Author: खबरमञ्च

बरहथवा(सर्लाही) । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमान्ले गोली हानी हत्या गरेका छन् । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् ।

Read More

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाद्वारा सञ्चालित भागिरथा बुद्धशान्ति अस्पतालले सुविधासम्पन्न नयाँ भवनबाट सेवा प्रवाह गर्न थालेको छ। गाउँपालिका कार्यालय परिसरमा सञ्चालनमा रहँदा निकै असुविधा भोगेका सेवाग्राही तथा कर्मचारीलाई नयाँ भवनबाट सेवा लिन र दिनमा सहज भएको छ। सोही नयाँ भवनको बिहीबार जग्गादाता हरि न्यौपानेले उद्घाटन गर्ने गाउँपालिका कार्यालयले जनाएको छ। १० शैयाको अस्पतालमा अहिले इमरजेन्सी सेवा उपलब्ध छ। वार्ड बनाउने काम धमाधम भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमेश चौधरीले जानकारी दिए। कस्तो बन्यो त अस्पताल? हेरौं तस्बिरहरूः

Read More

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि ५६ जिल्लामा चार दिनसम्म वर्षा हुने अनुमान गरेको छ। महाशाखाले झापालगायत जिल्लाका लागि ‘रेड अलर्ट’ जारी गरेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कारण मेघगर्जन/चट्याङसहितको वर्षा हुने अनुमान महाशाखाले गरेको हो। तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावनासमेत रहेको महाशाखाको आकलन छ। वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको भन्दै सचेतना अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। महाशाखाले…

Read More

काठमाडौं । रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले आफ्नो जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गराएको बताएका छन् । अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको प्रचार टोलीले बताएपछि उनको उक्त भनाइ आएको हो । ‘इरानबाट मेरो जीवनमा ठूलो खतरा छ, सम्पूर्ण अमेरिकी सेनाले हेरिरहेको छ र प्रतीक्षा गरिरहेको छ’, उनले आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा लेखेका छन्, ‘इरानले पहिला नै केही प्रयास गरेको थियो जुन सफल भएन तर फेरि उसले प्रयास गर्नेछ । म पहिला कहिल्यै नदेखेको जति धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु ।’ उनले आफ्नो जीवनमा भएका दुई हत्या प्रयासपछि अमेरिकी गुप्तचर सेवाको बढ्दो निगरानीलाई उल्लेख गरे…

Read More

झापा । ट्रक आगजनीमा संलग्न भएको आरोपमा दुर्गा प्रसाईंका थप ७ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई झापा कनकाईको लक्ष्मीपुर क्षेत्रबाट गएराति प्रहरीले पक्राउ गरेको हो। असोज ६ गते बिरिङ पुल र बुट्टावारीमा दुईवटा भारतीय ट्रकमा भएको आगजनीमा संलग्न भएको आशंकामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए। पक्राउ पर्नेहरुमा हल्दीवारीका विवश लिम्बू, वीरबहादुर गुरुङ, खेमराज दाहाल, बिर्तामोडका उदय लिम्बू, बुद्धशान्तिका बलिहाङ लिम्बू, अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेका बताइएको छ। तर, प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन। प्रहरीले यस अघि राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पीडीएफका झापा संयोजक…

Read More

झापा । घुससहित नियन्त्रणमा परेका झापा बुद्धशान्ति २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले वडाध्यक्ष ओलीलाई घुससहित नियन्त्रणमा लिएर मंगलबार प्रहरीलाई बुझाएका थिए। विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा वडाध्यक्ष ओलीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका थिए। प्रहरीले खबर गरेपछि अख्तियारको टोलीले घटनाबारे छानबिन थालेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए। एक जना भारतीय नागरिकलाई जमिन दिलाइदिने भन्दै ती भारतीयबाट एक लाख ६० हजार वडाध्यक्ष ओलीले घुस मागेको विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले बताएका छन्। मंगलबार…

Read More

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि बिहीबारदेखि दल दर्ता सुरु गर्ने भएको छ । आयोगले आज (बुधबार) सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

Read More

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, लुम्बिनी…

Read More

झापा । भारतबाट लागुऔषध ल्याउँदै गर्दा झापा गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार साँझ ५.३० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा झापा गाउँपालिका– ५ पन्थापाडा बस्ने ४२ वर्षीय तेहेरुदिन शेखलाई शंका लागेर चेकजाँच गर्दा उनले लगाएको हाप पाइन्टको दाहिने साइडको गोजीमा लागुऔषध फेला परेको थियो । उनको साथबाट प्लाष्टिकसहित ३२ ग्राम १६० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

झापा । वर्षासंगै परेको चट्याङ लागेर झापा दमकका एक व्यक्तिको मृत्यु भएको छ। दमक –४ घर भइ मोरङको मिक्लाजुङ– ३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउनको लागि गएका ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो। गएराति १० बजे भान्सा कोठा अगाडी उभिएको अवस्थामा चट्याङले लागेर मोते बेहोस भएर लडेका थिए। उपचारका क्रममा उनको दमक अस्पतालमा राति ११.३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More