Author: खबरमञ्च
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच ग्रिन हाउस उत्सर्जनमा कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालायमा भएको भेटवार्तामा महासचिव गुटेरसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले ग्रिनहाउस ग्यास उत्सर्जनमा भारी कटौती र कमजोरीहरू सम्बोधनसहित नेपालजस्ता पर्वतीय देशहरूको जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड दिएका थिए। गत वर्ष आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनताले देखाएको सदासयताप्रति आभार व्यक्त गर्दै महासचिव गुटेरेसले अतिकम विकसित देशलगायत विकासशील देशले कार्बन उत्सर्जन न्यूनीकरण र रोकथाममा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा…
बारा । बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ। कोल्हबी नगरपालिका २ मा करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए। स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृत अवस्थामा फेला परेको हो। हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा छ। यसअघि २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृत अवस्थामा फेला परेको थियो।
भद्रपुर (झापा) । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । नौ हजार सात सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । सो अवधिमा सबैभन्दा धेरै एक हजार छ सय ८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा रु १० लाख पाँच हजार पाँच सय राजस्व सङ्कलन भएको छ । यसैगरी एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्रयाक्टर र तीन सय छ टेम्पो कारबाहीमा परेका छन्…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक प्रवक्ताको जिम्मेवारी गणेश कार्कीलाई दिएको छ । यसअघि उक्त जिम्मेवारीमा रहेका मनिष झा पार्टी कार्यक्रमको सिलसिलामा असोज ७ गतेदेखि १४ गतेसम्म मुलुक बाहिर रहने भएकाले कार्कीलाई कार्यवाहक प्रवक्ता तोकिएको हो । कार्की पार्टीको केन्द्रीय सदस्य हुन् ।
न्युयोर्क (अमेरिका) – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो। संयुक्त राष्ट्रका महासचिव गुटेरेससंगको भेट फलदायी भएको प्रधानमन्त्री ओलीले बताएका छन्। संक्रमणकालीन न्यायदेखि जलवायु न्यायलगायत महत्वपूर्ण विषयमा छलफल भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्। राम्रो भविष्यका लागि दुई नेताबीचको साझेदारीलाई बलियो बनाउन आफू तत्पर उनले बताएका छन्।
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन्। सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको सभापति देउवाको दाबी थियो । शनिवार काभ्रेको धुलिखेलमा विपी कोइरालाको शालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताए। सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। काँग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता,…
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचन पश्चात नेकपा एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन्। शनिवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताइन् । उनले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको बताइन् । उनले छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउन आग्रह गरिन् । उनले नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको बताइन्। उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय…
बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लब झापाले झापा मिडिया कप २०८१ को आयोजना गर्ने भएको छ । प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए । उनका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् । प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार रहेको खेल संयोजक नारायण अर्यालले जानकारी…
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा युकेमा हुने विविध कार्यक्रममा सहभागी हुन उनी शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष लिङ्देनले लन्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साथै, विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसँग हुने छलफलमा सहभागी हुने कार्यक्रम रहेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ। त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए। यस वर्षको नवरात्र अर्थात् दसैँ यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ। त्यस दिन बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ। साथै असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ। त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्र विद् प्राडा देवमणी भट्टराईले बताए। यसै दिन…