Author: खबरमञ्च
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आज नेतृत्व चयनका लागि आज निर्वाचन गर्दैछ । जारी १०औं महाधिवेशनमा शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व चयन गर्ने प्रयास भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । अन्तिमसम्ममा सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी गरिएको हो । अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबिच प्रतिस्पर्धा हुन लागेको छ । साथै अन्य पदमा पनि प्रतिस्पर्धा हुने बताइएको छ । असार १६ गतेदेखि जारी पार्टीको महाधिवेशन आज नेतृत्व चयन गर्दै समापन हुनेछ ।
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । मङ्गलवार पनि बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । मङ्गलवार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेका थिए । आज रिट निवेदकका तर्फबाट कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए । ‘हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन । अहिले बिहान आठ बजे प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ,’ परियारले भने । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनमा सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । बुधबार नेकपा…
काठमाडौं । रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेकाे छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई ७ दिनको लागि निलम्बन गरेकाे हाे। साथै महामन्त्रीका अनुशासनहिन क्रियाकलापका सम्बन्धमा प्रतिवेदनसहित थप कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्न पार्टीकाे अनुशासन समितिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेकाे छ । उनीमाथि ७ दिन छानबिन गरिने र दाेषी देखिएमा थप कारबाही हुने अन्यथा महामन्त्रीमा फर्किने छन् । बिहान ८ बजेदेखि बसेकाे वैठक १६ घन्टापछि मध्यरात १२ बजे सकिएकाे हाे ।
काठमाडौँ । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । एमालेले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डलाई आज भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । राजीनामा बुझाउनु अघि बालकोटमा एमाले अध्यक्ष ओलीले आफ्ना पार्टीका मन्त्रीसँग छलफल गरेका छन् । कांग्रेस–एमालेबिच नयाँ गठबन्धनको सहमति भएपछि एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिन लागेको हो ।
झापा । झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमध्ये मुख्य प्रतिवादी कमल गाउँपालिका वडा नं. ३ बस्ने २२ वर्षीय सुस्मन थापा रहेका छन्। त्यस्तै चोरीको सुनको औंठी बिक्री गर्ने कार्यमा संलग्न कमल गाउँपालिका वडा नं. ३ बस्ने २७ वर्षीय कृष्ण थापा, सुनको औंठी खरिद गर्ने पाथीभरा बराइली ज्वेलर्स सुनचाँदी पसलका संचालक कमल गाउँपालिका वडा नं. ३ बस्ने ४३ वर्षीय अर्जुन विश्वकर्मा, सोही ज्वेलर्सका अर्का संचालक कमल गाउँपालिका वडा नं. ३ बस्ने नितेश बराईली, सुनको औंठी खरिद गर्ने प्रतिक्षा भेराइटी किराना पसलका संचालक मेचीनगर नगरपालिका वडा नं. १० बस्ने ४० वर्षीय सुरेशकुमार दास र…
काठमाडौँ । नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । काँग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समीकरणको मुख्य दल नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो । बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको सो बैठकले दुई ठूला दल र अन्य दलहरुले पनि नयाँ सत्ता समीकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । त्यसैगरी बैठकले नयाँ सत्ता…
काठमाडौँ । सप्तकोशी नदीको बहावमा उतारचढाव शुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निमत्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले शतकर्ता सहितको आवश्यक तयारी अघि बढाएको हो । बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक समेत डाकिएको छ । बैठकले नदीमा आउनसक्ने बाढीको आँकलन गर्दै सूचना संप्रेषण र विपद् पूर्वतयारीको कार्यलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ । बाढीसँगै कोशीमा डुंगा चलाउन र माछा मार्न प्रशासनले रोक लगाएको छ । बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने…
काठमाडौँ । केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले बिरोध जनाएका छन्। बुधवार बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका महामन्त्री ढकालको प्रश्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि बिरोध जनाएका हुन् । उनले मुखमा कालो टेप टाँसेर सांकेतिक बिरोध जनाए । उनले लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रसारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आए पनि बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिएको हो । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको थियो । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल भएको बताइएको छ…