Author: admin
काठमाडौँ ।नेपाल-चीन सीमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार नेपाल-चीनको सीमा सिन्धुपाल्चोक भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि बुधबारका लागि तय भएको कार्यक्रममा उनी सहभागी हुने भएका छन् । झापाको मेचीनगरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मेचीनगरमा राप्रपा र एमालेले संयुक्त अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । मंगलबार गृहजिल्ला झापा आइपुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका थिए। उनलाई रुघा र ज्वरोले सताएपछि दमकस्थित घरमै आराम गरेका थिए । मंगलबार साँझ आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पनि ओली उपस्थित हुन सकेका थिएनन् ।
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महासचिव चयन भएका छन् । कपिलवस्तुमा सम्पन्न सो पार्टीको नवौं महाधिवेशनले विप्लवलाई सर्वसम्मत रुपमा महासचिव चयन गरेको हो । महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि चयन गरेको छ । साथै केन्द्रीय प्रतिनिधि समिति सदस्यहरु पनि चयन गरेको जनाइएको छ । विप्लव नेतृत्वको नेकपाको नवौं महाधिवेशन गत असोज २५ गतेदेखि कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो । महाधिवेशनमा विप्लवद्वारा प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ । विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए…
झापा । झापाको गौरादह नगरपालिका ८ मा मंगलबार साँझ आफ्नै भतिजलाई गोली हानेर काका मृत अवस्थामा फेला परेका छन् । गौरादह ८ का ३५ बर्षिय बिरन शाहले आफ्नै भतिज हेमराज शाहलाई गोली हानेका हुन् । भतिजलाई गोली हानेका बिरन घटनास्थलबाट करिब ५० मिटर टाढा आफैंले कन्चटमा गोली हानेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । काकाले हानेको गोली लागेर घाइते भएका हेमराजको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । बिरनको शवसंगै पेस्तोल र १४ राउन्ड गोली पनि बरामद भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणसँग कार्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा ओलीले सर्वसाधारणको सुझाव सुन्नका लागि प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका हुन् । ४ कार्तिकमा देशभरिका जुनसुकै नागरिकले पनि ओलीलाई फोन गरेर प्रत्यक्ष सुझाव दिन सक्ने उनको सचिवालयले जनाएको छ । कुराकानी गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको ईनबक्समा पठाउनुपर्ने छ । सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफै फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुक मार्फत दिएका छन् । कुराकानीका लागि ४ गते अपराह्नको समय छुट्याइएको छ ।
काठमाडौं । सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनलाई लिएर संयुक्त अपिल जारी गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संयुक्त हस्ताक्षर गरेर भोट मागेका हुन् । गठबन्धनमा रहेका लोसपा र राष्ट्रिय जनमोर्चाले भने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छैनन् । अपिलमा भनिएको छ, ‘गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति आम नेपाली जनताको समर्थन र सहयोग रहँदै आएको कुरा यहाँ महत्वकासाथ स्मरण गर्नु आवश्यकता छ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गदै जनताको संघर्ष र बलिदानको परिणामस्वरुप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् । ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन गर्दा आफूहरुले धोका पाएको बताएका हुन् । उनले भने, ‘मंसिर ४ को निर्वाचनमा दुईवटा विचार, दुईवटा प्रवृत्ति र दुईवटा गठबन्धन आमनेसामने छन् । यो दुई गठबन्धनको उद्देश्य के छ र किन प्रतिस्पर्धा गर्दैछन् भन्नेर गम्भीरतापूर्वक बुझ्नुपर्छ । जनतालाई सच्चा गठबन्धनको पक्षमा ल्याउनुपर्छ ।’ १२बुँदे समझदारी गर्दा नेपालमा संविधान सम्भव छैन भन्ने नेताहरुसमेत रहेको उनको भनाइ छ । ‘गणतन्त्र ल्याउनु र गोरुगाढा चढेर अमेरिका जानु एउटै हो भन्ने नेताहरु…
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा आउन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् । ओलीले सामजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ को चुनौती दिएका हुन् । ओलीले यसका लागि आफू तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत धेरैले एजेण्डा आधारित बहसका लागि सुझाव दिएको भन्दै ओलीले देउवालाई तयार होरहोइन भनी सोधेका छन् । ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकाँका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ’, ओलीले लेखेका छन्, ‘निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट…
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो । फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरेर भोट मागी चुनावी प्रचारप्रसार गरेको’ स्पष्टीकरणमा उल्लेख गरिएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले यही कात्तिक १७ गतेअघि उम्मेदवारले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ । सत्ता गठबन्धनका उम्मेदवारहरूले कात्तिक ४ गतेदेखि ७ गतेसम्म सातै प्रदेशमा संयुक्त सभा गर्ने तालिका प्रकाशित गरेकोलाई मध्यनजर गर्दै आयोगले सो चेतावनी दिएको छ । उम्मेदवार मनोनयनसँगै कतिपय राजनीतिक दल र उम्मेदवारहरू खुला रूपमा चुनाव प्रचारप्रसार गर्न थालेको उजुरीको आधारमा आयोगले सो चेतावनी दिएको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको १९ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा र आमसभा गर्न निषेध गरेको छ । आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभामा गरिए आचारसंहिताको उल्लंघन हुनेछ । त्यस्ता उम्मेदवाहरूको मनोनयन खारेज गर्ने कठोर निर्णय…