Author: खबरमञ्च
काठमाडौँ । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका…
झापा । प्रहरीले झापाको शिवसताक्षीस्थित झिलझिले बजारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ। झिलझिलेस्थित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा गएराति उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताए। प्रहरीले जुवाको खालबाट करिव ५ लाख रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्नेहरूलाई इलाका प्रहरी कार्यालय दमक लगिएको छ। पक्राउ पर्नेहरूमा झापा शिवसताक्षी नगपालिका वडा नम्बर ६ बस्ने बर्ष ५० को मिलन भण्डारी, शिवसताक्षी ९ बस्ने बस्ने बर्ष ४७ को दिपक तामाङ, शिवसताक्षी ६ बस्ने बर्ष ४२ को नविन तिम्सिना, शिवसताक्षी ९ बस्ने बर्ष ३९ को प्रकाश लिम्बु, बर्ष ३७ को भिमबहादुर भण्डारी, बर्ष ४१ को दिनेश बाराकोटी,…
काठमाडौँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको…
झापा । झापाको अर्जुनधारामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। सोमबार दिउँसो ३.५० बजे अर्जुनधारा नगरपालिका वडा नं.३का भरत कुमालको घर आँगनमा सोही वडाको जुंगेघारी बस्ने ४६ वर्षीय बिरबहादुर चौहानले धारिलो हतियारले घाँटीमा प्रहार गरी आफ्नै श्रीमती ३७ वर्षीया मुना भुजेल चौहानको हत्या गरेका हुन्। हतियार प्रहारबाट मुनाको घटनास्थलमै मृत्यु भएको छ। हतियार प्रहार गरी बिरबहादुर फरार भएका थिए। जुकेखाडी सामुदायिक वनको देवीथान होल भन्ने ठाउँमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले दिउँसो ४.५५ बजे उनलाई नियन्त्रणमा लिएको डीएसपी प्रकाश विष्टले बताए। घटनाका बेला श्रीमान श्रीमती दुवैजनाले मादक पदार्थ सेवन गरेका थिए।…
बनियानी (झापा) । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट सोमबार मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा…
मुग्लिन(चितवन) । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध…
फुुङ्लिङ(ताप्लेजुङ) । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि हुँदै गएको हो । ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ । सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताए । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फेदी क्षेत्रमा रहेका होटलमा तीर्थालुबाट बसोबास र खानाको लागि बुकिङ भइरहेको…
झापा । झापामा विगत चौबीस घण्टामा १० वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन्। चारैजनाको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो। २४ घण्टाभित्र जिल्लाभरि १० वटा दुर्घटना भएको र ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। ती दशवटा दुर्घटनामध्ये आठवटा मोटरसाइकल दुर्घटना भएका हुन् भने एक–एकवटा सिटी र ट्रयाक्टर दुर्घटना भएको कार्यालयले जनाएको छ। कमल गाउँपालिका वडा न. ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। शनिवार मध्यरातमा पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प…
झापा । झापाको मेचीनगर- ७ इँटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। आइतबार बिहान ७:३० बजेतिर मेचीनगर- ७ इँटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनमा काम गर्ने अन्दाजी वर्ष ३५ का अविशेक लिम्बु सवार प्र. ०१-१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी ४५ वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो । घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा ७:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए । उनले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए। “हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ । यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ”, अध्यक्ष कँडलेलले भने ।…