Author: खबरमञ्च
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्केका छन्। उनी बुधवार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै त्रिभूवन अन्तर्राष्ट्रिय सवमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन्। राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो। राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका थिए। राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयको सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन्। उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। बुधवार बिहान संसद भवनको शौचालयमा गोली लागेको अवस्थामा उनलाई मृत भेटिएको हो। २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेको बताइएको छ। नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए। उनी बिहान ड्युटी गरिरहेका थिए। सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेको बताइएको छ।
झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो। मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात तीन दशमलव ६१ प्रतिशतले घट्दा निर्यात भने १० दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ। उनका अनुसार काँकरभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजारको मालवस्तु निर्यात भएको…
झापा । हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि…
झापा । झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालले असार ५ गतेदेखि शल्यक्रियासहितको प्रसूति सेवा विशेष छुटसहितको प्याकेजमा उपलब्ध गराउने भएको छ। मंगलबार अस्पतालले गरेको निर्णय अनुसार बिरामी अस्पताल ल्याएपछि अस्पतालबाट डिस्चार्ज हुन्जेलसम्मका लागि शल्यक्रिया गरेर बच्चा जन्माउँदा अब ५० हजार रुपैयाँ मात्र लाग्नेछ। उक्त प्याकेजमा शल्यक्रिया, प्रयोगशाला, औषधि सबै समेटिएको अस्पतालका कार्यकारी प्रमुख रोमनी भट्टराईले जानकारी दिए। शल्यक्रिया गरेर बच्चा जन्माउँदा यसअघि कम्तीमा ७० हजार रुपैयाँ तिर्नुपर्ने अवस्था थियो। अहिले विशेष छुटमा प्याकेजसहितको सेवा ल्याइएको भट्टराईले जानकारी दिए। उनले भने, ‘यो प्याकेजले कम पैसा भएका बिरामीले शल्यक्रिया गर्नका लागि अन्य अस्पताल जानुपर्ने बाध्यता हटेको छ।’ बिर्तामोड ५ मा रहेको…
झापा । केही दिनदेखि पूर्वी नेपालमा सक्रिय मनसुनी बर्षाले पूर्वी नेपालको झापामा क्षति गर्न थालेको छ। विगत केही दिनदेखिको भारी बर्षाका कारण झापालगायत पूर्वी तराईका केही भागमा डुबान तथा कटानका खबरहरू आएका छन्। अविरल वर्षाका कारण बिरिङ खोलाको बाढी पस्दा झापा गाउँपालिकाका चार परिवार बिस्थापित भएका छन्। बिरिङ खोलाको पानी पस्दा अन्दाजी ३ फिट डुबान भएपछि झापा गाउँपालिका वडा नं. ६ युवाटोल बस्ने दिपक आचार्य, सिता दुलाल, प्रदिप सिंह र नविन बराइलीको परिवार बिस्थापित बनेका हुन्। ती परिवार विस्थापित भइ सोही ठाउँ बस्ने केदार श्रेष्ठको खाली घरमा बसेको प्रहरी चौकी शरणामतिले जनाएको छ। झापाको अर्जुनधारामा पहिरोका कारण एक परिवार बिस्थापित…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्। मङ्गलवार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन्। उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताए। उनले पुस्तिका च्यातेर हुर्याउने मन भए पनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहुर्याउने बताए। अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधि सभा सदस्यहरु बजेटप्रति असन्तुष्ट रहेको बताए । उनले लाज र घीन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको आरोप।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। मंगलवारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरु उठान भएकाले सरकारका सम्बन्धित मन्त्रीहरुलाई जवाफ दिन ध्यानकर्षण गराएका हुन्। उनले सभाको नियमावलीमा सांसदहरुले उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था रहेको भएपनि प्रभावकारी हुन नसकेको बताए। उनले सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका समेत सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाएको तर जल्दाबल्दा विषयको तोकिएको समयमा सभामा उपस्थित भइ जवाफ दिने अभ्यास प्रभावकारी नभएको बताए।
सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्। गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन्। अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए। उनले भने, “अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो। यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन। त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न,…
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने कार्यसूचीमा उल्लेख छ। सम्भावित कार्यसूची अनुसार आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ। त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।