Author: खबरमञ्च
काठमाडौं । त्रिशूलीमा बेपत्ता दुईवटा बस खोज्ने क्रममा हराएको चुम्बक र ट्युब फेला परेको छ । नारायणगढ मुग्लिन सडकको सिमलतामा गएको असार २८ गते पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक दुई दिनअघि त्रिशूलीमा हराएको थियो । सो चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको हो । नदीभित्र हालेर बस खोज्न प्रयोग भएको १९ किलोको चुम्बक हराएको थियो । बस खोज्न भारतबाट दुइटा चुम्बक ल्याइएको थियो । १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो। त्यस क्रममा चुम्बकसँगै लाइफ ब्वाई ट्युब समेत पानीले बगाएको थियो । हराएको चुम्बक…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्षहरूको भेला गर्ने भएको छ । राप्रपाले यही साउन १७ र १८ गते काठमाडौंमा जिल्ला अध्यक्षहरुको भेला गर्न लागेको हो । राप्रपाले पार्टीको समग्र सांगठनिक अवस्था, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गर्दै आगामी रणनीति तय गर्नका लागि जिल्ला अध्यक्षहरूको भेला गर्न लागेको हो। भेलाको पहिलो दिन अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्त लगायत रणनीति र आगामी कार्ययोजनाका बारे जिल्ला अध्यक्षहरुलाई ब्रिफिङ् गर्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। अध्यक्षको ब्रिफिङपछि ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठानिक प्रतिवेदन पेस…
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमालेले आगामी बिहीबार सचिवालयको बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा पार्टीको कार्ययोजना कार्यान्वयन, इन्चार्ज परिर्वनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ । यसअघि जिल्ला अधिवेशन नसकिएकाले नयाँ कार्ययोजना लागू हुन बाँकी छ । ११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ । ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले परिपत्र गरिसकेको छ ।
झापा । पूर्व फुटबलर गम्भीर राईको निधन भएको छ। झापा भद्रपुर नगरपालिका–१० चन्द्रगढी बजार निवासी ५६ वर्षीय पूर्व फुटबलर गम्भीरको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनले लामो समयदेखि सुगर रोगको औषधि सेवन गरिरहेका थिए। २०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए। उनी अन्डर १६, अन्डर १९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए। एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही उनले अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए। झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका उनले…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने दावी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले ०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहेको बताए। अध्यक्ष प्रचण्डले भने,‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ।’ उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताए।…
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन्। आइतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र काम नभए प्रधानमन्त्री, मन्त्रीहरुबारे पनि संसद र बाहिर पनि खरो अभिव्यक्ति दिने बताएका हुन् । महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिए । एक्काईसौ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । महामन्त्री शर्माले लामो संघर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि…
काठमाडौँ । प्रतिनिधि सभाका संसदहरुले हवाई र सडक दुर्घटना हुन नदिन विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सत्तारुढ काँग्रेस सांसद राजेन्द्र बजगाईं, एमालेकी सचेतक सुनिता बराल लगायतका सांसदहरुले हवाई र सडक दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद बजगाईंले सौर्य एयरलाईन्सको विमान दुर्घटना र त्रिशुली नदीमा भएको बस दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै सो अवस्था आउन नदिनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेलेको ध्यानाकर्षण समेत गराए । उनले सरकारले हवाई दुर्घटना हुँदा शोक व्यक्त गर्दै आधा राष्ट्रिय झण्डा झुकाएको तर त्रिशुलीमा बस दुर्घटना…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धि छानविन आयोगले निष्पक्ष रुपमा छानविन गर्नेमा आशंका व्यक्त गरेका छन्। आइतवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानविन आयोगको प्रमुख बनाइएको आरोप लगाउँदै सो आयोगबाट निष्पक्ष छानविन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताएका हुन्। सरकारले सो विमान दुर्घटनाबारे छानविन गर्न नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो । तर पूर्वमहानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकोले सो आयोगले निष्पक्ष छानविन गर्छ भनेर…
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन्। संविधान संशोधन गरेर सत्तारुढ काँग्रेस एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई सफल हुन नदिने बताएका हुन् । उनले फेरि सडकमा पलेटी कसेर जन दबाब सृजना गर्न बाध्य हुने चेतावनी दिए । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौती गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यस बिरुद्ध संघर्ष…
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। देउवाको शरीर एमालेतिर भए पनि भावना आफूहरुसँग रहेको जिकिर गर्दै अध्यक्ष नेपालले सत्ता सहकार्य राम्रो मनसायले भएको को कि होइन ? भनेर बुझ्नुपर्ने बताए । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवालाई आफूले बोलाएको जानकारी दिँदै उनले केपी ओलीले नकारात्मक रुपमा लिन्छन् कि भनेर उत्तालिएको हुनसक्ने टिप्पणी पनि गरे । अध्यक्ष नेपालले सत्तारुढ दलप्रति लक्षित गर्दै संविधानमाथि आघात पुर्याउने कुनैपनि सैह्य नहुने बताए। उनले संविधान संशोधन जस्तो विषयलाई गुपचुपमा गर्न नसकिनेतर्फ पनि काँग्रेस एमालेलाई सचेत…