Author: खबरमञ्च

झापा ।  विर्तामोडको बीएन्डसी हस्पिटलमा साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन हुने भएको छ । दुई वर्षअघि २०७९ साउन १ गते बीएन्डसीले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको थियो । स्वास्थ्य बीमा बोर्डले उपचारको शोधभर्ना रकमको भुक्तानी लामो समय अड्काएर राखेपछि हस्पिटलले बीमामार्फत उपचार रोकेको थियो । बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बिर्तामोडको बीएन्डसीसहित देशभरका १० वटा मेडिकल कलेजमा कार्यक्रम सञ्चालनको स्वीकृति प्रदान गरिएको बताए । बीएन्डसीसँगै विराटनगरको नोवेल मेडिकल कलेज र बिराट मेडिकल कलेजमा पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने लोहनीले जानकारी दिए । विर्तामोडको विर्ताज्योाति आइकेयर हस्पिटलले पनि बीमा कार्यक्रम सञ्चालनको स्वीकृति पाएको छ । बोर्डले केही समय…

Read More

नयाँ दिल्ली । गर्मी र तातो लहरका कारण पछिल्लो चार दिनमा भारतमा ३२० जना भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तीन दिनमा उत्तर प्रदेशमा सबैभन्दा बढी १०० जनाको ज्यान गएको हो ।  त्यस्तै बिहारमा पछिल्लो ३ दिनमा गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । यूपी–बिहारमा शुक्रबार मात्र कम्तीमा ४० जनाको मृत्यु भएको खबर छ । जसमध्ये २५ जना लोकसभा चुनावी काममा खटिएका कर्मचारी र अधिकारीहरू छन्। पछिल्लो ४ दिनमा तातो लहरका कारण राजस्थानमा ६०, झारखण्डमा ३७, ओडिशामा १८, मध्य प्रदेशमा २ र दिल्लीमा एक जनाको मृत्यु भएको छ । झारखण्डमा १ हजार ३ सय २६ जना अस्पतालमा भर्ना भएका छन्…

Read More

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ। काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५३ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ भएको छ। त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५० रुपैयाँ ५० पैसा…

Read More

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ४ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले एक सूचना प्रकाशन गरी जानकारी दिए । बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा प्रदिप बहादुर क्षेत्री रहेका छन् । त्यस्तै बढुवा सिफारिसमा नारायण रन्जितकार, अन्नतराम शर्मा र एकनारायण कोइराला रहेका छन् ।

Read More

झापा । प्रेम सम्बन्धमा खटपट भएका कारण झापामा अर्को अप्रिय घटना भएको छ। दमकमा एक छात्रामाथि गोली प्रहारको घटना भएको एक महिना नबित्दै भद्रपुरमा शुक्रवार प्रेम सम्बन्धमा खटपट भएकै कारण अर्की छात्रामाथि पनि धारिलो हतियार प्रहार भएको छ। भद्रपुरकी एक युवतीमाथि धारिलो हतियार (दाउ) प्रहार गरिएको हो। भद्रपुर नगरपालिका –९ घोडामारास्थित शान्तिटोल निवासी १७ वर्षीया श्रेया राईमाथि भद्रपुर– ६ भानुभोक निवासी १८ वर्षीय अभिषेक कर्णले शुक्रबार बिहान पौने ११ बजे दाउ प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। दाउ प्रहारबाट श्रेयाको टाउको र दुवै हातमा गम्भीर चोट लागेको छ। उनको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको…

Read More

काठमाडौं । नेपाल र अमेरिकाबीचको वार्मअप खेल रद्द भएको छ । नेपाली समयाअनुसार गए राति हुनुपर्ने खेल वर्षाका कारण रोकिएको हो । टस भए पनि वर्षाका कारण खेल भने शुरू हुन सकेन । टेक्ससको डल्लासमा रहेको ग्रान्ड प्रेरी मैदानमा टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर खेल वर्षाका कारण रद्द भयो । यसअघि नेपाल पहिलो अभ्यास खेलमा गएको सोमवार क्यानाडासँग ६३ रनले पराजित भएको थियो । यसअघि अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल पनि खराब मौसमका कारण रद्द भएको थियो ।

Read More

झापा । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रमा सुविधासम्पन्न इन्डोर महशुल केन्द्र निर्माण गरिएको छ । जसको हिजो एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख उमेशकुमार झाले उद्घाटन गरे । महशुल बुझाउन आउने ग्राहकहरुलाई कुनै पनि समस्या नहोस् भन्ने उद्धेश्यले सुविधासम्पन्न इन्डोर महशुल केन्द्र निर्माण गरिएको अनारमनी वितरण केन्द्रका प्रमुख संजीवकुमार शाहले बताए । महशुल संकलन केन्द्रमा ग्राहकहरुका लागि तातो र चिसो पानी पिउने व्यवस्था, पंखा, मोबाइल चार्ज, टेलिभिजन, वाइफाईलगायतका सुविधा उपलव्ध गराइएको उनले जानकारी दिए । टोकन प्रणालीको व्यवस्था रहेको अनारमनी वितरण केन्द्रको महशुल केन्द्रमा पाँचवटा काउन्टर रहेका छन् । महशुल केन्द्रको उद्घाटन गर्दै प्राधिकरणका…

Read More

काठमाडौँ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन पुनः अस्वीकार गरेको छ । आज दोस्रोपटक अन्तर्वार्ताका लागि पुगे पनि दूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य दुर्गाराज पाठकले बताए ।  यसअघि सन्दीप जेठ ९ गते पहिलोपटक भिसाका लागि दूतावासमा अन्तर्वार्ताका लागि पुगेका थिए । तर, उनको प्रयास असफल भएको थियो । पहिलोपटकको प्रयास असफल भएपछि परराष्ट्र मन्त्रालयको अनुरोधपछि पुनः अन्तर्वार्ताका लागि सन्दीप दूतावास पुगेका थिए ।

Read More

झापा । झापा बिर्तामोड–४ शिवनगर टोलकी ६७ वर्षीया विष्णुमाया विष्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँचजनालाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले विष्टको हत्या भएको २२ दिनपछि अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। प्रहरीले घटनामा संलग्न बिर्तामोड–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीयन वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगीरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको हो। घटनाका मुख्य योजनाकार गंगाप्रसादसहित चारजना विष्टका छिमेकी हुन् भने कामी चोरीको सामान किन्ने पसलका सञ्चालक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अर्जुनधारा–६ का कामीको…

Read More

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कानूनी उपचार खोज्ने भएका छन् । हाजिरी जमानीमा रिहा भएपछि उनले विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी पक्राउ गरेकोमा आपत्ति जनाएका हुन् । प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी आफूलाई पक्राउ गरेर ९ दिनसम्म हिरासतमा राखेकाले यस योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने सिरोहियाले बताए । सिरोहियाले कान्तिपुरको पत्रकारिता र सञ्चारमाध्यमलाई तर्साउन आफूलाई पक्राउ गरिएकोमा अब कुनै शंका नरहेको पनि बताए । ‘प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी…

Read More