काठमाडौँ । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
एमालेले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई आज भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
राजीनामा बुझाउनु अघि बालकोटमा एमाले अध्यक्ष ओलीले आफ्ना पार्टीका मन्त्रीसँग छलफल गरेका छन् ।
कांग्रेस–एमालेबिच नयाँ गठबन्धनको सहमति भएपछि एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिन लागेको हो ।
Facebook Comments Box
