झापा । झापाको बुद्धशान्ति गाउँपालिकाद्वारा सञ्चालित भागिरथा बुद्धशान्ति अस्पतालले सुविधासम्पन्न नयाँ भवनबाट सेवा प्रवाह गर्न थालेको छ।
गाउँपालिका कार्यालय परिसरमा सञ्चालनमा रहँदा निकै असुविधा भोगेका सेवाग्राही तथा कर्मचारीलाई नयाँ भवनबाट सेवा लिन र दिनमा सहज भएको छ।
सोही नयाँ भवनको बिहीबार जग्गादाता हरि न्यौपानेले उद्घाटन गर्ने गाउँपालिका कार्यालयले जनाएको छ।
१० शैयाको अस्पतालमा अहिले इमरजेन्सी सेवा उपलब्ध छ। वार्ड बनाउने काम धमाधम भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमेश चौधरीले जानकारी दिए।
कस्तो बन्यो त अस्पताल? हेरौं तस्बिरहरूः







Facebook Comments Box
