Author: खबरमञ्च

भद्रपुर (झापा) – यहाँको कमल गाउँपालिका–७ रङ्गपुर स्थित केराबारीबाट ५५ राउण्ड गोली फेला परेको छ। स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गएराति केराबारीमा सेतो बोरामा गोली फेला पारेको बारे जानकारी गराएपछि गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। पाण्डेको सूचनाअनुसार आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको उनले बताए।

Read More

झापा- भारी वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले झापामा ५ हजार ४८१ परिवारका २५ हजार २३१ जना विस्थापित भएका छन् । सबैभन्दा बढी झापा गाउँपालिकाका ५ हजार १८९ परिवारका २३ हजार ९८८ जना विस्थापित बनेका छन् । झापा गाउँपालिकाको वडा नं १, २, ३, ६ र ७ प्रभावित बनेको हो । झापा गाउँपालिकाको जनसंख्या ३९३०२ रहेको छ । बाढीबाट ६० प्रतिशतभन्दा बढी प्रभावित बनेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाले निकालेको तथ्यांक अनुसार झापा गाउँपालिकापछि गौरीगञ्जमा क्षति भएको छ । गौरीगञ्जका १८५ परिवारका ८४६ जना विस्थापित बनेका छन् । दुवै पालिकाका बासिन्दाहरु माई खोलाको बाढीले प्रभावित बनेका हुन् । त्यस्तै…

Read More

फिक्कल (इलाम)- इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृती सोङमी रहेका छन् । यस्तै, फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र…

Read More

झापा- पूर्व–पश्चिम निर्माणाधीन एशियन हाइवेमा सवारी आवागमन बन्द भएको छ। झापाको माइधार–दुधे सडक खण्डमा पर्ने भालुखोलाको डाइभर्सन गए रातिको वर्षाका कारण बगाएको छ। डाइभर्सन बगाएपछि सवारी आवागमन वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ। पूर्वबाट पश्चिम जाने सवारी साधनहरू माइधारबाट दक्षिणतर्फ कनकाई नहर हुँदै संगमचोकतर्फ, र पश्चिमबाट पूर्व जाने सवारी साधनहरू संगमचोकबाट दक्षिणतर्फ कनकाई नहर हुँदै माइधारतर्फ डाइभर्ट गरिएको छ। हाल क्षतिग्रस्त डाइभर्सन पुनः सञ्चालनमा ल्याउन बालुवा भरिने काम सुरु गरिएको जनाइएको छ।

Read More

इलाम- इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन, देउमाई नगरपालिका– ५, धारेका एक, सोही वडाको धुसुनेका दुई, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले बताए।

Read More

झापा- विभिन्न खोला तथा नदीहरूमा आएको भीषण बाढीका कारण झापा जिल्लामा करिब ४५० घरधुरी विस्थापित भएका छन्। बाढीको उच्च जोखिम बढेपछि जिल्लाभरका प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, भद्रपुर र मेचीनगरलगायतका क्षेत्रमा ठूलो असर पुर्याएको छ, जसका कारण सयौँ परिवारको जनजीवन प्रभावित भएको छ। झापा गाउँपालिका वडा नं. २ को सुँगाबथान क्षेत्रमा कन्काई माई नदीको बाढी पसेपछि ५६ घरधुरी विस्थापित भएका छन्, जसलाई हाल वडा नं. २ को कुवाडीदेवी माविमा आश्रय दिइएको छ। त्यसैगरी, शिवसताक्षी नगरपालिका वडा नं. ४, ५, र ६ का साढे तीन सय (३५०) परिवार र वडा नं.…

Read More

धरान (सुनसरी)- गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ । जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् । सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए । उनका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको छ । आज बिहान ८ः१५ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो । उनले भने, “पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएका छन्…

Read More

झापा– भारी वर्षा र सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै मेची राजमार्गको झापा सिमानामा पर्ने इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आज सूचना जारी गर्दै मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि राँकेसम्म र मेची कोरिडोर (केचना–कञ्चनजंघा सडक) मा आज बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका साना तथा ठूला सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो । प्रशासनले दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपर्ने सवारी साधनका लागि वैकल्पिक मार्ग तोकेको छ। ठूला सवारी साधन (कुल वजन १० टनभन्दा बढी भएका): उनीहरूले मेची कोरिडोर (केचना–कन्चनजंघा सडक) प्रयोग गर्नुपर्नेछ। साना सवारी साधन (कुल…

Read More

काठमाडौँ- प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् । अन्तरराष्ट्रियतर्फका उडान भने यथावत् सञ्चालन भएका छन् ।

Read More

पाँचथर- तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छभने अन्य छ जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङबाट धरानर्फ गइरहेको मे१ज ३०५५ नम्बरको जिप शनिवार दिउँसो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङले बताए । सबै घाइतेहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Read More