Author: खबरमञ्च

झापा । साउनको दोस्रो सातासम्ममा आइपुग्दा झापामा ९२ प्रतिशत भन्दा बढी धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टर खेतमा धान रोपाइँ भएको छ । जुन ९२ प्रतिशत रहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर बिष्टले बताए । यो अनुपात अघिल्लो वर्षको तुलनामा यो वर्ष बर्खे धान खेतीको क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। गत वर्ष ८५ हजार ७५० हेक्टरमा बर्खे धान खेती गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ । यसैगरी यस वर्ष अघिल्लो वर्षको तुलनामा चैते धान खेतीको…

Read More

झापा । राष्ट्रिय युवा संघ अर्जुनधारा ७ ले अर्जुनधारा जलेश्वर धामको खडेबाबा स्मृति पार्कको सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । युवा संघले अघि सारेको ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रम आयोजना गरिएको संघका स्थायी कमिटी सदस्य रोजिना पाण्डेले जानकारी दिइन् । विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा समेत वृक्षारोपण भएको हो । पर्यावरण सन्तुलन कायम राख्न, प्राकृतिक प्रकोप न्यूनीकरणसँगै हरियो वन नेपालको धन भन्ने भनाइलाई थप मजबुत बनाउन वृक्षारोपण अभियान सञ्चालन गरिएको पाण्डेले बताइन् । कार्यक्रममा धाम समितिका शिवलाल खतिवडा, अर्जुनधारा…

Read More

एजेन्सी । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। सोसल मिडिया प्लेटफर्म एक्समा ह्यारिसले लेखेकी छन्, ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेँ। म हरेक मत प्राप्त गर्न कडा मेहनत गर्नेछु।’ आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा आफू विजयी हुने विश्वास पनि उनले व्यक्त गरेकी छन्। 

Read More

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ३ वर्षदेखि सम्बोधन नभएका निर्माण व्यवसायीका समस्या मौद्रिक नीतिले सम्बोधन गरेको बताएका छन्। नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिकपश्चात अध्यक्ष सिंहले यस्तो बताएका हुन्। उनले मौद्रिक नीतिले निर्माण व्यवसायीहरुले बैंकबाट लिएको कर्जा समायोजनको समय थप गरिदिएर व्यवसायीहरूलाई केही हदसम्म राहत प्रदान गरेको बताए । उनले मौद्रिक नीतिले सम्बोधन गरेका समस्याहरू विगत ३ वर्षदेखि भोग्दै आए पनि विगतका सरकार र राष्ट्र बैंकले समेत सम्बोधन गर्दा आज अर्थतन्त्र चलायमान हुन नसकेको बताए । उनले निर्माण क्षेत्र चलायमान नहुँदा समग्र अर्थतन्त्रमा परेको प्रभावले सरकार र राष्ट्र बैंक संवेदनशिल देखिएको…

Read More

झापा । कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन कायम राख्दै माओवादी केन्द्रबाट बाहिरिएको हो । माओवादीका मन्त्रीहरूले हिजो मुख्यमन्त्री कार्कीलाई राजीनामापत्र बुझाए । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा नबसे पनि सरकारलाई दिएको समर्थन भने कायमै रहेको जनाए । ‘मुख्यमन्त्री हिक्मत कार्कीकै आग्रहमा हामी अहिलेसम्म सरकारमा रह्यौ,’ आङ्बोले भने, ‘केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलपछि सरकार छाड्न बाध्य भएका हौं ।’ एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको नयाँ सरकार गठन भएको थियो । उक्त सरकारमा माओवादीबाट भौतिक पूर्वाधारमन्त्री गणेशप्रसाद उप्रेती, वन, वातावरण…

Read More

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताएका छन्। मन्त्री खड्काले सरकारको सो लक्ष्य प्राप्तिका लागि सहयोग गर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे । सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो २० औं स्थापना दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको विद्युत विकासको क्षेत्रमा सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । विद्युत विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि…

Read More

काठमाडौँ । राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सन्तुलित आएको बैंकर्सले बताएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रवार ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिकपश्चात सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरुले अर्थतन्त्रको पछिल्लो अवस्थालाई आधार बनाएर राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको भन्दै स्वागत गरेका छन् । वित्तीय क्षेत्र सहजताको लागि बैंकहरुले आशा गरे जस्तो मौद्रिक नीति नपाए पनि समग्रमा सन्तुलित र सहज मौद्रिक नीति आएको बताए । उनीहरुले मौद्रिक नीतिले बैंकको कर्जा बिस्तारलाई सहयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन पनि योगदान गर्ने बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको मौद्रिक…

Read More

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा रहेको डेडिकेटेड तथा ट्रंकलाइन वक्यौता रकम असुली गर्ने अडान राखेको छ प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राखेका हुन् । शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विना बिल सो लाइनको वक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाइ पनि सत्य नभएको दाबी गरे । रेकर्डेड विद्युतमा प्रिमियम जोडेर ती उद्योगहरुमा बिल पठाएकाले त्यसमा बिल थिएन भन्ने कुरा सत्य नभएको प्रवन्ध निर्देशक घिसिङको भनाइ थियो । उनले लोडसेडिङको बेला आम…

Read More

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति निधन भएको कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता) ले जानकारी दिनुभयो । उहाँकाअनुसार नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ देखि ११ बजेसम्म नगरपालिकाको कार्यालयमा राखिनेछ । मेयर नकर्मीको लामो समयदेखि मिर्गौलाको डायलिसिस हुँदै आएको थियो । यही साउन २ गतेदेखि भने स्वास्थ्यमा समस्या बढेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि उहाँले साउन १ गतेदेखि नै उपमेयर शाक्यलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभएको थियो । नकर्मी नेपाली कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित हुनुभएको थियो ।

Read More

मन्थली । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीन जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए । बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए । पहिराले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट…

Read More