Author: खबरमञ्च

काठमाडौँ । गत आमनिर्वाचनयता कहिले दायाँ त कहिले बायाँ नीति लिँदै सरकारको नेतृत्व गरिरहेको माओवादीले केन्द्रबाट सञ्चालन हुने सबै कार्यक्रम स्थगित गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल सरकारका काममा केन्द्रित भएको, केन्द्रीय नेताहरू केही मन्त्री र सांसद भएकाले संसद्मा व्यस्त हुनुपरेको भन्दै २०७९ मंसिरयताका केन्द्रीय कार्यक्रम माओवादीले स्थगित गरेको हो । तर मन्त्री र सांसद नभएका माओवादी नेताहरू भने उचित जिम्मेवारी नपाएर फुर्सदमा छन् । फुर्सदमा भएका नेताहरूका अनुसार माओवादीका लागि सत्ता र संसद् सबथोक जस्तो भएको छ । सरकारमा पुगेर पार्टीले अघि सारेका नीति जोडेर कार्यक्रम तय गर्ने बताएको माओवादीका लागि पछिल्लो समय सत्ता र संसद्बाहेक पार्टीको संगठन सुदृढीकरणको काम…

Read More

काठमाडौँ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण गत जेठ मसान्तसम्म २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।  गत असार मसान्तको तुलनामा यो १ खर्ब ९९ करोड रुपैयाँले बढी हो । ०८० असार मसान्तमा तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । अघिल्ला महिनाहरूमा जस्तै गत जेठमा पनि तिर्न बाँकी सार्वजनिक ऋण केही बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ । गत जेठसम्मको तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२.२४ प्रतिशत हो । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ८२ हजार रुपैयाँ बराबर पर्न आउँछ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक…

Read More

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीवार नेपाल प्रहरकिो लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायव उपरीक्षक एवं लागुऔषध नियन्त्रण ब्युरोका सहायक प्रवक्ता प्रेमबहादुर शाहीले विभिन्न मुलुकबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकहरुको निगरानी गर्दै जाने क्रममा उनीहरुलाई लागुऔषध कोकिनसहित पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार जेठ २७ गते फ्लाइ दुबईको उडानबाट नेपाल आएका वर्ष ६८ का तान्जिनियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई काठमाडौं १६ ठमेलस्थित एक होटलबाट अवैध लागुऔषध कोकिन १८ क्याप्सुलसहित पक्राउ गरिएको…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन्। बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसक्नुभएको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको लेखकको भनाइ थियो । उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको प्रमाणित हुने बताए । उनले भने, ‘प्रधानमन्त्रीजीले बजेटका बारेमा जुन असन्तुलित ढंगले बजेट वितरण गरिएको छ । यो बजेटको वितरण त्यति उचित छैन । यसलाई परिमार्जन गर्नुपर्छ भनेर बजेटमा विनियोजनमा…

Read More

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन्। बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरीकन सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरेका हुन् । उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए । उनले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकसँग अन्तर्क्रिया गर्ने बताए। उनले भने, ‘बजेट हामीले सकेजति, गर्नसके जति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ । पदको दुरुपयोग गरिएको छैन । पदको सदुपयोग गरिएको छ । आवश्यकताअनुसार सकेको गरिएको…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर काँग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरीबन्धु प्रकरणमा काँग्रेसले यदी कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरीबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन…

Read More

झापा । अधुवा खोलाको सरसफाईमा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई आफै खटिएपछि त्यसको चौतर्फी प्रशंसा भइरहेको छ । अविरल वर्षासंगै अधुवा खोलामा पानीको सतह बढ्न थालेपछि खोलाको सरसफाईमा वडाध्यक्ष प्रसाई आफैं खटिएका थिए । उनी बुधबार बिहानैबाट आफ्नो क्षेत्र भएर बग्ने खोलाको सरसफाईमा जुटेका थिए । उनलाई स्थानीयले पनि साथ दिएका थिए । कतिपयले त्यसलाई स्टन्टबाजी पनि भनेका थिए । तर, वडाध्यक्ष प्रसाईले सस्तो लोकप्रियता कमाउन नभई समस्या देखेर आफू पनि खटिएको प्रतिक्रिया दिएका छन् । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पनि वडाध्यक्ष प्रसाई भाईरल हुन, स्टन्टबाजी गर्न नभएर वडा र नगर बनाउन लागिपरेका, जिम्मेवारी बुझेका जनप्रतिनिधि भएको प्रतिक्रिया…

Read More

झापा । देशभर डेंगु संक्रमितको संख्या १२ सय नाघेको छ । त्यसमध्ये झापामा मात्र एक सय १२ जना संक्रमित रहेका छन् । काठमाडौपछि झापामा डेंगु संक्रमितको संख्या देखिएको हो । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगु संक्रमितको संख्या पछिल्लो छ महिनाभित्रमा एक हजार २ सय ४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ । यो तथ्यांक २०२४ जनवरी १ देखि हिजो बुधबारसम्मको हो । महाशाखा अनुसार हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी डेंगु फैलिएका १० जिल्लामा काठमाडौंमा एक सय ४१ जना, झापामा एक…

Read More

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्। त्यस्तै सञ्चार तथा सूचना प्रविधि…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन्। बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले बजेटको मुल मान्यतामा नै त्रुटी भएको बताए। उनले मन्त्रीजीहरुले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए। उनले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताए।

Read More