Author: admin

काठमाडौं । संसदीय निर्वाचन नजिकिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक कदम चाल्न लागेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्ने भएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार चुनावमा सातै प्रदेशको सुरक्षा अवस्था  तथा त्यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गरिएको हो । सोहीअनुसार आज आइतबार बागमती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठक बस्दैछ । बाँकी ६ वटा प्रदेशमा भने तिहारलगत्तै बैठक आयोजना हुने गृहले जनाएको छ । गृहमन्त्रीको प्रमुख आतिथ्यतामा तथा गृहसचिवको अध्यक्षता रहने प्रदेशस्तरीय सुरक्षा बैठकमा  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री,…

Read More

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ । नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानविन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले परिपत्र गरेको हो। प्राधिकरणले बुधवार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानविन समिति गठन गरेको थियो । समितिले शुक्रवार पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न सकिने सहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको हो। सोही प्रतिवेदनको आधारमा प्राधिकरणले सेवा सुचारु गर्न पाँच शर्त कार्यान्वयन गरेर उडान सुचारु गर्न मातहतका कार्यालयमा पत्राचार भएको प्राधिकरणका प्रवक्ता…

Read More

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी(सीसीपी)को सम्मेलनले चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी चिनफिङलाई निर्वाचित गरेको छ । सम्मेलनले अनुमोदन गरेसँगै चीनका सर्वोच्च नेता (प्यारामाउन्ट लिडर) सी चिनफिङले कम्युनिस्ट पार्टीको महासचिवका रूपमा अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेका छन् । तर, पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका छन् । एक सातासम्म चलेको सीपीसीको महाधिवेशन शनिबार समापनपछि सरकारी समाचार संस्था सिन्ह्वाले नयाँ केन्द्रीय समितिका नेताहरूको नाम सार्वजनिक गरेको छ । २०२३ मार्चमा उनको कार्यकाल सकिँदै छ । ६९ बर्से सी फेरि राष्ट्रपति भएसँगै संस्थापक नेता माओत्से तुङपछिका सबैभन्दा शक्तिशाली नेता बनेका छन् । उनी…

Read More

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट २ हजार ४ सय १२ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर सोही संख्यामा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार नेकपा एमालेले १ सय ४१, नेपाली कांग्रेसले ९१, नेकपा माओवादी केन्द्रले ४६, नेकपा एकीकृत समाजवादीले २१, जनता समाजवादी पार्टीले ७९ क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् । आयोगको तथ्यांक अनुसार सबै भन्दा बढी ठाउँमा एमालेले उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै, राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सय ४० ठाउँमा आफ्नो उम्मेदवारी दर्ता…

Read More

काठमाडौं । काठमाडौं उपत्यकामा तिहारको बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । राति ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । बैठकले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोधसमेत गरेको छ । उपत्यकामा पटाका लगायतका प्रज्वलनशील वस्तु पड्काउन निषेध गरिएको छ । आतिसबाजी गर्न र पटाका नपड्काउन सबैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए । आतिसबाजी नगर्न र…

Read More

काठमाडाैं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेकाे छ । साथै बाँकी भू-भागमा भने मौसम सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। शनिबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने हल्का वर्षाको समेत सम्भावना रहेको छ। शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने भएकाे महाशाखाले…

Read More

विराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसहिंता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दैमा तरंग मच्याउने प्रवितृत्ति आयोगका लागि चुनौतीको विषय रहेको बताएका छन्। विराटनगरमा शुक्रबार प्रदेश स्तरीय संचारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन्। स्पष्टीकरण कारबाही नभएर प्रकृयाको सुरूवात मात्रै भएको बताउँदै उनले प्रदेश स्तरीय अन्तरक्रियामा संचार माध्यमलाई राजनीतिक दलका घोषणापत्रबारे पनि बहस चलाइदिन आग्रह गरे। उनले निर्वाचनको स्वच्छताले मात्रै लोकतन्त्र सबल हुने बताए। मतदाता परिचयपत्र नभए पनि मतदानबाट बन्चित नगरिने जनकारी दिँदै उनले भने,‘लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र वा आधिकारिक निकायबाट जारी फोटो सहितको परिचय पत्र भए पनि हुन्छ।’

Read More

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोन संवाद गर्दैछन् । उनीसँग टेलिफोनमा कुरा गर्न लाखौँले नम्बर टिपाएका छन् । बुधबार अपराह्नसम्म एक लाख १३ हजार ४७७ जनाले नाम र नम्बर टिपाएकोमा बिहीबारसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएका ओलीको सचिवालयले जनाएको छ । “मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,” ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि…

Read More

काठमाडौं । सत्ता गठबन्धनले आजदेखि संयुक्तरूपमा चुनावी अभियान सुरू गर्दैछ । असोज २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णयअनुसार शुक्रबारबाट सातवटै प्रदेशमा गठबन्धन दलको संयुक्त कार्यकर्ता भेला आयोजना गरिने भएको हो । जसअन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले आज पोखरामा संयुक्त कार्यकर्ता भेलामा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत कार्यक्रममा सहभागी हुने बताइएको छ । कांग्रेस गण्डकीका नेता प्रकाश बरालका अनुसार प्रशिक्षण पोखरा सभागृहमा बिहान ११ बजेबाट तय गरिएको छ । देउवा र नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । आजै…

Read More

काठमाडौं। आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गृह मन्त्रालय पूर्वसुरक्षा तयारीमा जुटेको छ । विगतका निर्वाचनमा जस्तो चुनाव विरोधी गतिविधि कमजोर बन्दै गएको भए पनि प्रतिस्पर्धी राजनीतिक दलबीच हुन सक्ने विवाद र झडपले सुरक्षामा चुनौती बन्न सक्ने आकलन गरिएको छ । गृह मन्त्रालयले चारवटै सुरक्षा निकायलाई सोहीअनुसारको पूर्वतयारी तथा सतर्कता अपनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षामा कुनै कसर बाँकी नराखी सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी पूर्वतयारी अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको बताए । उनले चुनावमा प्रतिस्पर्धा गरेका…

Read More