Author: खबरमञ्च

झापा । मदन भण्डारी फाउण्डेशन झापाको तेस्रो जिल्ला सम्मेलनबाट पुनः हरिचरण शिवाकोटी अध्यक्षमा चयन भएका छन् । बिर्तामोडमा हिजो भएको तेस्रो जिल्ला सम्मेलनबाट राष्ट्रियसभाका पूर्व सदस्य शिवाकोटी पुनः अध्यक्षमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा हिरा थापा, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा लीला दाहाल र कोषाध्यक्षमा गणेश पोखरेल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा असारु राजवंशी, निरु परियार, देवकुमार राई, सुरेन राजवंशी, छत्र श्रेष्ठ, भक्त घिमिरे, मोहन शिवाकोटी, बलराम गजुरेल, मदनकुमार उप्रेती, प्रेमबहादुर गिरी र बद्री भट्टराई, हरिदास ढुङ्गाना, पशुपति खतिवडा, संगिता खतिवडा चौलागाईं, राजेन्द्र पन्धाक, अमिरकुमार श्रेष्ठ, हेमकला भण्डारी, माधव भण्डारी विद्रोही, लक्ष्मण पाठक, कौशिल्या अधिकारी, समर्पण खतिवडा, निशा लिम्बू,…

Read More

काठमाडौँ । नेपाल आइडल सिजन-५ को उपाधि करण परियार नेपालले जितेका छन् । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् । ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । फर्स्ट रनरअप सलोमी र सेकेन्ड रनरअप सचिन भए l फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ हात पारिन् भने सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई २०८४ सालको निर्वाचनमा एकल बहुमत आउने गरी बनाउन सकिने बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एकढिक्का बनाएर काँग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमतसहितको ५ वर्ष ढुक्कले सरकार बनाउन सक्ने बनाउन सकिने जिकिर गरेका हुन्। यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशत भन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी नेपाली काँग्रेसलाई बनाउन सक्ने महामन्त्री थापाको भनाइ थियो । उनले त्यसका लागि पार्टी भित्रको एकताको आवश्यक्तामा जोड दिए । बिपी, गणेशमान, किसुनजीको पार्टी नेपाली…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गरे । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । सरकारमा रहँदासम्म भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले सरकारमा रहँदासम्म सत्तारुढ दलहरुबीच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिवद्धता…

Read More

झापा । झापामा रहेका विभिन्न संघ संस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको विपद् ब्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताए । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्धार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाइ छ । सहारा नेपाल साकोसका प्रमुख कार्यकारी…

Read More

झापा । झापाको बिर्तामोड– २ रामचौकमा रहेको मोहनमाया माध्यमिक विद्यालय देशकै उत्कृष्ट विद्यालयहरूमध्ये १५औंमा पर्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको देशकै उत्कृष्ट सामुदायिक विद्यालयहरुको सूचीमा झापाको एकमात्र मोहनमाया मावि पर्न सफल भएको हो। राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त तथ्यांक अनुसार शिक्षा मन्त्रालयले २०७९ को एसईई परीक्षामा कम्तीमा सयजना विद्यार्थी सहभागी भइ समग्र जीपीए ३.२ र सोभन्दा बढी हासिल गर्ने विद्यार्थीको प्रतिशत ३० वा सोभन्दा बढी भएका सामुदायिक विद्यालयहरुको विवरण सार्वजनिक गरेको थियो। सो विवरण अनुसार मोहनमाया देशकै उत्कृष्ट १५ मा पर्न सफल भएको हो। मोहनमायाले २०७९ को एसईई परीक्षामा ११६ जना विद्यार्थी सहभागी भएकोमा ३.२…

Read More

काठमाडौँ । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५ः५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

Read More

काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् ।

Read More

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो । इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो । दर्ता भएपछि सर्वोच्चले पोखरामा दर्ता भएको जाहेरी देखि रुपन्देही जिल्ला अदालतमा रहेको अभियोग पत्रसम्म मगाउने आदेश गरेको छ। त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अध्ययन प्रतिवेदन पनि…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्नेछ । बैठकमा समसामयिक राजनीतिक र बजेटलगायतका विषयमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए ।

Read More