Author: खबरमञ्च
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका छन् । सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेकोमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । नयाँ सरकार गठनको लागि खापुङले बैशाख २८ गते ५ बजेसम्मको समय दिएका…
झापा । मेची राजमार्गमा पर्ने झापाको बुद्धशान्ति गाउँपालिकाको बर्ने चिया बगान सडक छेउमा फुलेका गुलमोहरको फूलले मन नै लोभ्याउने गरेको छ। कोभिड महामारीका बेला खब प्रचार पाएका यी गुलमोहरका बोट वरपर बुद्धशान्ति गाउँपालिकाले केही संरचना बनाइदिएको छ। सडकको छेउछाउमा रातै फुलेका गुलमोहरले बुद्धशान्तिलाई साँच्चिकै स्वर्गको आभाष दिलाएको छ । कोरोना संक्रमणको भयले लकडाउन अवधिभर घरमै बस्नुपर्ने बाध्यता थिए । पर्यटकीय स्थलहरु बन्द थिए । तर पनि स्थानीयहरु घरमा बस्दाको पट्यारलाई एकैछिन भए पनि रिफ्रेस हुनका लागि यस ठाउँमा आएर सितलता लिने, फोटो खिच्ने र टीकटक बनाउने गर्थे। उनीहरूको सामाजिक सञ्जालको पोस्ट यी रुखले खुब प्रचार पाएका थिए। अहिले तिनै गुलमोहरले पुनः…
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताएका छन्। बुधवार काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताए। उनले राजनीतिक कार्यकर्ताहरुले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए । उनले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भुमिका खेलेको बताए। उनले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताए। उनले भने, ‘हामीले सन्तोष मान्नु हुँदैन । किन मान्नु हुँदैन भने समाज आफैँ बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन । १० वर्षमा हुन्छ भनेर…
झापा । झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेकी छन्। ६८ वर्षीया विष्णुमाया विष्टलाई गएराति चोरले रडले हिर्काएर हत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। उक्त घटनास्थलको निरीक्षण झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीसहितको टोली गरेको छ। घटनास्थललाई अहिले प्रहरीले सुरक्षित राखेको छ। राति उनको घरमा चोर आएको र उनले गाउँलेलाई सहयोग मागेकी थिइन्। गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका थिए। मृतक विष्टले चोरलाई पहिचान गरेको कारणले चोरले नै उनको हत्या गरेको हुनसक्ने स्थानीयबासीको अनुमान छ। उनी राति अबेरसम्म छोरासँग कुरा गरेर बसेको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
झापा । मंगलबार दिउँसो परेको चट्याङ लागेर झापाको अर्जुनधारामा एक पुरुषको मृत्यु भएको छ । अर्जुनधारा २ चौरासेका ५४ बर्षिय मोहनप्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार करिब ४: ५० बजे मकैबालीमा मल लगाउँदै गरेको अवस्थामा अचानक परेको चट्याङ लागेर दुलाल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापा । झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरु भेटिन थालेका छन्। हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत घरदैलो अभियान चल्दै गर्दा जिल्लाका सबै पालिकाहरुमा हात्तीपाइले रोगको लक्षण भएका व्यक्तिहरु भेटिएका हुन्। गत वर्षको तथ्यांक अनुसार झापामा १५० को हाराहारीमा हात्तीपाइलेका रोगीहरु भेटिएका थिए। यस वर्ष त्यसको निकै गुणा रोगीको संख्या बृद्धि हुने आँकलन गरिएको छ। जिल्लाका २० प्रतिशत विरामीहरु मात्र खुलेर बाहिर आएको र ८० प्रतिशत बिरामीहरु लुकेर बसेकाले यस वर्षको अभियानमा त्यस्ता धेरै विरामीहरु भेटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बराकोटीले बताए। हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सम्पन्न भइसकेपछि नयाँ थपिएका विरामीहरुको संख्या यकिन हुने कार्यालय प्रमुख बराकोटीले जानकारी दिए।…
झापा । विगत पाँच दिनको फरकमा झापामा विद्यालयका सवारी साधनका दुईवटा दुर्घटना भएका छन्। हिजो भएको एरा एभरग्रीन विद्यालयको बस दुर्घटना भएको पाँच दिन अघि बिर्तामोड ४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा दुईवटा स्कुल बस एकापसमा जुधेका थिए। तीब्र गतिका कारण तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस एकआपसमा जुध्दा चालक र सहचालक गरी दुईजना घाइते भएका थिए। सो घटना भएको पाँच दिनपछि हिजो बुद्धशान्तिस्थित बुधबारे पुलचोकको हडिया पुलमा एरा एभरग्रीन स्कुलको बस पल्टिएको थियो। गत मंगलवार बिर्तामोडमा दुर्घटनामा र हिजो बुधवारेमा दुर्घटना हुँदा ती स्कुल बसमा विद्यार्थी सवार थिएनन्। त्यही कारण ठूलो क्षति हुन पाएन। झापाका विभिन्न विद्यालयका स्कुल…
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका ७ जना सांसदहरुले पार्टीबाट अलग्गिएर नयाँ दल दर्ताको निवेदन दिएका छन् । आइतवार निर्वाचन आयोगमा पुगेर पार्टीका वरिष्ठ नेता अशोककुमार राईसहितका नेताहरुले जनता समाजवादी पार्टी नामक दल दर्ताको निवेदन दिएका हुन् । पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान विपरित काम गरेको भन्दै पार्टीबाट अलग्गिनुपरेको नेता राजेन्द्र श्रेष्ठले बताए । उनले जसपा, नेपालमा रहेका १२ जना सांसदमध्ये ७ जना सांसद आफूहरुसँग रहेको दाबी गरे । उनले सरकारलाई समर्थन जारी राख्ने पनि बताए । उनले भने, ‘हाम्रो पार्टीको नाम जनता समाजवादी पार्टी हो । हाम्रो यो निरन्तरता हो । हिजोको जुन घोषणापत्र, विधान, नीति, कार्यक्रम जे…
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । यसअघि गत आईतवार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाई गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको फैसलाबिरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
बुुद्धशान्ति । बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्वारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको हो । बिजेता बिर्तामोडले उपाधिसँगै नगद २ लाख रुपैंयाँ हात पार्याे । मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुुझायो । यसअघिको खेलमा महत्वपूर्ण दुुई खेलाडी गुमाएको मानेभन्ज्याङले अपेक्षित प्रदर्शन गर्न नसक्दा उपाधि हात पार्न बञ्चित रहयो । खेलको ७ औं मिनेटमा बिर्तामोडका डिफेन्डर देबेन्द्र तामाङले गरेको हेडर मानेभन्ज्याङका गोलरक्षकको हातबाट रिवाउन्स भएको थियो । सो बललाई बिर्तामोडका अर्का डिफेन्डर बिशाल दर्जीले हेडमार्फत गोल गरेका थिए । खेलको…