Author: admin

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । पशुपति क्षेत्र लगायत देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ । काठमाडौंको पशुपतिसँगै भक्तपुरको डोलेश्वर र आशापुरेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने…

Read More

काठमाडौं ।  नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गर्न अस्वीकार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएकी छन् । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक सरकारले अघि बढाउन चाहे त्यसलाई अब फेरि संसद्‌मा पुरानै प्रक्रियाबाट अघि बढ्नुपर्छ । विधेयक फेरि प्रतिनिधिसभामा टेबुल गरेर विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नुपर्छ । त्यसपछि उक्त विधेयकमा ७२ घन्टाको संशोधन हाल्ने समय दिनुपर्छ । त्यसपछि प्रतिनिधिसभाले दफावार छलफलका लागि समितिमा पठाउन पनि सक्छ सभाबाटै टुंग्याउन पनि सक्छ । यो प्रक्रियाबाट प्रतिनिधि सभाबाट पास भएपछि उक्त विधेयक राष्ट्रियसभामा पठाइन्छ । राष्ट्रिय सभाले पनि प्रतिनिधि सभाकै जस्तो प्रक्रिया पूरा गरेपछि सन्देशसहित प्रतिनिधिसभामा आउँछ । राष्ट्रिय…

Read More

झापा । राजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्षमा अभय राजवंशी चयन भएका छन् । झापा कनकाईस्थित घैलाडुब्बाका स्थायी बासिन्दा अभय शैक्षिक व्यवसायी हुन्। त्यस्तै, समितिको उपाध्यक्षहरुमा बद्रीनारायण राजवंशी, मोहन राजवंशी, नौतली राजवंशी र लक्ष्मीकुमारी राजवंशी चयन भएका छन् । समितिको महासचिवमा राजुकुमार राजवंशी र कोषाध्यक्षमा अनिलकुमार राजवंशी चयन भएका छन्। त्यस्तै, सचिवमा संगीता राजवंशी, सुवासचन्द्र राजवंशी, बबिता राजवंशी र पूर्णलाल राजवंशी चयन भएका हुन् । समितिको सदस्यहरुमा सुपेन राजवंशी, रविन्द्र राजवंशी, नारायण राजवंशी, सुखित राजवंशी, जयप्रकाश राजवंशी, प्रमोद राजवंशी, मदनलाल राजवंशी, कल्पना राजवंशी, सावित्रा राजवंशी र मिनाकुमारी राजवंशी चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित सबै पदाधिकारीले आइतबार बिर्तामोडमा…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो उपचार गर्न पैसा नभएको बताएका छन् । राष्ट्रिय युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफनो र श्रीमतीको नाममा भएको सबै सम्पत्ति सरकारको नाममा गरिदिएकाले विरामी हुँदा उपचार गराउने खर्च समेत नभएको बताएका हुन् । उनले सांसदबाट आउने पैसाले अहिले उपचार गराइरहेको बताए । ओलीले भने,‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं । तपाईहरुलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उचपार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा रहेका नेपालीहरूलाई चुनावका बेला नेपाल आउन आग्रह गरेका छन् । ‘समसामयिक राजनीति, प्रवासको संगठन विस्तार र आसन्न निर्वाचनमा प्रवासको भूमिका’ विषयक भर्चुअल अन्तर्क्रियामा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीका पक्षमा जनमत बढाउन आग्रह गरेका थिए । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ । अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा शनिबार भएको कार्यक्रममा विदेशमा रहेकालाई नेपाल आउन आग्रह गरेका हुन् । विभिन्न २७ देशमा रहेका पार्टी आवद्ध प्रतिनिधिहरुसँग लिङ्देनले अन्तर्क्रिया गरेका थिए। अध्यक्ष लिङ्देनले भने, ‘प्रवासमा रहेका साथीहरूले पार्टीका पक्षमा जनमत बनाउन, सामाजिक सञ्जालको भरपूर सदुपयोग…

Read More

काठमाडौँ । आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।  सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मङ्गलवार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

Read More

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमाथि प्रश्न उठाउँदै संसद्मै फिर्ता पठाउने तयारी थालेकी छन् । सधैं विवादित बनिरहने नागरिकताका विषयमा गम्भीर छलफल गरेर मात्रै अगाडि बढ्ने पक्षमा राष्ट्रपति देखिएकी हुन् । नागरिकतामाथि इतिहासले छाडेको प्रश्न र वर्तमानले उब्जाएका समस्याको समाधान गरेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा राष्ट्रपति रहेको बताइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’माथि राष्ट्रपतिले छलफल गरिरहेकी छन् । तीन वर्षदेखि संघीय संसद्मा विचाराधीन नागरिकता विधेयक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको १३ दिन पुगेको छ । अब दुई दिनभित्र उनले आफ्नो निर्णयसहित विधेयक फिर्ता वा प्रमाणीकरणको निर्णय लिइसक्नुपर्ने संवैधानिक…

Read More

काठमाडौं। नेकपा माओवादी केन्द्रले २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सिटलाई आधार मानेर गठबन्धनमा सिट दाबी गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकमा सहभागी सदस्यहरुबीचको छलफलपछि माओवादीले २०७४ मा पाएको मतलाई आधारमानेर सिट दाबी गर्ने भनेको हो। सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठित कार्यदलले ४ वटा मोडालिटी बनाएको । आजको बैठकमा कार्यदलमा सहभागी नेताले त्यसबारेसमेत ब्रिफिङ गरेका थिए।

Read More

काठमाडौं । मिटरव्याजीविरुद्ध भदौ ५ गतेभित्र उजुरी दिन सरकारले पीडितहरूलाई आग्रह गरेको छ । गृह मन्त्रालयले मिटरब्याजी पीडितहरुसँग उजुरी दर्ता गर्न आह्वान गरेको हो। मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै आगामी ५ भदौसम्म आफ्नो जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन आग्रह गरेको हो। सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै पीडितहरुबाट उजुरी आह्वान गरेको हो। ‘मिटरब्याजपीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित प्रशासन कार्यालयमा ५ भाद्रभित्र यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

Read More

काठमाडौं । नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका समितिहरूलाई परिपत्र गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । काँग्रेसको विधानअनुसार पार्टीले कमिटीले कम्तीमा तीनको जनाको नाम सिफारिस गर्नुपर्नेछ जसमा एक जना महिला अनिवार्य हुनुपर्छ । निर्णयहरूः

Read More