Author: खबरमञ्च

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ४ जना नायब महानिरीक्षकहरु (डीआईजी) को सरुवा गरेको छ । नम्बर–५ बाहिनीका बाहिनीपति अभि कुमार खत्रीलाई मानवश्रोत विकास विभाग र नम्बर–६ का बाहिनीपति दुर्गा प्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ । नम्बर–५ बाहिनी बिन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा प्रदीप कुमार पाल र नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सुरेश कुमार श्रेष्ठलाई पठाइएको छ । डीआईजीद्वय खत्री र भट्टराई भदौ १६ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने छन् ।

Read More

काठमाडौँ । बंगलादेश बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासंघ) यु-२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयको खेलमैदानमा आज भएको फाइनल खेलमा  बङ्गलादेशले नेपालमाथि ४–१ गोलको जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि दुईपटक फाइनलमा पुगेको बङ्गलादेश दुवै पटक पराजित हुँदै उपविजेता बनेको थियो । सन् २०१९ र सन् २०२२ मा भएको साफ च्याम्पियनशिपमा बङ्गलादेश फाइनलमा पुगेको थियो । त्यतिबेला दुवै पटक भारतसँग पराजित हुँदै बङ्गलादेश उपविजेतामा सीमित बनेको थियो ।  बङ्गलादेशको जितमा आजको खेलमा मिराजुल स्लामले दुई गोल गरे…

Read More

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म दुई सय १० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २९ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाढी पहिराका कारण काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेस…

Read More

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक भोलि बिहीबारका लागि बोलाएको छ । पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरुको जिम्मेवारी हेरफेर गरिने उनले बताए । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरुलाई विभाग तथा आयोगमा…

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण हुनेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सवारी दुर्घटनामा परी पछिल्लो समय ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गइरहेको भन्दै गृहमन्त्री लेखकले बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सरोकारवाला पक्षसँगको छलफलमा सो निर्देशन दिएका हुन् ।  आउने २/३ महिना भित्र सवारी दुर्घटनामा कमी आएको देखिने गरी सम्बद्ध पक्षले परिणाममुखी काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो। उनले गृह मन्त्रालय पनि सवारी दुर्घटनामा तानिने भएकाले आफूले सम्बद्ध पक्षलाई त्यसो हुन नदिन सचेत गराउनु परेको पनि स्पष्ट पारे।  सवारी दुर्घटना हुन नदिनका लागि हरेकले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसका लागि यातायात व्यवस्था परिषद्को फोकल प्वाइन्ट रूपमा…

Read More

झापा । तीर्थयात्रीहरुको टोली लिएर भारतको मथुरा गएका झापा बिर्तामोडका एक व्यक्तिको सवारी दुर्घटनामा मृत्यु भएको छ। उनी प्रदेश नं १–४१५२ ख नं को मातृभाग्य रेखा बसका स्टाफ हुन्। करिव २६ जनाको तीर्थयात्रीको टोली लिएर धर्मेन्द्र भुजेल भदौ ४ गते चारधाम यात्राको लागि गएका थिए। भदौ १० गते राति ९ बजे भुजेल दुर्घटनामा परेको जनाइएको छ। बस बिर्तामोडको भए पनि तीर्थयात्रीहरु सुनसरी भारदहको भएको बताइएको छ। गाडी पार्किङ गर्नेक्रममा आफ्नो बसको ढोकाबाट उत्रिने बेलामा उनलाई पछाडिबाट लरीले ठक्कर दिएको बताइएको छ। दुर्घटनापछि भुजेलसंगै गएका बस मालिकलाई भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ। सो घटनापछि तीर्थयात्रीहरु अलपत्र परेको बताइएको छ। मृतकको…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’ कार्यक्रममा प्रस्तुत प्रकाश तामाङलाई नागरिकता दिन पहल गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यक्रमकी प्रस्तोता विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क गरी समस्याबारे जानकारी लिएपछि नागरिकता दिन पहल गरेका हुन् । तामाङको तत्काल आवश्यकता नागरिकता रहेको बुझेपछि प्रधानमन्त्रीले मंगलबार राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर छलफल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिए । गृहसचिवले दुई/चार दिनभित्रै तामाङलाई नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउने आश्वासन दिएका छन् । प्रधानमन्त्री ओलीले यो जानकारी तामाङलाई पठाइसकेको र नागरिकता प्राप्त गरिसकेपछि थप आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भएको उल्लेख गरेका छन् । ‘हेर्ने कथामा प्रकाश…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा १७ पदाधिकारीका लागि मंगलबार भएको निर्वाचनमा केही चर्चित नेताहरु पराजित भएका छन् । आज बिहान सकिएको मतगणनाकाे अन्तिम मतपरिणाम अनुसार महिला उपाध्यक्षमा रामकुमारी झाँक्री जयन्तीदेवी राईसँग पराजित भएकी छिन् । राईले १८९ मत पाउँदा झाँक्रीलाई ११२ मत मात्रै प्राप्त भयो । यस्तै, खुला उपाध्यक्षमा विरोध खतिवडा र डा. विजयकुमार पौडेल पराजित भए । उनीहरुले क्रमशः १२७, १०७ मत प्राप्त गरे । उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९ मत), जगन्नाथ खतिवडा (१६१) र भानुभक्त जोशी (१५६) र प्रकाश ज्वाला (१३९) विजयी भए ।

Read More

काठमाडौँ । आफैले पालनपोषण गरेको बालिकालाई करणी गरी गर्भवती बनाउने एकजना पुरुष झापाको बुद्धशान्ति ४ बाट पक्राउ परेका छन् । गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त छैनन् । तिनै ४१ वर्षका पुरुषले सानैदेखि पालेका थिए । घटनाको संवेदनशीलतालाई मध्यनजर गरी प्रहरीले पीडित र पीडकका बारेमा खुलाएको छैन । बलात्कृत नाबालिकालाई सेफ हाउसमा राखिएको र घटनामा संलग्न झड्केलो बुबालाई पक्राउ गरी आबश्यक कार्वाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरुलाई काम गर्न दबाब दिन आग्रह गरेका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरुलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित दिन निजी क्षेत्रहरुलाई आग्रह गरे । उनले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिए। उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले देश, जनता र कानूनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरुलाई राज्यले साथ…

Read More