Author: खबरमञ्च

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्राधिकरणले आइतबार एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स थप पाँच वर्षका लागि नवीकरण गरेको हो। सरकारले एनसेललाई चार किस्तामा शुल्क तिर्ने सुविधा दिने निर्णय गरेको थियो। त्यसअनुसार कम्पनीले पहिलो किस्ताबापत ५ अर्ब रुपैयाँ बुझाएकाले प्राधिकरण बोर्ड बैठकको निर्णयअनुसार लाइसेन्स नवीकरण गरिएको हो। एनसेलले तिर्नुपर्ने २० अर्बमध्ये ५ अर्ब बुझाएपछि आइतबार थप पाँच वर्षका लागि लाइसेन्स नवीकरण गरिएको छ हो। बाँकी १५ अर्ब प्रत्येक वर्ष ५–५ अर्बका दरले तीन किस्तामा तिर्न सक्ने सुविधा छ। बाँकी रकममा १० प्रतिशत ब्याज दस्तुर…

Read More

झापा । अमेरिकाको मेरिल्यान्डमा एक नेपाली युवक मृत भेटिएका छन्। मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार आफ्नै कोठामा मृत फेला भेटिएका हुन्। उनको मृत्युको कारण खुलेको छैन। चितवनको भरतपुरमा गणित शिक्षकसमेत रहेका उनी सन् २०१५ मा अमेरिका पुगेका थिए। अमेरिकामा रहँदा उनले धेरै अवरोधहरू सामना गरेको तथा केही वर्ष पहिले टेक्सासमा बन्दुकधारीबाट लुटिएका थिए। सन् २०१९ उनी न्यूरोलोजिकल रोगबाट पीडित भएका थिए जसका कारण उनी ६ महिनाभन्दा बढी ओछ्यानमा सीमित रहनु परेको थियो। मृतक प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन्। यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो।

Read More

काठमाडौँ । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन हो। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् । भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउन बुवाको मुख हेर्ने र कोशेली दिने परम्परा छ । कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ । आजको दिन पिताको सम्मान, सम्झना अनि…

Read More

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौँ उपत्यकाका तीनसहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो । त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत क्याम्पस,  सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि प्रमुखको आवेदन माग गरेको हो ।

Read More

झापा । स्थानीय तहका लागि निर्वाचित दलित समुदायका महिला जनप्रतिनिधिहरूले आफ्ना कुरा तथा माग सुनुवाइ नभएको बताएका छन्। झापाको बिर्तामोडमा उत्पीडित अधिकार मञ्च नेपालद्वारा आयोजित अनुभव आदान-प्रदान कार्यक्रममा उनीहरूले स्थानीय तहको कार्यपालिका बैठकमा पनि आफूहरू भेदभावको शिकार बन्नु परेको बताएका हुन्। तीजको अवसरमा आयोजित अनुभव आदान-प्रदान कार्यक्रममार्फत दलित महिला जनप्रतिनिधिहरूले एक ठाउँमा भेला गराएर आफ्ना अनुभव तथा गुनासा राख्ने मौका पाएका थिए। झापाको अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य बिमला रोकाले दलित समुदायको हितका लागि बजेट तर्जुमालगायत अन्य लक्षित समुदायका लागि कार्यक्रम माग गर्दा उपल्लो तहमा रहेका जनप्रतिनिधिहरूले आफ्ना कुरा नसुनेको बताइन्। कनकाई नगरपालिकाका लागि निर्वाचित जनप्रतिनिधि शर्मिला बर्देवाले अघिल्लो बर्षको भन्दा…

Read More

काठमाडौँ । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय आइतबार सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरुः १. बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिब ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको छ । २. जर्मनी सरकारबाट पावर डिस्ट्रिव्युसन कार्यक्रम अन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिब १…

Read More

काठमाडौँ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका कारण रोकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । २३ साउन देखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगित भएको थियो । बैठक दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै आजै सकिने नेताहरूले जनाएका छन् । थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्ताव उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ । अर्का महामन्त्री विश्व प्रकाश शर्माले पेस गरेको एक्जिट पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी छ । १५औं महाधिवेशनको कार्यतालिका अर्को बैठकले निर्णय लिने र संविधान…

Read More

काठमाडौं । संघीय संसदका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाइ (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा…

Read More

काठमाडौँ । आजदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ । निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

Read More

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै, आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा…

Read More