Author: खबरमञ्च

झापा । झापाको अर्जुनधारा ८ शनिश्चरे प्रहरी चौकी छेउमा रहेको अर्जुनधारा फिटनेसले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेती रहेका थिए। शनिवार आयोजित रक्तदान कार्यक्रममा फिटनेसका सञ्चालक गोपाल कडरिया, प्रदीप खड्का तथा फिटनेस केन्द्रमा व्यायाम गर्नेहरूले रक्तदान गरेका थिए। झापामा रगतको अभावलाई कमी हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको फिटनेस सञ्चालकद्वय कडरिया र खड्काले बताए। जीम वा फिटनेस सेन्टरहरूले झापामा रक्तदान कार्यक्रम आयोजना गरेका थिएनन्। तस्बिरहरूः

Read More

झापा । चिकित्सा शिक्षा आयोगले झापाको बीएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ। आयोगले बीएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। दुर्गा प्रसाईले सञ्चालनमा ल्याएको बीएण्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो। कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो। कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।

Read More

अमेरिका । अमेरिका नेवार समाजले दोस्रो पटक भेटघाट २०२४ कार्यक्रम ओहायोको क्लीवल्याण्डमा सेप्टेम्बर १ तारिख गणेश प्रधानको सभापतित्वमा सम्पन्न गरेको छ। कार्यक्रममा रेडियो नेपालका वरिष्ठ बांसुरी वादक सुशिल विश्वकर्मा र अन्य सहयोगीहरूले मौलिक नेवारी बांसुरीको धुनबाट समाजसेवी तथा कार्यक्रम आयोजक भूपति प्रधानले स्वागत मन्तव्यमा एक पुस्तादेखि नयाँ पुस्तासम्म यस कार्यलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरे। कार्यक्रममा नेवारी संस्कृतिको धिमी नृत्यका साथै अमेरिकाका विभिन्न राज्य र क्यानडाबाट पनि युवाहरूले अभिनय, गायन, र नृत्य प्रस्तुत गरेका थिए। नेवार समाज ग्रेटर क्लीवल्याण्डले ६५ वर्षभन्दा माथिका ७० जना जेष्ठ नागरिकहरूलाई सम्मान गरेर नेवारी समुदायका नयाँ पुस्तालाई प्रोत्साहित गरेको थियो। कार्यक्रममा अमेरिका, क्यानडा, र न्युजिल्यान्डका…

Read More

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी…

Read More

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले मनपरी शुल्क निर्धारण गरेको भन्दै प्राधिकरणसँग स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो । प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क दर प्राधिकरणबाट स्वीकृत गराई सोही बमोजिम प्राधिकरणबाट महसुल दर स्वीकृत भएको मिति उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरे पश्चात् मात्र इन्टरनेट सेवाको महसुल दर लागू गर्नु प्राधिकरणले निर्देशन दिएको छ ।

Read More

काठमाडौं । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे गठित जाँचबुझ समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा जहाज दुर्घटनाको मुख्य कारणमा जहाजको तौल सन्तुलन नमिलेको, टेकअफको गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र उडान सुरक्षा प्रणालीको कमजोरीलाई देखाइएको छ । विस्तृत परीक्षण (सि–चेक) का लागि पोखरा उडेको उक्त जहाजमा कम्पनीका प्राविधिक कर्मचारीबाहेकका यात्रु सवार रहेको विषयमा भने जाँचबुझ समितिले कुनै विषय उठान गरेको छैन । आवश्यक प्राविधिक कर्मचारीबाहेक एयर होस्टेसलाई समेत उडाउन नमिल्ने उक्त उडानमा…

Read More

काठमाडौँ । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा  मैदानमा बिहीबार भएको खेलमा कोशीले बागमती यूथ क्लबलाई २–१ गोलले हरायो ।  जितसँगै ६ अङ्क बनाएको कोशी शीर्षस्थानमा उक्लिएको छ । पहिलो खेपेको बागमतीको समान खेलबाट तीन अङ्क छ । कोशीको जितमा समीक्षा मगरले २९औँ मिनेटमा गोल गर्नुभयो । कोशीले अर्को गोल ५५औँ मिनेटमा बागमतीकी कप्तान दिव्या यस्मालीमगरबाट आत्मघाती उपहार पाएको थियो । खेलमा सुरुवाती अग्रता भने बागमतीले लिएको थियो । बागमतीका लागि २६औँ मिनेटमा विष्णुमाया बलले गर्नुभएको हेडगोल सान्त्वना बन्यो ।

Read More

काठमाडौँ । संविधान दिवसमा रिहा हुनेगरी ४ सय ९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस गरिएको छ । कारागार व्यवस्थापन विभागले कैदकट्टाबारे निर्णय गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो । असोज ३ मा रिहा हुनेगरी ४ सय ९२ जनाको कैदकट्टा गर्न सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले बताए । यसअघि गणतन्त्र दिवसको अवसरमा कैदकट्टा गर्न सिफारिस भएकाहरूको पनि निर्णय भएको छैन । जेठ १५ मा ६०१ जनालाई कैदकट्टा गर्न विभागले सिफारिस गरेको थियो । सिफारिस भएका कुल १ हजार ९३ जनाबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसबारे निर्णय भएपछि उनीहरू रिहा हुन्छन् ।…

Read More

झापा । झापाको बिर्तामोड नगरपालिकाले बिहीवार छ वटा सडक निर्माण योजना तथा एउटा सामुदायिक पर्यटन क्षेत्र निर्माणको एकसाथ शिलान्यास गरेको छ। महिलाले नेतृत्व गरेका देशभरका १३ वटा स्थानीय तहलाई नमूना शहरअन्तर्गत पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउँदा बिर्तामोड नगरपालिका पनि त्यस्मा परेको हो। बिर्तामोड नगरपालिकामा पनि महिला नेतृत्व रहेको छ। नेकपा एमालेबाट चुनावी प्रतिस्पर्धा गरेकी पवित्रा महतारा प्रसाईं बिर्तामोड नगरपालिकाकी प्रमुख हुन्। सोही बजेट बिर्तामोडका ७ वटा योजनामा खर्च हुने भएको हो। ६ वटा कालोपत्रे सडक र एउटा सामुदायिक पर्यटन क्षेत्र निर्माण हुने भएको छ। सो बजेटबाट एभरेष्ट स्कुल हुँदै हरिहर आश्रमदेखि मियावारी बिर्ताबजारसम्म १२४० मिटर, करेलावारी…

Read More

झापा । पाँचथरको हिलिहाङ गाउँपालिकामा मोटरसाइकल कुदाइरहेको अवस्थामा सडकमाथिदेखि खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोरङको सुन्दरहरैंचा नगरपालिका–११ सलकपुरका २६ वर्षीय उद्वव ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । ढकाल काबेली ए जल विद्युत आयोजनामा कार्यरत थिए । उनलाई बुधबार हिलिहाङ–१ हाङदे भन्ने स्थानमा बुधबार बिहान साढे नौ बजे मोटरसाइकल कुदाइरहेको अवस्थामा सडक माथिदेखि खसेको ढुङ्गाले लागेको थियो । ढुंगाले लाग्दा सख्त घाइते भएका ढकाललाई उपचारका लागि पाँचथर अस्पताल ल्याइ पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । डीएसपी भण्डारीका अनुसार मोटरसाइकलको पछाडि सवार काठमाडौंको मनोहरा नगरपालिका–९ घर भएका तुलसीबहादुर खड्का…

Read More