Author: खबरमञ्च

काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । सोमवारको राष्ट्रिय सभाको बैठकले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले बैठकले सर्वसम्मत रुपमा विधेयकलाई समितिमा पठाएको जानकारी गराए ।  सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१…

Read More

बंगलादेश । सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छाडेको अनुमान गरिएको छ। उनी सैनिक हेलिकोप्टरबाट भारतको पश्चिम बंगाल प्रस्थान गरेकी भनिए पनि त्यस्को आधिकारिक पुष्टि भएको छैन । आज दिउँसो प्रधानमन्त्री हसिना भारत प्रस्थान गरेको बंगलादेशको दैनिक पत्रिका प्रोथोमआलोका परराष्ट्र मामिला हेर्ने पत्रकार रइद एजाजले जानकारी दिएका छन्। हसिनाले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्, तर त्यसको स्वतन्त्र पुष्टि अझै भइनसकेको पत्रकार रइदले जानकारी दिए । असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतबार मात्रै कम्तीमा ९८ जनाले ज्यान गुमाएका थिए ।

Read More

झापा । झापाका पत्रकार टिकाराम नेपालकी श्रीमती मञ्जुकुमारी नेपालको रकम दाबी गरिएको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली रहेको प्रभु बैंकले जनाएको छ। बैंकका कोशी प्रदेश प्रमुख बद्री कटुवालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभइ नक्कली रहेको जनाएका हुन्। कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।’ आफ्नो श्रीमतीको नाममा जम्मा गरिएको एक करोड १९ रुपैयाँबाट एक करोड १० रुपैयाँ मुद्दति खातामा जम्मा गरिएको पैसा म्याच्योर्ड भएपछि…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् ।  आइतबार काठमाडौँमा आयोजित चालु आर्थिक वर्ष (२०८१-८२)को मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी ल्याइएको यस नीतिलाई सबैले अनुसरण नगरे शिथिलता कायमै रहने बताए ।  उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीति ल्याइरहँदाखेरि अर्थतन्त्रका हिसाबले हामी कहाँ छौँ ? नेपालका अर्थतन्त्रका विभिन्न क्षेहरुको अवस्था कस्तो छ ? त्यसलाई आधार मानेर हामी के गर्न सक्छौँ ? आधारभूत आवश्यकता के हो ?यसको…

Read More

काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ लाई दफावार छलफलको लागि संसदीय समितिमा पठाउने सरकारको तयारी रहेको छ ।  भोलि बस्ने राष्ट्रियसभा बैठकमा  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले यो विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।  तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ गत असारमा सङ्घीय संसदमा पेस भएको थियो ।

Read More

एजेन्सी । भारतको इटावामा बससँग कार ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशको इटावामा बस र कार एक आपसमा ठोक्किएका हुन् । गएराति पौने १ बजे आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक आपसमा ठोक्किएको हो। इटावा प्रहरीका अनुसार कार आफ्नो लेन छाडेर बस आउने लेनतर्फ गएपछि दुर्घटना भएको थियो । दुर्घटनामा कारमा सवार तीनै जना र बसमा सवार चार जनाको मृत्य भएको छ। कारसँग ठोक्किएपछि बस अनियन्त्रित हुँदै सडक तल खाल्डोमा खसेको थियो। बसमा ६० जना सवार रहेको र त्यसमध्ये २५ जना घाइते…

Read More

झापा । नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी संगठन(पीपीएलए) झापाको अधिवेशनले पुनः चित्रबहादुर मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बिर्तामोडमा सम्पन्न संगठनको चौथो अधिवेशनले मगरलाई जिल्ला अध्यक्षमा पुनः चयन गरेको हो । त्यस्तै संगठनको जिल्ला उपाध्यक्षमा दिपेन्द्र भट्टराई, सचिवमा देवेन्द्र भण्डारी, महिला सचिवमा कविता शर्मा र कोषाध्यक्षमा दिपककुमार निरौला चयन भएको अधिवक्ता तथा संगठनकी केन्द्रीय सदस्य हेमकला कट्टेलले जानकारी दिइन् । यसैगरी सदस्यहरुमा नारायण चौलागाई, डिल्ली राजवंशी, अर्जुनकुमार बस्नेत, चुडामणी पराजुली, कोपिला अधिकारी र नरेश खाती चयन भएका छन् । नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरीको प्रमुख आतिथ्य तथा संगठनका अध्यक्ष मगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा अधिवक्ता…

Read More

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी चाँडो दिइने बताएका छन् । उनले काम गर्ने तर भुक्तानी नपाउने अवस्था हुनुनहुने भन्दै काम सकेर बिल फछ्र्यौट गरिसकेकाहरुले भुक्तानी पाउनुपर्ने बताए । उनले मन्त्रालयले भुक्तानी दिनुपर्नेहरुको विवरण संकलन गरिरहेको भन्दै विवरण प्राप्त भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई रिपोर्ट गरेपछि भुक्तानी दिइने बताए । उनले भने– ‘निर्माण व्यवसायीहरुको भुक्तानीको अवस्था भनेको हाम्रो मन्त्रालयमै बढी छ । जम्मा दिनुपर्ने मध्ये ६० प्रतिशत हाम्रो मन्त्रालयसँग सम्बन्धित छ । त्यसकारण यसलाई हामीले गम्भीर ढंगले लिएका छौँ । काम गर्ने तर भुक्तानी नपाउने यो हुनुहुँदैन । काम नगर्नेका लागि त्यही किसिमको ट्रिटमेन्ट हुनुपर्यो ।…

Read More

काठमाडौं । बंगलादेशमा लोकप्रिय सामाजिक सञ्जाल एप इन्स्टाग्राम, फेसबुक, टिकटक र युट्युबलाई अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ। यो निर्णय यस्तो समयमा आएको छ, जब बंगलादेशमा आरक्षणको मुद्दामा फेरि विरोध प्रदर्शन सुरु भएको छ। टाइम्स अफ इन्डिया र ग्लोबल आइजले आफ्नो रिपोर्टमा सामाजिक सञ्जाल प्रतिबन्धको जानकारी दिएपनि यी सामाजिक सञ्जाल एपहरूमा लगाइएको प्रतिबन्धबारे बंगलादेश सरकारबाट कुनै आधिकारिक बयान आएको छैन। यी एपहरूमा प्रतिबन्ध टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार बंगलादेशको सरकारले इन्स्टाग्राम, टिकटक, युट्युब र ह्वाट्सएपलगायत लोकप्रिय सामाजिक सञ्जाल एपको प्रयोगमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। यसअघि शुक्रबार यस प्रतिबन्धको जानकारी ग्लोबल आइज न्यूजले आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत दिएको थियो। ग्लोबल आइजको…

Read More

झापा । नेकपा एकीकृत समाजवादीले ३४४ जनाको केन्द्रीय कमिटीको नाम शुक्रबार घोषणा गरेको छ । त्यसमा झापाका ६ जना परेका छन् । झापाबाट पुष्प पोख्रेल, निलमणि बराल,चन्द्रा श्रेष्ठ, भाष्कर काफ्ले, अशेष घिमिरे र सविता भेटवाल केन्द्रीय सदस्य चयन भएका हुन् । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको कार्यदलले केन्द्रीय कमिटी सदस्यको नाम टुंगो लगाएको हो । यसअघि असार १६ देखि २० सम्म काठमाडौंमा भएको दशौं महाधिवशेनले ९३ जनाको नाम घोषणा गरेको थियो । प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले शुक्रबार थप २५१ सहित ३४४ केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरेको जानकारी दिएका छन् । महाधिवशेनले अध्यक्ष…

Read More