Author: खबरमञ्च

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना प्रकरणबारे राज्यले छानबिन गर्नुपर्ने बताएका छन् ।  आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उनले बताएका छन् । ढकालले उपसभामुख रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन् । उपसभामुखले अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा सामाजिक सञ्जालमार्फत पूर्व महामन्त्री ढकालले उपसभामुख रानाको विगतको छवि उच्च रहे पनि अहिले छानबिनका लागि तयार हुनु नपर्ने कुनै कारण नरहेको बताएका छन् । उपसभामुखको पत्र प्रकरणका बारेमा मेरो भनाइ वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका…

Read More

झापा । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने दुई भारतीय कारोबारी पक्राउ परेका छन् । आज दिउँसो ३.३० बजे झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा बसपार्कमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दार्जिलिङ खोरीबारी थाना बस्ने २२ वर्षीय अब्बास राजग्र र सोही ठाउँ बस्ने २२ वर्षकै मफिजुद्यिन अन्सारीलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्लास्टिकबाहेक १० ग्राम ७४० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

झापा । माछा मार्ने क्रममा करेन्ट लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ । इलाम सूर्योदय नगरपालिका वडा नं.१३ लक्ष्मीपुर घर भई हाल दमक नगरपालिका वडा नं.–३ धिमाल टोलका तेजबहादुर धिमालको घरमा बस्दै आएका १९ वर्षीय मौसम राईको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउँसो २ बजेको समयमा घरदेखि अन्दाजी ३० मिटर पश्चिमपट्टि रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर राई घाइते भएका थिए । उनलाई उपचारको लागि दमक आम्दा अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ३ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सम्पूर्ण कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकबाट…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू-भाग कूटनीतिक संयन्त्रहरूबाट समाधान गर्ने बताएका छन्। प्रतिनिधिसभामा राप्रपाका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भारतसँग लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू-भाग कूटनीतिक संयन्त्रहरूबाट समाधान गर्ने समझदारी भएको बताए। प्रधानमन्त्री ओलीले नेपाल भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापनाको काम भइरहेको पनि बताए। प्रधानमन्त्री ओलीले भने, ‘नेपाल भारत सीमा कार्य समूहबाट नेपाल भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मतका साथै दशगजा एवं क्रस होल्डिङको लगत तयार गर्ने जस्ता प्राविधिक कार्य निरन्तर रूपमा हुँदै आएका छन् । द्विपक्षीय अनुकूलतामा यसका बैठक सुचारू गर्ने सम्बन्धमा…

Read More

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन्। उनले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन्। हाल ८१ वर्षका बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो “पार्टी र देशको हितका लागि” आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको बताएका छन्। उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले “ठूलो सम्मानको रूपमा लिएको” र ज्यानुअरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटहरूबाटै उनको आलोचना भएको थियो। उपराष्ट्रपति ह्यारिसले…

Read More

काठमाडौँ । आज २०८१ साल साउन ७ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २२ तारिख । साउन कृष्ण पक्षको प्रतिपदा तिथि। यो वर्षको साउनको पहिलो सोमबार । पशुपतिनाथ मन्दिरमासहित देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका…

Read More

काठमाडौँ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय नौ रनको लक्ष्य पाकिस्तानले ११ ओभर ५ बलमा एक विकेट मात्रै गुमाएर पूरा गर्‍याे। पाकिस्तानकी गुल फिरोजाले ५७ रन बनाइन् । पाकिस्ताको एक मात्र विकेट कविता जोशीले लिइन् । त्यसअघि दाम्बुलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनायो । नेपालका लागि कविता जोशीले अविजित ३१ रन बनाइन् । सीता राना मगरले २६ र पूजा महतोले २५ रन बनाए । यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ । अब…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका छन् ।  विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ ।  प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिएका छन् । उनको विपक्षमा ७४ मत परेको छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा(एकीकृत समाजवादी), आम जनता पार्टीले मत दिएनन् । 

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधि सभामा विश्वासको मत राख्ने क्रममा दिएको अभिव्यक्ति जनतालाई भ्रम दिनेगरी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गिरिबन्धु टि स्टेट लगायतको भ्रष्टाचारको फाइल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले खोल्ने बित्तिकै नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ भनि सरकारलाई प्रश्न गरे । उपमहासचिव पुनले गिरी बन्धु टि स्टेट लगायतका…

Read More

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुबीच संवाद र सहमती गरेर अघि बढ्ने कुरामा आफूहरु स्पष्ट रहेको बताएका छन्। आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएका विश्वासको मत सम्बन्धि प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । सभापति देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिने पनि बताए । उनले देशका विद्यमान जटिलतालाई हटाउनका लागि संविधान संशोधन गर्ने कुरा लोकतान्त्रिक प्रक्रिया भित्रै पर्ने भएकाले यसलाई अन्यथा ठान्न नहुने बताए ।  सभापति देउवाले भने, ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई…

Read More