काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको मिति सारेको छ ।
जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो ।
बुधवार बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निणर्य गरेको पार्टीकाका प्रवक्ता जगन्नथ खतिवडाले बताए ।
असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निणर्य भएको उनले बताए । उनले संगठनको तलबाट माग भएबमोजिम र जिल्ला संगठनहरुबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको बताए ।
बैठकले सुदूरपश्चिममा पार्टीको तर्फबाट संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निणर्य गरेको पनि बताए ।
गठबन्धनमा देखिएका समस्याका बारेमा पनि छलफल भएको र आफ्नो पार्टीलाई अवमूल्यन गर्ने गतिविधिबिरुद्ध तत्काल प्रतिवाद गर्ने निणर्य गरेको उनले बताए ।