Author: खबरमञ्च

झापा । झापाको बिर्तामोडदेखि अर्जुनधाराको शनिश्चरे जोड्ने सडक निर्माणको काममा ठेकेदारको लापरबाही भएको भन्दै स्थानीयबासीले सडक अवरुद्ध गरेका छन्। मंगलबार बिहान साढे ११ बजेदेखि बिर्तामोड-शनिश्चरे सडक स्थानीयबासीले अवरुद्ध गरेका हुन्। बिर्तामोड-५ स्थित शनिश्चरे रोडमा रहेको टाटा शोरुम अगाडि स्थानीयबासीले सडकमा ढाट तेर्स्याएर अवरुद्ध गरेका छन्। संघीय सरकारले बिर्तामोड-सानिचरे रोड निर्माण तथा मर्मत कार्यमा ढिलासुस्ती गरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन्। निरज ओली, राजेश पौडेललगायत १०-१५ जना युवाहरूले बाँसको ढाट तेर्साएर अर्जुनधारा-५ महानन्द चोकसम्म सडक अवरुद्ध गरेका हुन्। निर्माण कार्य चाँडो सम्पन्न गर्न दवाव सिर्जना गर्न यो कदम उठाएको उनीहरूले जनाएका छन्। उक्त सडकखण्डको छ किलोमिटर सडकमा  करिब रु साढे…

Read More

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । आज बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिए । २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि समयमै सम्पन्न हुन सकेको छैन । भ्याटबाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको छ । सुरुका वर्ष कोभिडका कारण काममा ढिलाइ भएको भनिए पनि कोभिड महामारी सकिसक्दा पनि कामले गति लिन सकेको छैन…

Read More

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन्। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले सम्भव भएसम्म विषादी प्रयोगमा न्यूनीकरण गर्न आग्रह गरे । उनले विषादीको प्रयोग कम गरे रोगहरु घट्ने र सबैलाई फाइदा हुने बताए । उनले मन्त्रालयले गर्नसक्ने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए। उनले रैथानी बालीको बेवास्ता गरिएको भन्दै आपत्ति जनाए। कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पुर्याउन सक्दो प्रयास गर्ने पनि बताए।  उनले भने, ‘हामीले रैथाने बाली बेवास्ता…

Read More

काठमाडौँ । सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिए । उनले भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्री गुप्ताका अनुसार बैठकले विभिन्न पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउनेसमेत निर्णय गरेको छ । बैठकले २२ जना सचिवको सरुवाको निर्णय गरेको उनले जानकारी दिए । त्यसैगरी तीन वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई…

Read More

झापा । दिवंगत बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका एक व्यक्तिको निधन भएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै समयमा निधन भएको हो। काजकिरिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो। उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो। सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो। बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारले जनाएको छ।

Read More

काठमाडौँ । आज साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदैछ । नेपाली समाजमा ‘असार १५ दही चिउरा र साउनको १५ खिर’ भन्ने भनाइ नै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खिर खाने परम्परा रहँदै आएको मानिन्छ । खिर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो । यसको नेपाली समाजमा विशेष महत्त्व छ । साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खिर खाने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खिर खानु स्वास्थ्यकर छ । झरीको समयमा विभिन्न संक्रामक…

Read More

पेरिस । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१-७ र २१-५ को सोझो सेटमा पराजित गरे। गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो। पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोश्रो सेट जित्न १८ मिनेट खर्चे। प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोश्रो सेटमा ४ अंक जोडेका थिए। आफूनो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोश्रो सेटमा १७ अंक बटुलेका थिए। गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो…

Read More

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमवार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भइ विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो । बैठकपछि सञ्चार कर्मीहरुलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको जानकारी दिए । उनले विदेश फरार रहेका व्यक्तिहरु संलग्न रहेका सहकारीहरु अनुसन्धानको…

Read More

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिले प्रधानको उच्च नैतिक चरित्र नदेखिएको भन्दै उनलाई अनुमोदन नगर्ने अवस्था देखा परेपछि प्रधानले नाम फिर्ता लिएका हुन् । संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरूद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो । उजुरीकर्ताहरूसँग संसदीय समितिले छलफलसमेत गरेको छ । आफूले नाम फिर्ता लिने लिखित प्रस्ताव तयार पार्न समय लाग्ने भएकाले समितिको बैठक केही पर सारिदिन आग्रह गरेका थिए । त्यसैले बिहान साढे ११ बजे बोलाइएको बैठक अपरान्ह ५ बजेका लागि सारिएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा…

Read More

काठमाडौं । नेपालका शीर्ष नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा आफूलाई ‘धर्मगुरू’बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। खतिवडालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले मण्डिखाटारबाट पक्राउ गरेको हो। उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा लाइभ गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताइएको छ ।

Read More