Author: admin
काठमाडौं । काठमाडौं महानगरले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामाग्री हटाएको छ । शुक्रबार महानगरको टोलीले डोजर लिएर बानेश्वर क्षेत्रको सडकमा राखिएका बालुवा, गिट्टी लगायतका निर्माण सामाग्री हटाएको हो । सडकमा निर्माण सामाग्री नराख्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि सामाग्री हटाएर जफत गरिएको महानगरले जनाएको छ । सडक छेउमा निर्माण सामाग्री राख्दा ढल नै अवरुद्ध हुने गरेको देखिएको छ । निर्माण गर्न लागिएका घरका लागि निर्माण सामाग्री सडकमा राख्दा यातायात सञ्चालन तथा फुटपाथमा हिडडुल गर्न कठिनाई भएकाले महानगरले कारवाही गर्न थालेको हो ।
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । शुक्रबार नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी गर्नुपर्ने भन्दै निगममा धर्ना दिएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नघटाउने तर बढ्दा मात्र बढाउने गरेको भन्दै उनीहरुले विरोध गरेका छन् । उनीहरुले मूल्यवृद्धि खारेज गर, बढ्दो महँगी नियन्त्रण गर लगायतका नारा लगाएका छन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले जनताको ढाड सेकिने गरि मूल्यबृद्धि गरेको र संघर्षमा उत्रनुपरेको बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमा पर्ने असरबारे सरकार मौन रहेको उनले आरोप लगाए । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट…
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चितवन क्षेत्र नम्बर–३ बाट नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।शुक्रबार सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको बताए । “मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर–३ । म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु” उनले भने ।कर्णाली प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि प्रचण्डसहितका माओवादी नेता त्यता गएका हुन् ।
काठमाडौं । राप्रपा नेपालले भदौ २१ गतेभित्र उम्मेदवार सिफारिस गर्न जिल्ला समितिहरूलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्बाचनको निमित्त भदाै २१ गते भित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरि केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको हो । बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ । साथै महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेचीऔमहाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ । कार्यक्रम अनुसार मेचीको काँकरभिट्टाबाट भदाै ३० गते बिहीबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा…
काठमाडौं । सत्ता गठबन्धनमा आगामी चुनावको सीट बाँडफाँड पेचिलो बन्दै गएको छ । बिहीबार ११ घण्टासम्म चलेको छलफल पनि कुनै निष्कर्षमा पुग्न सकेन । एक सय सिटबाट तल नझर्ने अडानमा रहेको नेपाली कांग्रेस ९० सीटमा चित्त बुझाउन तयार हुँदा पनि बामपन्थी पार्टीहरुले अडान नछाडेपछि निष्कर्षमा पुग्न नसकेको बुझिएको छ । बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मानजनक र न्यायोचित ढंगले बाँडफाँड गर्ने कोशिस भइरहेको भन्दै दुई तीन दिनभित्र एउटा निष्कर्षमा पुगिने दाबी गरे। कार्कीले सिट संख्याको बारेमा भने केही बताएनन् । बैठकमा सहभागी कांग्रेस नेताहरुका अनुसार कांग्रेसले ९० सिटलाई बटमलाइन भनेको छ । तर माओवादी, एकीकृत समाजवादीलगायत दल भने कांग्रेसलाई ८५ सिट…
काठमाडौं । जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ। उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्। उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए।
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालमा डिजेल र पेट्रोलको नयाँ मूल्य बढाएर पठाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर आएको हो । यद्यपि खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन । यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन । नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्न सक्ने बताइएको छ ।
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटामात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् । यस्तै डडेल्धुरा ‘क’ बाट कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँद र ‘ख’ बाट सुदूरपश्चिम सरकारका समाजिक विकासमन्त्री गोविन्दराज बोहरा सिफारिस भएका छन् ।
झापा । प्रतिनिधि सभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ बाट उम्मेदवारमा नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । शर्मा बाहेक कसैको पनि उम्मेदवारका लागि निवेदन नपरेको हुनाले उनको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताए । मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै निवेदन परेको बुढाथोकीले जानकारी दिए । शर्मा झापा १ बाट २०७० र २०७४ मा पनि प्रतिनिधि सभाको निर्वाचन लडेका थिए । २०७० सालमा एमालेका रविन कोइराला…
झापा । अहिले देशभर बर्षा भइरहेको छ । हाल देशभरको मौसममा सामान्यदेखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।