काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
मंगलवारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरु उठान भएकाले सरकारका सम्बन्धित मन्त्रीहरुलाई जवाफ दिन ध्यानकर्षण गराएका हुन्।
उनले सभाको नियमावलीमा सांसदहरुले उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था रहेको भएपनि प्रभावकारी हुन नसकेको बताए।
उनले सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका समेत सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाएको तर जल्दाबल्दा विषयको तोकिएको समयमा सभामा उपस्थित भइ जवाफ दिने अभ्यास प्रभावकारी नभएको बताए।
Facebook Comments Box
