Author: खबरमञ्च

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताएका छन् । निर्वाचन आयोगको २०८१ सालको मंसिरमा सो उपनिर्वाचन गर्ने प्रश्तावप्रति इंगित गर्दै उनले त्यसअघि पनि गर्न सकिने धारणा राखेका हुन् । आइतवार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले आफूले अध्ययन गरेर त्यसलाई मंसिरअघि नै पनि गर्न सकिने बताए । मंसिरमा सो उपनिर्वाचन गर्ने प्रस्ताव यस अघिको सरकारसँग निर्वाचन आयोगले गरेको र त्यसको अध्ययन गरेर आफूले आवश्यक निणर्य लिने उनले बताए । उपप्रधानमन्त्री लामिछानेले भने, ‘स्थानीय तहको उपनिर्वाचनको विषय अलिकति समय लाग्ने कुरा आएको छ । टेन्टेटिबली मंसीरमा सकिन्छ कि…

Read More

इटहरी । सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यू जारी छ । शुक्रवार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु-मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्यूलाई शनिवार पनि निरन्तरता दिइएको हो । सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्थानीय तहमा लगाइएको कर्फ्यूलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए । स्थानीय प्रशासनले अवाञ्छित र उछृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । कर्फ्यू जारी भएपश्चात जनजीवनमा सामान्य बन्दै गएको पनि कायममुकामय प्रमुख जिल्ला अधिकारी फुयाँलले बताए । जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई…

Read More

झापा । इलाम २ बाट प्रतिनिधि सभा सदस्य चुन्न आगामी बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गतको मतदानका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । संविधान सभा अध्यक्ष तथा सांसद सुवास नेम्बाङको निधनपछि उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य पद रिक्त भएकाले बैशाख १५ का लागि मतदान हुने निर्वाचन आयोगले कार्यतालिका बनाएको छ । आज निर्वाचन अधिकृतको कार्यालय इलाम २ मा मनोनयन दर्ता हुँदैछ । एमालेबाट सुवास नेम्बाङका छोरा सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जितबहादुर राई र पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गराउँदैछन् । सुहाङलाई नेकपा माओवादी केन्द्रले पनि समर्थन…

Read More

झापा । नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ । दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिएका हुन् । विज्ञप्तिमा माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बु र नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेका छन् ।  जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं.२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम – २…

Read More

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने बताइएको छ । माओवादीबाट इलाम-२ का उम्मेदवारी दिने तयारी गरेका धीरेन्द्र शर्माले उम्मेदवारी नदिने निर्णय भएको छ ।  वैशाख १५ गते हुने उपनिर्वाचनमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपनिर्वाचनका लागि २४ गते मनोनयन दर्ता गर्ने कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।  बिहीबार बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदैछ । 

Read More

काठमाडौँ । बुधबार राति पक्राउ परेका गायक राजेश पायल राई रिहा भएका छन्।  मादक पदार्थ पिएर होहल्ला गरेको आरोपमा पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छाडेको हो। आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दिएको छ । मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले गायक राईसहितलाई अनामनगर क्षेत्रबाट गएराति पक्राउ गरेको थियो। छुटेलगत्तै गायक राईले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको इटहरी। भोलि भेट्ने हामी। चैत्र २३ योयो, दर्शन नमस्ते।’ 

Read More

झापा । झापाको बाह्रदशी १ मा बिहीबार बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहान ६.३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय राजगढका सई राजेन्द्र शर्माले बताए । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए । श्रीमती अर्कै व्यक्तिसंग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको बताइएको छ । मृतक दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् ।

Read More

झापा । झापाको बिर्तामोड–३ बिर्ताबजारमा मंगलबार साँझ अटोरिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो साँझ सवा सात बजे महेन्द्ररत्न मावि अगाडिको सडकमा अनियन्त्रित भइ पल्टिँदा ताप्लेजुङ घर भइ हाल बिर्तामोड ९ बस्ने ३६ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो । दुर्घटनामा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक–२ बस्ने ३१ बर्षीया सामना लिम्बू र तामाङ घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा तामाङलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अर्की घाइते सामना लिम्बूको गम्भीर अवस्थामा…

Read More

झापा । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो । डिजेल/मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More