Author: खबरमञ्च

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास भइरहेको बताएका छन्। पार्टी निकट खेलकुद महासंघको केन्द्रीय कमिटिको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा योगदान नै नभएका केही व्यक्तिहरुले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास गरिरहेको बताएका हुन्। समाजलाई अनुशासित र गतिशील बनाउन खेलकुद महासंघले यस प्रकारका गतिविधिलाई चनाखो भएर हेर्न आवश्यक रहेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणको लागि गठन भएको बताए । भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै स्टन्टबाजी नगर्ने बताए । विगतको सरकारको जस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले…

Read More

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत भएको छ । आइतवार बसेको सभाको बैठकले “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रश्तावलाई सर्वसम्मत स्वीकृत गरेको हो । सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रश्तुत गर्नुभएको विधेयकमाथि राष्ट्रिय सभा सदस्यहरुले छलफल गरेका थिए । छलफलसँगै कानूनमन्त्री चौरसियाले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए । लगत्तै सभामा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । “प्रतिनिधि…

Read More

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशका कुनैपनि सडक पहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने बताएका छन्। आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले देशभरका जुनसुकै सडक खण्ड पहिरोका कारण दुई घण्टा भन्दा बढी अवरुद्ध नहुने बताएका हुन् । उनले सडक अवरुद्ध भएको अवस्थामा सडक खुलाउन आवश्यक उपकरणहरु तयारी अवस्थामा रहेको भन्दै जहाँ पहिरो गए पनि तत्कालै सुचारु हुने व्यवस्था मिलाइएको बताए। उनले नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोका कारण समस्या आइरहने भएकाले सो सडक खण्डलाई पहिलो प्राथमिकतामा राखिएको बताए । उनले सो सडक खण्डमा आइपर्ने समस्या समाधानका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताए । नागढुंगा–मुग्लिङ सडक खण्ड…

Read More

काठमाडौँ । निराजन धामीको गोल प्रेरणामा नेपालले आइतवार श्रीलंकामाथि साँघुरो जित निकाल्दै साफ यु–२० च्याम्पियनसिपमा सुखद् जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा समूह ‘ए’ को नेपालले श्रीलंकामाथि १–० को जित निकाल्दै सुखद् शुरुवात गरेको हो । श्रीलंकामाथि हाबी भएको नेपालले पहिलो हाफमा अग्रता लियो । दोस्रो हाफमा पनि नेपालले कयौं अवसर सिर्जना गर्यो । तर घरेलु टोलीका स्ट्राइकर असफल भए । नेपालले खेलको दोस्रो मिनेटमा नै अवसर बनाएको थियो । निराजनकै गोल खेलका रेफ्रीले अफसाइड निर्णय दिएपछि नेपालले शुरुवातमा नै अग्रता लिने अवसर गुमाउन पुग्यो । तर २४ औं मिनेटमा भने उनले नै सुन्दर गोल गर्र्दै घरेलु टोलीलाई…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका—५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आइतबार जानकारी लिएका छन्। घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो ।  त्यहाँको अवस्थाबारे गम्भीरतापूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णयहरु गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा रक्षामन्त्री राई, सङ्घीय सांसद सोनाम गेल्जेन शेर्पा, कोसी प्रदेशसभा सदस्य बुद्धिबहादुर राजभण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङ्मा…

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीकाे इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो। झामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेलमा विभिन्न निकाय तथा नेताहरूसँग कुरा मिलाएको गम्भीर आरोप छ। यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसहित सरकारका उच्च अधिकारीसमेत संलग्न रहेकाे आराेप छ। यही प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमै छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाण भने जेलबाहिरबाटै मुद्दा लड्न पाउने भएसँगै जेलमुक्त भएर मुद्दा लडिरहेका छन्। रायमाझी एमालेका नेता हुन् भने खाण कांग्रेसको। झा गत असार १४ गते पक्राउ परेका हुन्। नेपाल प्रहरीको विशेष ब्युरोको…

Read More

झापा । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले मुस्कानसहितको प्रहरी सेवा मात्र नभएर मुस्कान दिने प्रहरी सेवा चाहिने बताएका छन्। उनकै क्षेत्र झापा १ बुद्धशान्ति गाउँपालिकामा वडा नं ४ मा स्थापित अस्थाई प्रहरी चौकी उद्घाटन कार्यक्रममा बोल्दै सांसद शर्माले प्रहरीले मुस्कान दिएर नपुग्ने बताए। उनले प्रहरीको सेवाले जनतामा मुस्कान ल्याउनुपर्ने बताए। उनले भने, ‘मैले भन्ने गरेको छु प्रहरीको मुस्कानले मात्र पुग्दैन। प्रहरीको सेवाले जनतामा मुस्कान ल्याउनुपर्छ।’ उनले झापाका सुरक्षा निकायका प्रमुखहरूलाई यही विषयमा ध्यान दिन आग्रह गरे। शर्माले भने, ‘झापाको सुरक्षा निकायले यस विषयमा अग्रणी भूमिका खेलोस्।’ अर्को एक प्रसंगमा सांसद केही दिन अन्य काममा व्यस्त हुँदा…

Read More

झापा । गएराति आएको हावाहुरीले झापामा ठूलो क्षति पुर्याएको छ। हावाहुरीले घरको छाना उडाएर र बिजुलीको पोल ढालेर क्षति गरेको हो। चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति पुगेको छ। चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ –०२३च ५०९३ नं को कारमा क्षति पुगेको हो। कारमा पाँच जना सवार रहेकोमा कसैलाई केही पनि नभएको चारआली प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक टंक कोइरालाले जानकारी दिए। रुख ढलेर अवरुद्ध भएको राजमार्गलाई जेसीबी लगाएर राति नै चालु गराएको उनले बताए। हावाहुरीले बिजुलीको पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ। चारआली क्षेत्रमा ५–६ वटा बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत…

Read More

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम…

Read More