Author: खबरमञ्च

काठमाडौं, साउन १९।नेपालमा डिजिटल प्रविधिको विस्तारसँगै युवाहरूको आकर्षण डिजिटल कारोबारतर्फ बढ्दै गएको छ। क्यूआर भुक्तानी, मोबाइल बैंकिङ, अनलाइन किनमेल र सामाजिक सञ्जालमार्फत हुने व्यापारमा युवाको सक्रियता उल्लेखनीय रूपमा बढेको देखिएको छ। साना तथा मझौला व्यवसायीहरूले पनि अनलाइन प्लेटफर्ममार्फत वस्तु तथा सेवा बिक्री गर्न थालेपछि बजारको स्वरूप फेरिन थालेको छ। सहज भुक्तानी प्रणाली र स्मार्टफोनको व्यापक प्रयोगले डिजिटल कारोबारलाई अझ लोकप्रिय बनाएको छ। यद्यपि, साइबर सुरक्षाको जोखिम पनि बढिरहेका कारण विज्ञहरूले सुरक्षित प्लेटफर्म प्रयोग गर्न, बलियो पासवर्ड राख्न र शंकास्पद लिंक तथा एपबाट सावधान रहन सुझाव दिएका छन्। डिजिटल कारोबारको वृद्धि अवसरका रूपमा रहे पनि सुरक्षित प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको…

Read More

काठमाडौं, साउन १९ ।देशभर मनसुन सक्रिय रहेकाले विभिन्न प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। केही क्षेत्रमा मध्यम वर्षा भइरहे पनि कतिपय ठाउँमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। यसका कारण बाढी, डुबान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। स्थानीय प्रशासन र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूले नदी किनार, पहिरो जोखिमयुक्त बस्ती तथा कमजोर सडक खण्डमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्। यात्रा गर्नुअघि मौसम र सडक अवस्थाबारे बुझ्न आग्रह गरिएको छ। मनसुनी वर्षाले कृषि क्षेत्रमा केही राहत पुर्‍याए पनि अत्यधिक वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने देखिएको छ। सरोकारवाला निकायले आवश्यक परे…

Read More

भद्रपुर, झापा — नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ हुने चिया निर्यात परिमाण र मूल्य दुवैमा घटेको छ। झापा, इलामसहित पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबालीका रूपमा रहेको चियाको निर्यात घट्दा किसान, चिया उद्योग, व्यापारी तथा ढुवानी व्यवसायसम्म प्रभावित हुने चिन्ता बढेको छ। काँकडभिट्टा भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा उक्त नाकाबाट भारततर्फ १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको छ। त्यसबाट नेपालले करिब तीन अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको देखिन्छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने १५ हजार ३११ मेट्रिक टन चिया निर्यात हुँदा चार अर्ब १७ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको थियो। यसरी एक वर्षको अवधिमा चिया…

Read More

सिएटलमा शुक्रबार सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा आयोजक राष्ट्र अमेरिकाले अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गरेको छ। यस जितसँगै अमेरिका नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। खेलको ११औँ मिनेटमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसबाट आत्मघाती गोल भएपछि अमेरिका १–० ले अघि बढेको थियो। त्यसपछि पहिलो हाफको अन्त्यतिर एलेक्स फ्रिम्यानले हेडमार्फत गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा अष्ट्रेलियाले खेलमा फर्कने प्रयास गरे पनि अमेरिकाको रक्षापङ्क्ति मजबुत रहँदा गोल गर्न सकेन। केही अवसर सिर्जना गरे पनि अष्ट्रेलियाली खेलाडीहरूले त्यसलाई सदुपयोग गर्न नसक्दा खेल अमेरिकाको पक्षमा भयो। अमेरिकाका स्टार खेलाडी क्रिस्टियन पुलिसिक चोटका कारण मैदानबाहिर रहे पनि टोलीले…

