Author: admin

दसैं आयो, खाउला पिउला… भनेर बालबालिका बढी रमाउने गर्छन । दसैंमा विभिन्न किसिमका परिकारहरू घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृतिमा आफ्नै प्रचलन छ । तिहारमा सेलरोटी, संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, साउन १५ मा खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ । यसैगरी दसैंमा विभिन्न परिकार पकाइए पनि मासुलाई मुख्य मानिन्छ । वा भनौ दसैंलाई मासुको पर्व पनि भन्ने गरिन्छ । मासु नखाए त के दसैं भनेर भन्ने गरेको पनि सुनिन्छ, तर दसैंमा साकाहार भोजनको पनि आफ्नै महत्व छ । शाकाहारीहरूले मिठो खाएर दसैं मनाउने गरेका छन् । दसैंमा शाकाहारी परिकारमा पनिर, मसरुम,…

Read More

झापा । काठमाडौंबाट झापा आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको गौरीगञ्जतर्फ आउदै गरेको यात्रुवाहक बस दुर्घटना भएको हो । ना ७ ख २०३२ नम्बरको भावना डिलक्स बस हेटौडा उपमहानगरपालिका वार्ड नं। १५ चुरियामाईमा आइतबार राती करिब १२:३० बजे दुर्घटना हुँदा दमक ५ का ६० बर्षिय डिल्लीबहादुर दर्जी र बेलबारी ८ की ५१ बर्षिया कल्पना राजवंशीको मृत्यु भएको हो । अन्य ३६ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको हेटौटा अस्पतालमा उपचार भइरहेको छ भने अरू सामान्य उपचारपछि घर फर्किएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको…

Read More

नवरात्रको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ ।  श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।। महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ । महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ । महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ…

Read More

झापा । झापाका एक पुरुषले आफ्नै आमा र काकाको हत्या गरेका छन् । कमल गाउँपालिका २ मिलन चोकका २० बर्षिय चन्द्र माझीले आफ्ना आमा ५० बर्षिय चन्द्रकला माझी र काका ५० बर्षिय सन्तबहादुर माझीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले शनिवार बेला अन्दाजी साँढे १० बजेको समयमा खुकुरी प्रहार गरि उनकै आमा र काकाको हत्या गरेको प्रहरीले जनाएको छ । आमा र काकाको हत्या गर्ने माझीलाई खुकुरीसहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा । नेपाली सेनाको २१ नम्बर बाहिनीको विशेष पहलमा शनिवार झापामा साइकल र्यालीको आयोजना गरिएको छ । नेपालकै होचो स्थान कचनकवलको स्तम्भबाट साइकल र्याली शुरु भएको थियो । र्यालीनेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीमा सम्पन्न भएको हो । साइकल र्यालीले ५३ किलोमिटरको दुरी पार गरेको थियो । कचनकवलबाट शुरु भएको र्यालीबनियानी हुँदै भद्रपुर, बिर्तामोड, अर्जुनधारा धाम, सालबारी, कालिझोडाबाट चारआली ब्यारेक पुगेको थियो । दसैंको अवसर पारेर साइकल र्यालीआयोजना गरिएको नेपाली सेनाले जनाएको छ । समापन कार्यक्रममा साइकल र्यालीमा सहभागीहरूलाई कदर पत्रले सम्मान गरिएको एक सहभागी खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेलले जानकारी दिए । र्यालीनेपाली सेनाको २१ नम्बर बाहिनीका…

Read More

झापा । प्रतिनिधिसभा एवम प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । झापाका ५ वटा निर्वाचन क्षेत्रका लागि असोज १५ देखि २० गतेसम्ममा कार्यालय स्थापना गरिसक्ने जिल्ला निर्वाचन कार्यलय झापाले जनाएको छ । सबभन्दा पहिला मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । राजनीतिक दल र पत्रकारहरुको उपस्थितिमा झापा जिल्ला समन्वय प्रमुख विश्वनाथ वरालले ब्यानर पढेर कार्यलयको उदघाटन गरे । सहजरुपमा निर्वाचन गराउन नगरपालिकाहरुसँग सहजीकरण गरेर झापाका लागि निर्वाचन क्षेत्र केन्द्रित कार्यलयको स्थापना गरिएको सहायक निर्वाचन अधिकृत बिरेन्द्र वस्नेतले बताए । २० गतेसम्म सम्पूर्ण तोकिएको क्षेत्रका लागि कार्यालय स्थापना गरि २२ गते सर्वदलीय बैठक बोलाइएको…

Read More

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा परिणत भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्ग्रहालय उद्घाटन गरेका हुन् । करिब एक रोपनी जग्गासहितको चार तले घर निर्माण गरी प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको प्रतिष्ठानले जनाएको छ । संग्रहालय निर्माण लागत रु सात करोड ११ लाख लागेको प्रतिष्ठानले जानकारी दिए । सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायतमा सामाग्री राखिएको छ भने देवकोटाको शालिक पनि राखिएको छ । सङ्ग्रहालय २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ…

Read More

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ । पाँच दलिय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन् । धनुषामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले जसपा गठबन्धनबिना चुनाव लड्न सक्षम रहेको धारणा राखेका थिए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Read More

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल ग्लोबल युथ आइकन-२०२२ बाट सम्मानित भएकी छन् । मलेसियाको क्वाललम्पुरमा आज भएको एक समारोहमा बरालले उक्त सम्मान प्राप्त गरेकी हुन् ।

Read More

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि सञ्चालनमा ल्याएको प्रेस अफिसले सञ्चार माध्यमको नियमन नगर्ने प्रष्टीकरण दिएको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी सञ्चार माध्यम एवं सामाजिक सञ्जालमाथि अनुगमन गर्ने र कारबही गर्ने प्रक्रियामा संलग्न नहुने बताएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक व्यवस्थामा सञ्चार माध्यमको अनुगमन तिनका पाठक, स्रोता र दर्शकले मात्र गर्नुपर्छ र गर्नेछन् भन्ने मान्यतामा आयोग विश्वास राख्छ । त्यसैले आयोग सञ्चार माध्यम एवं सामाजिक सञ्जालमाथि अनुगमन गर्ने र कारबाही गर्ने प्रक्रियामा संलग्न हुने छैन ।’ आयोगले आन्तरिक प्रयोजनका लागि आयोगले जारी गरेका सूचना सञ्चार माध्यम र सामाजिक सञ्जालमा कुन रुपबाट प्रस्तुत…

Read More