Author: खबरमञ्च

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य गएराति १२ बजेपछि लागू भएको छ । मूल्यवृद्धिपछि काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १५२ रुपैयाँ पर्नेछ ।

Read More

झापा । झापाको मेचीनगरमा जंगली हात्तीले आक्रमण गर्दा एक महिला गंभीर घाइते भएकी छन् । हिजो साँझ ९.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्वर–१२ किरात चौकमा पसलबाट घर आउने क्रममा सोही ठाउँ बस्ने डिल्ली राईकी श्रीमती अन्दाजी बर्ष ५२ की भिममाया राईलाई हात्तीले आक्रमण गरेको थियो । कालिझोडा सामुदायिक वनबाट अचानक एउटा जंगली हात्ती बाटोमा निस्की उनलाई आक्रमण गरी घाइते बनाएको हो । बाँया खुट्टा र शरीरको बिभिन्न भागमा चोट लागेकी, बोल्न सक्ने मध्यम अबस्थाकी भिममायाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यस महाधिवेशनलाई एकीकृत समाजबादीले दशौं महाधिवेशन मानेको छ । करिब तीन वर्षअघि गठन गरिएको पार्टीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिँदै अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौं मानेको हो । महाधिवेशनमा विभिन्न तीन वटा प्रतिवेदनहरु प्रस्तुत गरिने बताइएको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन्…

Read More

काठमाडौँ । कमेडी च्याम्पियन्स–३ को उपाधि काठमाडौँका सुनील खड्काले जितेका छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा काठमाडौँका सुनील विजेता बनेका हुन् । उपाधिसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरेका छन् । त्यस्तै सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप र नवलपरासीकी सुयशा सेकेन्ड रनरअप बने ।  कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको विशाल भण्डारीको निर्देशन रहेको शोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए ।

Read More

झापा । आइसीसी टी–२० विश्वकपको उपाधि भारतले जितेको छ। फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि उपाधि जितेको हो। भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १६९ रनमात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि हेइनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए। त्यस्तै क्विन्टन डीककले ३९ रन, ट्रिस्टन स्टबले ३१ र डेबिड मिल्लरले २१ रन बनाए। भारतका लागि हार्दिक पाण्डेले ३ विकेट लिए। त्यस्तै अर्शदीप र जसप्रित बुमराहले २–२ विकेट र अक्सर पटेलले एक विकेट लिए। यसअघि बारबाडोजको ब्रिजटाउनस्थित रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। भारतका लागि विराट…

Read More

झापा । यस वर्षको एसईई परीक्षामा झापाबाट एकजना छात्राले मात्र ४ जीपीए ल्याएकी छन् । सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतले ४ जीपीए ल्याएकी हुन् । कमल गाउँपालिका ५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसईई दिएकी थिइन् । उनी सो विद्यालयमा कक्षा २ देखि अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ । बुझ्ने भएदेखि नै आफू एमबीबीएस पढ्छु भन्ने कुशिकालाई जसरी भए पनि चिकित्सा शिक्षा पढाउने बुवाआमाको इच्छा छ । २०६५ साउन ४ गते जन्मिएकी उनले एकपटक सेन्ट जेभियर्स कलेजमा प्रवेश परीक्षा दिने र नभए आफूले एसईई उत्तीर्ण गरेको सिद्धार्थमै पढ्ने बताइन् । झापाबाट एकजनाले मात्र ४ जीपीए ल्याएको…

Read More

काठमाडौं । प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने बारे ठोस सहमति जुट्न सकेन । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको प्रमुख दलहरूको टीआरसी विधेयकमा सहमति खोज्न बसेको बैठकमा ठोस सहमति हुन नसकेको हो । कानुनमन्त्री पदम गिरीले छलफलका क्रममा मुख्यतः ४ वटा बुँदामा सहमति जुट्न नसकिरहेको बताए । उनले आजको छलफलले ती बुँदाहरूमा निकट भविष्यमै सहमति जुटेर निष्कर्षमा पुगिने विश्वास व्यक्त गरे । टीआरसी विधेयकमा अहिले गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिलगायतका विषयमा सहमति जुट्न बाँकी छ । बिहीबारको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू सहभागी थिए ।

Read More

काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान १ः२८ बजे हेलम्बु आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । 

Read More

काठमाडौँ । आज (शुक्रबार) देशभर मनसुन थप सक्रिय हुने र आइतबारसम्म देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार साँझ नै मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षा बढ्ने भएकाले पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । केही दिन मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आजदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले…

Read More

झापा । झापाको बुद्धशान्तिमा रहेको एरा एभरग्रीन अंग्रेजी विद्यालयबाट एसईई दिएकी शुभना बराल बुद्धशान्तिबाट उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी बनेकी छिन्। उनले ३.९१ जीपीए ल्याएर बुद्धशान्तिमा उत्कृष्ट बनेकी हुन्। पढाईमा अब्बल उनी विज्ञान विषय पढ्ने योजनामा छिन्। विज्ञान विषय पढेर एक चिकित्सक बन्ने लक्ष्य रहेको उनले बताइन्।

Read More