Author: खबरमञ्च
झापा । पूर्वका विभिन्न स्थानमा सहकारी संस्थाहरूमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी लुटपाट गर्ने ६ जनाको समूहलाई प्रहरीले सुनसरीको इटहरीबाट शुक्रबार पक्राउ जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।पक्राउ परेको समूहले झापामा मात्रै विभिन्न १३ स्थानमा लुटपाट गरेको पाइएको छ । पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको रिट, झापा र सुनसरी प्रहरीले संयुक्त रुपमा उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ गरेका आरोपितको नाम प्रहरीले गोप्य राखेको छ ।
झापा । झापाको कचनकवल ६ बनियानीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गंभीर घाइते भएका छन् । गएराति ९.५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर३६ एक्स ३९४४ नं को मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा बीआर३६ एक्स ३९४४ नं को मोटरसाइकलका चालक कचनकवल ४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार कचनकवल ४ बस्ने १४ वर्षीय संदिप माझी गंभीर घाइते भएका छन् । उनलाई ओमसाई पाथीभरा हस्पिटलबाट बीएण्डसी हस्पिटल लगिएको छ…
काठमाडौँ । नेपाली काँग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेशमा प्रदेश प्रमुख र प्रदेश सरकारले गैरसंवैधानिक काम गरेको आरोप लगाउँदै आपत्ति जनाएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएको निणर्य र क्रियाकलाप आपत्तिजनक र गैरसंवैधानिक भएको नेपाली काँग्रेसले ठहर गरेको बताए । उनले प्रदेश प्रमुखहरुबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संधिवानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैया देखाएको बताए । उनले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेर…
विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो । संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ । ‘बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध…
बिराटनगर । कोशी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताएका छन् । बिहीवार प्रदेश सभा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अल्पमत, बहुमत हुनु स्वभाविक भएको बताउँदै संसारको मूल्य मान्यताअनुसार बहुमतले शासन गर्ने र अल्पमतले प्रतिपक्षमा बस्ने भएको बताए । उनले अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने नहुने बताए । उनले विधि र प्रक्रिया पूरा गर्ने बाटोबाट काँग्रेस अघि बढ्ने बताए । उनले भने, ‘अल्पमत, बहुमत हुनु स्वभाविक हो । संसारको मूल्य मान्यता के हो भने बहुमतले शासन गर्ने हो, अल्पमतले प्रतिपक्षमा बस्ने हो । तर अल्पमत भयो भन्दैमा…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवर्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेले बताए । उनले तीन नेताहरुबीच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको बताए । उनले भने, ‘सामान्य बैठक हो । हामी तीन जना नै नेताहरु बस्न पाएका थिएनौँ । भेटघाट भएको थिएन । त्यसले गर्दा यो सम्पूणर् परिस्थिति र राजनीतिक परिस्थितिको छलफल र समीक्षा गर्न बैठक बसेका हौँ । सुदूरपीश्चममा एउटा…
काठमाडौँ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेश सभामा टेबुल भएको छ । प्रदेश सभाको बिहीवार बसेको बैठकमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव टेबुल गरेका हुन् । मंगलवार नेकपा एमाले र माओवादीले कोशी प्रदेस सभा सचिवालयामा संकल्प प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गरे । संकल्प प्रस्ताव टेबुल गरेपछि एमाले प्रमुख सचेतक भण्डारीले सरकारलाई विशेष निर्देशन गर्नका लागि संकल्प प्रस्तावमार्फत सन्देश दिन संसदको अधिवेशन आह्वान भएको बताए । गत…
विराटनगर । कोशी प्रदेशको लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौं तहको विज्ञापनप्रति निजामति कर्मचारीहरुले आपत्ति जनाएका छन् । कोशी प्रदेश लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौँ तहको विज्ञापन प्रदेश निजामति ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन् । आयोगले नवौं तहको कुल १६ पदमा २२ जना कर्मचारी माग गर्दै विज्ञापन खोलेको थियो । लोकसेवाले खोलेको उक्त विज्ञापन प्रदेश निजामती सेवातर्फ नवौं तहका विभिन्न सेवा, समूह र उप-समूहको प्राविधिक तथा अप्राविधिक पदका लागि थियो । लोकसेवाले गरेको उक्त विज्ञापन नियमसंगत् नरहेको भन्दै आठौं तहका लेखा अधिकृतहरूले रद्द गर्न माग गरेका छन् । लोकसेवाले…
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न आह्वान गरेका छन् । बुधवार इलामको मंगलवारे बजारमा आयोजित चुनावी सभामा बोल्दै उनले देश बनाउने संकल्प बोकेर हिँडेका सुहाङ इलामेली जनताको साझा उम्मेदवार भएकाले उसैलाई जिताउनुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले देश बनाउने योजना, गन्तव्य र उद्देश्य सुहाङसँग रहेको र त्यसलाई साकार पार्ने एमाले पार्टी भएको जिकिर पनि गरे । सुहाङले इलाम बनाउने अवसरको रुपमा सांसद पदलाई उपयोग गर्न चाहेकाले पनि इलामेली जनताले मतदान गरेर निर्वाचनमा अत्याधिक मतका साथ विजयी गराउनुपर्ने उनको भनाइ थियो । ओलीले भने,…
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको मिति सारेको छ । जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो । बुधवार बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निणर्य गरेको पार्टीकाका प्रवक्ता जगन्नथ खतिवडाले बताए । असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निणर्य भएको उनले बताए । उनले संगठनको तलबाट माग भएबमोजिम र जिल्ला संगठनहरुबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको बताए । बैठकले सुदूरपश्चिममा पार्टीको तर्फबाट संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निणर्य गरेको पनि बताए…