बंगलादेश । सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छाडेको अनुमान गरिएको छ। उनी सैनिक हेलिकोप्टरबाट भारतको पश्चिम बंगाल प्रस्थान गरेकी भनिए पनि त्यस्को आधिकारिक पुष्टि भएको छैन ।
आज दिउँसो प्रधानमन्त्री हसिना भारत प्रस्थान गरेको बंगलादेशको दैनिक पत्रिका प्रोथोमआलोका परराष्ट्र मामिला हेर्ने पत्रकार रइद एजाजले जानकारी दिएका छन्।
हसिनाले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्, तर त्यसको स्वतन्त्र पुष्टि अझै भइनसकेको पत्रकार रइदले जानकारी दिए ।
असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतबार मात्रै कम्तीमा ९८ जनाले ज्यान गुमाएका थिए ।
Facebook Comments Box