Read More

सिएटल, अमेरिका,असार ५। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को महत्वपूर्ण खेलमा संयुक्त राज्य अमेरिकाले अस्ट्रेलियाविरुद्ध अग्रता कायम गरेको छ। खेलको ११औँ मिनेटमा अमेरिका पहिलो गोलमा अगाडि बढ्यो। अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्जेसले फोलारिन बालोगुनको दबाबमा आफ्नै गोलपोष्टतर्फ बल डिफ्लेक्ट गर्दा आत्मघाती गोल भएको हो। यसले अमेरिका १–० ले अघि बढ्यो। त्यसपछि ४३औँ मिनेटमा अमेरिकाले दोस्रो गोल थप्यो। सो गोल एलेक्स फ्रिम्यानले गरेका हुन्। उनले पेनाल्टी क्षेत्रभित्र आएको रिबाउन्ड बललाई नियन्त्रणमा लिएर सिधै गोल गरेका थिए। सुरुमा अफसाइड भनिएपनि जाँचपछि उक्त गोल मान्य गरिएको थियो। पहिलो हाफसम्म अमेरिकाले २–० को अग्रता बनाएको छ। खेलमा अमेरिका बल नियन्त्रण र आक्रमणमा बलियो देखिएको…

Read More

शिवसताक्षी- झापाको शिवसताक्षी नगरपालिकामा दुईदिने कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ। नगरपालिकाको प्रशासनिक कार्यलाई प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले शाखा प्रमुख, वडा सचिव र स्थानीय युवाहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो। तालिमको उद्घाटन गर्दै नगरप्रमुख मेगाहाङ थोप्राले आधुनिक प्रविधिको प्रयोगबाट कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि हुने बताए। उनले दैनिक प्रशासनिक कामकाजलाई सहज र सरल बनाउँदै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न एआई (AI) को भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। प्रविधिसँग अभ्यस्त हुनु आजको आवश्यकता रहेको उनको भनाइ थियो। दुई दिने कार्यक्रम अन्तर्गत पहिलो दिन नगरपालिकाका शाखा प्रमुख तथा वडा सचिवहरूलाई कार्यलयको काममा प्रयोग गर्न सकिने उन्नत…

Read More

झापा- जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी साधनहरूमा अनाधिकृत रूपमा जडान गरिएका ‘प्रेसर हर्न’ हटाउने विशेष अभियान सुरु गरेको छ। ध्वनि प्रदूषण नियन्त्रण गर्ने र सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्लाभर यो अभियान संचालन गरिएको हो। अभियानको पहिलो दिन सोमबार जिल्लाका विभिन्न स्थानहरूमा गरिएको चेकजाँचका क्रममा ७३ वटा प्रेसर हर्न निकालिएको छ। यसक्रममा ट्राफिक नियम उल्लंघन गर्ने ११ वटा सवारी साधनहरूलाई नियमानुसार कारबाही समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। प्रेसर हर्नबाट निस्कने अत्यधिक ठूलो आवाजले ध्वनि प्रदूषण मात्र नबढाई आम नागरिकको मानसिक तथा शारीरिक स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याइरहेको प्रहरीको निष्कर्ष छ।…

Read More

काठमाडौँ- सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सो रिट निवेदनमा आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिन भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको जादेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनुनपर्ने भए सोको आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिन भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु…

Read More

काठमाडौँ- यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी टोलीले आज ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीले आज एक सूचना जारी गरी यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने गरेको पाइएपछि १५ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ । उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको र थप आवश्यक अनुसन्धान थालिएको पनि प्रहरी परिसरले जनाएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ पक्राउ त्यसैगरी नेपाल प्रहरीले सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याललाई पक्राउ…

Read More

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ः०० बजे अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । यसअघि, आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसैबीच,संघीय संसद् सचिवालयले राष्ट्रपतिको आह्वानअनुसार दुवै सदनका सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरेको छ । महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा सबै सांसदहरूलाई सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको सभाकक्षमा उपस्थितका लागि अनुरोध गरिएको छ ।

Read More