Author: admin
काठमाडौं । अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वसभर मनाइँदैछ। नेपालमा भने सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार : स्वस्थ र सभ्य जीवनको आधार’ नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि विश्व हात धुने दिवस मनाउन सुरु गरिएको हो। हात धुने दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन्। ‘हातको स्वच्छता स्वास्थ्यको दृष्टिलेअत्यन्तै महत्त्वपूर्ण छ। हात सफा नभएका कारणले नै अनेक संक्रमण भई विश्वभर कैयौँ मानिसले जीवन गुमाउनु परेको तथ्याङ्क पाइन्छ’, उनको शुभकामना सन्देशमा उल्लेख छ’, ‘तीनै तहका सरकार, विभिन्न सामाजिक संघसंस्थाका साथै निजी क्षेत्रले सञ्चालन गर्दै आएका…
काठमाडाैँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
काठमाडौं। नेपाली कांग्रेसले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेर स्थिर सरकार बनाउने विषयलाई आफ्नो घोषणापत्रमा अघि सार्ने भएको छ। आज बसेको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी दिँदै सह महामन्त्री जीवन परियारले घोषणापत्र तयार पार्ने कामलाई तीव्रता दिएको बताएका हुन्। महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय घोषणापत्र मस्यौदा समितिले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति बनाएर काम गरिरहेको बताए। कांग्रेसले आफ्नो घोषणापत्रमार्फत स्वरोजगारी, नवीनतासँगै राजनीतिक स्थिरताका पक्षमा प्रभाव पार्ने विषय अगाडि बढाउने भएको छ। ०४८ सालबाट कांग्रेसले सुरु गरेको महत्त्वपूर्ण विषयलाई पनि समेट्ने परियारले बताए।
काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्को सो निर्णय राजपत्रमा शुक्रबार नै प्रकाशित भएको छ ।
बिराटनगर । विराटनगर बसपार्कको एक होटेलमा १८ वर्षीय युवकको हत्या भएको छ । हत्या हुनेमा सिरहा गोलबजार घर भएका अंशु सदा रहेका छन् ।सदालाई अपहरण गरेर विराटनगरको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ । अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । सामान्य किसान परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन् । उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ । उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङभित्र…
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुनेछ ।
काठमाडौँ । नेपाल फेरि पनि अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको छ । सरकारले समयमा नै ऐन संशोधन गर्न नसक्दा नेपाल वित्तिय कारबाही कार्यदल (एफएटीएफ) को कालोसूचीमा पर्ने जोखिम बढेको हो । गत असारमा सुरु भएको नेपालको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मूल्यांकन प्रतिवेदन तयार गर्न एफएटीएफ अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी) को टोली काठमाडौंमा छ । टोलीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गत सम्पत्ति शुद्धीकरण हेर्ने निकायसँग छलफल समेत गरेको छ । सरकारले एपीजीको मूल्यांकनभन्दा अगाडी नै सम्पत्ति शुद्धिकरण निवारण ऐन अध्यादेशमार्फत भए पनि संशोधन गर्न नसके अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धिकरणको कालोसूचीमा पर्ने भएको हो । कारोबार दैनिकमा खबर छ ।
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद आज शुक्रबार अपरान्ह पोखरा रंगशालामा उद्घाटन हुँदैछ । अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राखेप सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उद्घाट्नको सबै तयारी पूरा भएको जानकारी दिंदै महासंग्राममा ४ सय ४ स्वर्ण पदकका लागि ६ हजार बढी खेलाडीले प्रतिष्पर्धा गर्ने जानकारी दिए । ७ प्रदेश, ३ विभागीय टिम र एनआरएनए गरी ११ टोलीका व्यक्तिगत र समूहगत खेलका गरि ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । राखेपले कास्की पोखरा बाहेक गण्डकी प्रदेशका अन्य सात जिल्लामा…
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ४६ पैसा र बिक्री दर १३२ रुपैयाँ ०६ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ७७ पैसा र बिक्री दर १२८ रुपैयाँ ३५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ४५ पैसा र बिक्री दर १४७ रुपैयाँ १२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्। देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त गरेका छन् । उनीहरुको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालेका छन् ।