Author: admin

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मंसिरपछि आउने संसदले पनि छानबिन गर्नुपर्ने पूर्वन्यायाधीश फोरम नेपालले माग गरेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै पूर्वन्यायाधीश फोरम नेपालले चोलेन्द्रमाथिको अभियोग फौजदारी प्रकृतिको भएकोले हतारमा प्रतिवेदन नबुझाउन सुझाव दिएको छ। अहिलेको संसदले चोलेन्द्रमाथिको अभियोग छानविन गर्न नभ्याए मंसिरपछि बन्ने संसदले स्वामित्व ग्रहण गरी अन्तिम निष्कर्षमा पुर्‍याउनुपर्ने फोरमको भनाइ छ। ‘नेपालको संविधानको धारा १०१ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीश उपर प्रारम्भ भएको महाभियोगको कारवाही फौजदारी अभियोगका बिषयबस्तु भएको र निजको बयानबाट निज उपरको कतिपय अभियोगमा सावित भई कसुर प्रमाणित भइरहेको छ,’ फोरमको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १०१ को उपधारा (८) को संवैधानिक व्यवस्था र…

Read More

काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’मा दलीय सहमति जुटाउन सिंहदरबारमा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ। नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा बसेको बैठक टुंगोमा नपुगि सकिएको हो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीसहित विधेयकमा सहमति जुटाउन गठित कार्यदल सदस्यहरु सहभागी थिए। कार्यदलमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् । कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा…

Read More

काठमाडौँ । सर्वोच्चका न्यायाधीशहरुले महाअभियोग सिफारिस समितिमा उपस्थित नहुने निर्णय गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा ‘पोलेका’ न्यायाधीशहरुलाई समितिले बिहीबार बिहान ८ः३० बजे सोधपुछका लागि बोलाएको थियो। सर्वोच्चले फुलकोर्ट बैठक नै बसेर न्यायाधीशहरुले उपस्थिन हुन आवश्यक नरहेको निर्णय गरेका छन्। फुलकोर्ट बैठकले महाअभियोग समितिमा उपस्थित हुनु संविधान संवत् र स्वभनिय नहुने उल्लेख गरेका छन्।

Read More

काठमाडौँ । आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई फुटाएर सिट संख्या बढाउने चाहनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रै टिकट वितरणमा खटपट हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटको समयमा माधव नेपाल समूहमा लागेर आफूलाई असहयोग गरेका १० नेतालाई सहज रुपमा टिकट नदिने संकेत गर्नुभएको छ । दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेर विवादमा आएका ओलीले आफ्नो कदमप्रति विरोध गर्दै संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालत गएका र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मतदान गरेका १० भाइलाई ओलीले चुनावी मैदानमा समेत हेर्ने नजर फरक भएको एमालेका एक नेताले बताए । ती नेताले भने– ‘कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन र माधव नेपाललाई…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मात्र सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धी व्यवस्थासहित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी थिइन् । संविधानको धारा ११३ को उपधारा २ अनुसार राष्ट्रपति भण्डारीले तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल, ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । एकै दिन पाँच विधेयक प्रमाणीकरण गर्दा पनि राष्ट्रपति भण्डारीको प्राथमिकतामा नागरिकता विधेयक परेको छैन् । संघीय संसद्ले बहुमतले पारित गरेर प्रमाणीकरणका…

Read More

काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने भएको छ ।  जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ । केही सदस्यहरुले महाअभियोग लगाउने आधार भेटिएको भन्दै पूरक प्रश्नको आवश्यकता नरहेको बताउँदै आएका छन् । विहान ९ बजे बस्ने बैठकले यस विषयमा आवश्यक निर्णय लिने बताइएको छ ।  गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट महाअभियोग सिफारिस समितिले बयान लिएको हो । पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको…

Read More

बिर्तामोड । दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसंगै बिर्तामोड बजार अनुगमनलाई तीब्र पारिएको छ । बजारमा म्याद गुज्रिएका, खान अयोग्य सामानहरू र अस्वस्थ माछा मासु  विक्री वितरण हुनसक्ने अवस्थालाई ध्यान दिंदै मंगलबार बजार अनुगमन गरिएको हो ।  बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनी लगायत विभिन्न सरोकारवाला संघ संस्थाहरुले संयुक्तरुपमा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा बिर्ताबजारमा रहेको ॐ मिष्ठान्न भन्डारमा म्याद गुज्रीएको ११ बट्टा रसगुल्ला फेला परेको थियो । अनुगमन टोलीले वडा नम्बर ३ बिर्ताबजारमै रहेको सुरमनि राजवंशीको…

Read More

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्शुसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भेटवार्ता भएको छ। मंगलबार बिहान संसद भवनमा ली नेतृत्वको संसदीय प्रतिनिधि मण्डलसँग माओवादी नेतृत्वले भेटवार्ता गरेको हो।यसअघि ली नेतृत्वको प्रतिनिधि मण्डलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको टोलीसँग भेटवार्ता गरिसकेको छ।चिनीयाँ प्रतिनिधि मण्डलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

Read More

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको हो। भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी छ। सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए।

Read More

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले आज पनि जबरासंग बयान लिने भएको छ । उनीसंग बयान लिने काम आजै सक्ने समितिको तयारी छ । समितिले जबरालाई बयानका लागि दिउँसो १ बजे बोलाएको छ। बैठक भने बिहान ११ बजे बोलाइएको छ । सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ। जबराविरुद्ध ४३ वटा उजुरी परेका छन्। ती सबै उजुरीको जवाफ समितिले लिइरहेको छ। जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बनमा छन्। समितिले आज बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ।

Read More