Author: admin

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ ।  मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग गरेका हुन् ।  वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताए। गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमानदार…

Read More

काठमाडौं । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व गर्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी एमाले सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न गरेको’ प्रस्तावपश्चात् ओलीनिकट नेता महासेठले गरेको ‘प्रचण्डसँगको भेटलाई अर्थपूर्ण’ रूपमा लिइएको छ । सत्तारूढ गठबन्धनको बालुवाटारमा सोमबार नै बसेको बैठकमा ‘निर्वाचन…

Read More

काठमाडौँ । नेपाल प्रहरीको कायम ३० वर्षे सेवा अवधिलाई हटाउँदै वर्तमान आइजिपी धिरजप्रताप सिंहको कार्यकाललाई निरन्तरता दिने तयारी गरिएको छ । ३० वर्षे सेवा अवधिका कारण नियुक्त भएको एक वर्षमै घर जानुपर्ने र राज्यलाई आर्थिक भार पर्ने भएपछि उमेर हद वा पदावधि कायम गर्न नियमावली संशोधन गरी आइजिपी सिंहलाई निरन्तरता दिने तयारीमा सरकार लागेको हो । नयाँ सरकार पनि गठबन्धनकै बन्ने भएकाले प्रहरी नियमावली संशोधन गर्न लागिएको हो । गृह मन्त्रालयले नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउन नियमावली संशोधन गर्न कानुन मन्त्रालय पठाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै प्रहरी नियमावली संशोधनका लागि कानुन मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएपछि सेवा…

Read More

काठमाडौँ । नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । “जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उनले भने । टेलिकमले अहिले देशका विभिन्न चार स्थानमा आन्तरिक रूपमा फाइभजी परीक्षण गरिरहेको छ । तोकिएका ती ठाउँमा खासगरी उपकरण परीक्षणको काम भइरहेको अधिकारीले जानकारी दिए । मोबाइल प्रविधिको पछिल्लो प्रचलित पुस्ताका रूपमा रहेको फाइभजीको प्रयोग नेपालमा पनि अवलम्बन गर्ने उद्देश्यसहित सरकारले नेपाल टेलिकमलाई परीक्षणको सुविधा दिएको थियो । सरकारको सोही निर्णयअनुसार नियामक…

Read More

काठमाडौं । मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।  उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै निवास कोटेश्वरमा स्वागत गर्दै पार्टीमा प्रवेश गराए। मनाङे मनाङ प्रदेश ख बाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित सांसद पनि हुन्। मनाङे मनाङ–१ (ख) बाट विजयी भएका थिए। उनलाई नेपाली कांग्रेस र नेकपा एमालेसहितले समर्थन गरेका थिए।

Read More

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमति भएको छ । सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो । बैठकले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरिएको र आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालिएको उनले बताए । त्यसैगरी, सोमबार सत्ता गठबन्धनको शीर्षस्थ नेताको संयुक्त बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले यो गठबन्धनलाई निरन्तरता दिन जरुरी ठानेको निर्णय गरेको छ । शीर्षस्थ…

Read More

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरू भएको छ । बैठक दिउँसो ३ बजे बस्‍ने भनिए पनि एक घण्टा ढिलोगरी सुरू भएको हो । बैठकमा सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता राम्रचन्द्र पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्ण सिटौला, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र महासचिव बेदुराम भुसाल, माओवादी केन्द्रका महासचिव देव गुरूङ र नारायणकाजी श्रेष्ठ लगातयत उपस्थित छन् । बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने बताइएको छ ।

Read More

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले अनुमति नलिएका विधामा विद्यार्थी भर्ना गर्न लागेको भन्दै केही शैक्षिक संस्थाहरूलाई कारबाहीको चेतावनी दिएको छ ।  आयोगले आइतबार सूचना जारी गर्दै केही शैक्षिक संस्थाले आयोगबाट अनुमति नलिएका विधामा भर्ना आह्वान गरेको पाइएको भन्दै यस्तो चेतावनी दिएको हो । 

Read More

काठमाडौँ । माधव नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो ।  अघिल्लो प्रतिनिधिसभामा सांसद रहेका माधवकुमार नेपालसहित १४ सांसदको पद बहाल रहने कि नरहने भन्नेसम्बन्धी विवादमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । आफूले कारबाही गरी पार्टी र सांसद पदबाट बर्खास्त गरिसकेका व्यक्तिलाई संसद सचिवालय र सभामुख अग्निप्रसाद सापकोटाले अर्को पार्टीको नामबाट सांसद पदको मान्यता दिएको भन्दै एमालेले सर्वोच्चमा रिट दर्ता गराएको थियो ।  सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासमा रहेको उक्त मुद्दामा लुम्बिनी…

Read More

काठमाडौँ । प्रदेश तथा प्रतिनिधिसभामा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।यस्तै प्रदेशतर्फ १२ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना निर्वाचित भएका छन् । यस्तै कर्णाली र सुदूरपश्चिममा पनि १–१ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ मोरङ १ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरण कुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी निर्वाचित भएका छन् । यसैगरी प्रदेशतर्फ मधेस प्रदेशसभामा अनिरुद्ध कुमार सिंह,…

Read More