Author: admin
इलाम। इलाम शान्तिपुरकी सीतामाया दर्जी बुढेसकालमा नागरिकता पाउँदा हर्षित भएकि छिन् । अार्थिक अभावका कारण सदरमुकामसम्म पुगेर नागरिकता लिनबाट वञ्चित दर्जीलाई जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविर वरदान साबित भयो । “शिविर नपुगेको भए नागरिकता नपाई मरिन्थ्यो होला”, त्रियानब्बे वर्षीया दर्जीले भनिन् , “नागरिकता भएपछि वृद्धभत्ता पनि पाइने भयो ।” सहायक प्रजिअ सुजन फागोले अहिलेसम्ममै सबैभन्दा ज्येष्ठ नागरिकलाई गाउँमै पुगेर नेपाली नागरिकता प्रदान गर्दा आफूलाई खुसी लागेको बताए । जिल्ला प्रशासन कार्यालयले शान्तिपुर गाविसमा सञ्चालन गरेको तीनदिने घुम्ती शिविरमा २९२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको नासु रामप्रसाद उप्रेतीले जानकारी दिए । शिविरमा निर्वाचन कार्यालयले ३२७ जनाको तस्बिरसहितको मतदाता नामावलीका…
एजेन्सी । अमेरिकी राष्ट्रपति बराक ओबामाले ओर्लाण्डो गोलीकाण्डलाई लिएर रिपब्लिकन पार्टीका तर्फबाट भावी राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पले दिएको प्रतिक्रियाको आलोचना गरेका छन्। उनले मुसलमानहरुलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने ट्रम्पको प्रस्तावले अतिवादीहरुको प्रोपोगाण्डालाई बढावा दिने बताए। ओबामाले अमेरिकीहरुले डोनल्ड ट्रम्पले ‘भनेजस्तो अमेरिका’ नचाहेको बताए। उनले अमेरिकी मुसलमानहरुलाई फरक व्यवहार गरिए त्यसले मुलुकलाई कम सुरक्षित तुल्याउनुका साथै पश्चिमा र मुसलमान विश्वबीच दूरी बढाउने उल्लेख गरे। धर्मविरुद्ध युद्ध ओबामाले भने, “आइसिल र अलकायदा जस्ता समूह यसलाई इस्लाम र अमेरिका वा इस्लाम र पश्चिमा जगतबीचको युद्ध बनाउन चाहन्छन्। यदि हामीले सबै मुसलमानहरुलाई एउटै डालोमा राख्ने गल्ती गर्यौँ भने हामी एउटा समग्र धर्मविरुद्ध युद्धमा…
अमेरिकी राष्ट्रपति बराक ओबामाले ओर्लाण्डो गोलीकाण्डलाई लिएर रिपब्लिकन पार्टीका तर्फबाट भावी राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पले दिएको प्रतिक्रियाको आलोचना गरेका छन्। उनले मुसलमानहरुलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने ट्रम्पको प्रस्तावले अतिवादीहरुको प्रोपोगाण्डालाई बढावा दिने बताए। ओबामाले अमेरिकीहरुले डोनल्ड ट्रम्पले ‘भनेजस्तो अमेरिका’ नचाहेको बताए। उनले अमेरिकी मुसलमानहरुलाई फरक व्यवहार गरिए त्यसले मुलुकलाई कम सुरक्षित तुल्याउनुका साथै पश्चिमा र मुसलमान विश्वबीच दूरी बढाउने उल्लेख गरे। धर्मविरुद्ध युद्ध ओबामाले भने, “आइसिल र अलकायदा जस्ता समूह यसलाई इस्लाम र अमेरिका वा इस्लाम र पश्चिमा जगतबीचको युद्ध बनाउन चाहन्छन्। यदि हामीले सबै मुसलमानहरुलाई एउटै डालोमा राख्ने गल्ती गर्यौँ भने हामी एउटा समग्र धर्मविरुद्ध युद्धमा हुनेछौँ र…
काठमाण्डाैं । यो आर्थिक वर्षको बैशाखसम्म ३१ हजार जनाले विदेश पढ्न जान शिक्षा मन्त्रालयबाट अनुमति पत्र लिएका छन्। बर्सेनि यो संख्या बढ्दो छ। स्वदेशमा राजनीतिक अस्थिरता, पढाइमा अनियमितता, रोजगारी समस्याजस्ता कारण शिक्षाका लागि विदेशिने क्रम बढेको छ। २०६८÷०६९ देखि २०७२÷०७३ बैशाखसम्म ७० हभन्दा बढी मुलुकमा एक लाख १७ हजार पाँच सय ७४ विद्यार्थी मन्त्रालयबाट अनुमति पत्र लिएका छन्। विदेश अध्ययनमा एक जनाले सरदर १५ लाख खर्च गर्छन्। परामर्श दार्त संस्थाले जानकारी दिएअनुसार ती मध्ये ८० प्रतिशत प्लस टु सकाएका विद्यार्थी छन्। यसअनुसार वर्षमा २४ हजारभन्दा बढी प्लस टु सकाएका विद्यार्थी विदेशिन्छन्। प्यस टु सकाउने सरदर १ लाख २० हजारमध्ये २४…
