Author: admin
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद, मन्त्रीसहितका पद गुमाएका लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता कायम रहेको प्रमाणपत्र लिएपछि उनलाई फेरि पुरानै मन्त्रालय दिएर सरकारमा फर्काउन सत्ता साझेदार दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री दाहालमाथि दबाब बढाइरहेका छन् । संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेकेर एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामिछानेलाई पुरानै जिम्मेवारी उपप्रधान तथा गृहमन्त्रीमा फर्काउनुपर्ने पक्षमा उभिएका छन् ।…
काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँने तयारीमा छिन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल श्रीलङ्का जान लागेकी हुन्। आउँदो शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । पौड्याल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले बताए ।
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए । आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो । कार्यविभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।
काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। उनले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उल्लेख गरे । जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक आएका छन् । अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बङ्गलादेशबाट दुई हजार चार सय ६८ पर्यटक…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने माग गरेका छन् । लामिछानेले गरेको निर्णयहरू अवैध हुने भएकाले तत्काल पार्टी खारेज गर्न उनको माग छ ।
काठमाडौं । नेपाल आयल निगमका अनुसार भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगमले जनाएको छ । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ । आईओसीले एलपी ग्याँसको मूल्य भने बढाएको छैन । भारतबाट नयाँ मूल्य आए पनि नेपालमा उपभोक्ता मूल्य तोक्नेबारे निगम बोर्ड बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । काँग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको हो । आगामी माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्ने भएकोले काँग्रेसले राष्ट्रियसभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने भएको छ । काँग्रेसले उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा भोलि बस्ने बैठकले टुंगो लगाउने बताइएको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका साँसदहरुले नेपालमा गणतन्त्र खारेज गरेर राजसंस्था र हिन्दुराज्य पुनःस्थापना गरेरै छाड्ने भन्दै आफूहरुलाई नहेप्न गणतन्त्रवादी साँसदहरुलाई चेतावनी दिएका छन् । राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर रघुजी पन्त र शक्ति बस्नेतले आलोचना गरेपछि त्यसको प्रतिवादमा राप्रपाका ज्ञानेन्द्र शाही र डा. धवलशम्शेर राणा प्रस्तुत भएका हुन् । उनीहरुले राप्रपालाई सानो पार्टी छ भनेर नहेप्न चेतावनी दिँदै आफूहरु सानो भए पनि जनताको मनमा भिजेको र गणतन्त्र र धर्मनिरपेक्षता खारेज गरेरै छोड्ने प्रतिवद्धता जनाए । संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे मन्त्रीहरुले बोलेको विषयलाई लिएर संसदमा राप्रपाका साँसद र एमाले तथा माओवादी केन्द्रका साँसदबीच जुहारी चलेको हो । दुवै पक्ष एकले…
काठमाडौं । सांसद गगनकुमार थापाले साना किसानको समस्या सम्बोधन गर्न सरकार मौन रहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले साना किसानहरूलाई बैंकले अठ्याउँदा पनि सरकार टुलुटुलु हेरेर बसेको बताए। थापाले भने, ‘सयौंको संख्यामा साना किसान कृषि मन्त्रालय पुगेका छन्। सानासाना किसानले बैंकबाट ऋण ल्याए। सरकारकै निर्णयबाट वर्डफ्लुले कुखुरा नष्ट भयो। नियमअनुसार उनीहरूले ५८ करोड क्षतिपुर्ति दिनुपर्ने अहिलेसम्म दिएको छैन।’ सरकारले पीडितलाई पैसा दिन्छु भन्दै आए पनि झुलाउने गरेको बताए। उनले भने, ‘सरकार दिन्न भन्दैन, सरकार झुलाउँछ । बैंकले उनीहरूलाई अठ्याउँछ। बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगर्दा सम्म कुर्ने हो ? यस्तो निर्णय नहोस…
काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत डि आर थम्पसनले उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयमा आज बुधबार भएको भेटमा उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो । भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रशारण र व्यापार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहोग रहने विश्वास व्यक्त गरे। उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताए।