छन् । काँग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोइरहेको ओलीको भनाइ थियो । पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले श्रीमती पौडेलले पद नपाउने देखेपछि रोइ कराई गर्न लागेका सिंह केका लागि जीवनभर कम्युनिष्ट भएका रहेछन् भन्ने कुरा पनि पर्दाफास भएको दाबी गरे । उनले सिंह निराश र हतोत्साही भएपछि के टिप्न पाइन्छ भनेर काँग्रेसको पछि लागेको आरोप लगाए । उनले भने, ‘मुख्य कुरा हाम्रो काम । सक्रियता र सफलता ।…
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामक न्यूनतम साझा कार्यक्रम कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन् । मंगलवार (हिजो) सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार संचालनका लागि सार्वजनिक गरेको सो कार्यक्रममा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कणर्ाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको जिकिर गर्दै त्यसको कुर्न अर्थ नभएको बताएका हुन् । बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले गरिवी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिए । उनले प्राङगारिक…
झापा । झापाको गौरीगञ्ज गाउँपालिका- १ बिर्खेबस्तिमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय नीलकन्ठ घिमिरे रहेका छन् । बुधबार बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आगलागी हुँदा घिमिरेको आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शवलाई सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।