मुगु । ग्रामीण भेगका अशिक्षित महिला मात्रै होइन जाने बुझेका महिला पनि देवीदेवताको डरले महिनावारी भएका बखत घरभित्र नबसी गोठमै बस्ने गरेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। महिनावारी भएका बेला घरभित्र बसे कुल देवताले आफूलगायत सन्तानलाई दुःख दिने भन्दै महिलाहरु परम्परागत रुपमै पाँचदेखि सात दिनसम्म गोठमा बस्ने गरेका छन्। शिक्षित र बुझेका महिलासमेत सदरमुकाममै घरभित्र बस्न मान्दैनन्। उनीहरुसमेत तीनदेखि पाँच दिनसम्म भान्सा र पानीसमेत नछोई बाहिरै बस्ने गरेका छन्। महिला हिंसाको मुख्य कारक यहाँका महिलामा रहेको छाउपडी प्रथा भएकाले यसको उन्मूलनका लागि महिला तथा बालबालिका कार्यालयले अभियान नै चलाएको छ। जिल्लाका २४ गाविसमध्ये ६ गाविसहरु कार्कीबाडा, पिना, रोवा, रुगा,…
काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार दुई महिनाअघि बढुवा भएका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कामविहीन भएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले पदस्थापन गर्न नसक्दा एआइजीहरू यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलबरसिंह थापा कामविहीन भएका हुन् – आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । सरकारको निर्देशन गृहद्वारा बेवास्ता बढुवा भएकै दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै चार एआइजीलाई पदस्थापन गर्न निर्देशन दिएको थियो । मुख्यसचिव डा. सोमलाल सुवेदीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भन्दै गृहसचिवलाई गत २६ चैतमै पत्र पठाएका थिए । उनले गृह मन्त्रालयकै प्रस्तावममोजिम मन्त्रिपरिषद्ले निर्णय गरेकाले सोअनुसार गर्न गराउन पत्राचार गरेका थिए…
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने तयारी गरेको छ। लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सकभर २ नभए ३ गते भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताए। परीक्षा सञ्चालन समितिको बैठकमा नियन्त्रक काप्रीले २ वा ३ गतेभित्र परीक्षाफल प्रकाशति गर्ने जानकारी गराएका थिए। एसएलसी परीक्षा सुरु भएको ८३ वर्षपछि यो परीक्षाफल अन्तिम हुनेछ। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ।
सार्वजनिक सेवामा योग्य, दक्ष, क्षमतावान, सिपालु र निपुण व्यक्तिको नियुक्ती हुन जरुरी हुन्छ, जसबाट मात्र सार्वजनिक सेवा प्रवाहलाई प्रभाकारी बनाउन सकिन्छ । योग्य, दक्ष, क्षमतावान, सिपालु र निपुण व्यक्तिको सार्वजनिक सेवामा नियुक्ति गर्न विकास भएको प्रणली नै योग्यता प्रणाली हो ।
काठमाण्डाैं । युरोपेली फुटबल महासंघ (युएफा)ले फ्रान्समा जारी युरोकप फुटबलका क्रममा इंल्याण्डविरूद्धको खेलमा रुसी समर्थकहरुले गरेको हिंसात्मक घटनालाई लिएर रूसी फुटबल संघलाई १ लाख ५० हजार युरो बराबरको जरिवाना गरेको छ। युएफाका अनुसार बाँकी खेलमा पनि यस्तै व्यवहार दोहोरिए प्रतियोगिताबाटै अयोग्य ठहर गर्ने चेतावनी दिएको छ गत साता फ्रान्सको मार्सेमा भएको खेलमा इंग्ल्यान्डसँग १-१ गोलको बराबरी भएपछि रुसी समर्थकहरुले रंगशालाभित्र र बाहिर उद्दन्ड व्यवहार गरेका थिए। यसैबीच युएफाले इंग्ल्यान्डका समर्थकमाथि भने कुनै कारबाही सुनाएको छैन।
झापा । प्रेम विवाह गरेका नायक भुवन केसी र नायिका सुस्मिता बोम्जनको सम्बन्ध लामो समय टिकेन । म तिमी बिना मरिहाल्छु फिल्म रिलिजपछि अन्तत यो जोडी एक अर्काबाट अलग्गै बस्न थाले । बुवाआमाको डिभोर्सपछि अनमोल भने बुवासँगै बसे । भुवनले आफ्ना छोरा अनमोललाई फिल्म उद्योगमा भित्र्याएर स्टार बनाए । अभिनेताकारुपमा होस्टेलबाट यस उद्योगमा छिरेका अनमोलले लगातार जेरी, ड्रिम्स, गाजलु जस्ता हिट फिल्म दिए । सुस्मिता भने ५ बर्षपछि निर्मात्रीकोरुपमा सिने उद्योगमा कमब्याक गरेकी छिन् । आफ्नै छोरा अनमोलको नाममा प्रोडक्सन कम्पनी खोली उनले म त तिम्रै हुँ निर्माण गरेकी छिन् । आफ्नो बुवाआमा छुट्टै बस्दा अनमोललाई नराम्रो लाग्ने उनले बताएका…