काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।
देउवाको शरीर एमालेतिर भए पनि भावना आफूहरुसँग रहेको जिकिर गर्दै अध्यक्ष नेपालले सत्ता सहकार्य राम्रो मनसायले भएको को कि होइन ? भनेर बुझ्नुपर्ने बताए ।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवालाई आफूले बोलाएको जानकारी दिँदै उनले केपी ओलीले नकारात्मक रुपमा लिन्छन् कि भनेर उत्तालिएको हुनसक्ने टिप्पणी पनि गरे ।
अध्यक्ष नेपालले सत्तारुढ दलप्रति लक्षित गर्दै संविधानमाथि आघात पुर्याउने कुनैपनि सैह्य नहुने बताए। उनले संविधान संशोधन जस्तो विषयलाई गुपचुपमा गर्न नसकिनेतर्फ पनि काँग्रेस एमालेलाई सचेत गराए ।
अध्यक्ष नेपालले भने, ‘हामीले व्यापक रुपमा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि, एकतावद्ध हुनुअघि सहकार्य गर्नका लागि, सकिन्छ भने मोर्चा बनाएर अघि बढ्नका लागि हामी तयार भएर अघि बढ्न जरुरी छ । जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टी दुई वटैले समाजवादको कुरा लिँदै अगाडि बढिरहनुभएको छ ।’
अध्यक्ष नेपालले समाजवादी मोर्चालाई अघि बढाउनका लागि जरुरी रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने काम आफूले गरिरहेको बताए ।
