Author: admin

 झापा ।  झापाका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जन्मेदेखि एक वर्षसम्मका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका हुन् । सन् २०१७ सम्ममा नेपालका सबै बालबालिकालाई पूर्ण दिइने अभियानअन्तर्गत झापाका २० हजार बालबालिकाले पूर्ण खोप लगाइसकेको पौडेलले बताउनुभयो । झापाका अहिले शनिअर्जुन र शिवसताक्षी गरी दुई नगरपालिकासहित छ गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएका छन् । पूर्ण खोपयुक्त गाविस धाइजन, शान्तिनगर, हल्दिवारी, बुधबारे, डाँगीबारी र गोलधाप रहेका छन् । दुवागढी गाविससहित विर्तामोड र गौरादह नगरपालिका पनि पूर्ण खोपयुक्त नगर घोषणाको तयारीमा रहेको खोप अधिकृत पौडेलले…

Read More

भक्तपुर ।  महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई अमेरिकी विदेश मन्त्रालयले यस वर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा शुक्रबार आयोजना भएको कार्यक्रममा उनलाई मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिइन् । अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मानव बेचबिखनविरुद्ध अभियान चलाएकोमा उनलाई सो सम्मान प्रदान गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा रहँदा करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध जनचेतनामूलक अभियान लगाएकी…

Read More

विर्तामोड । ‘सहकारिताः दिगो भविष्य निर्माणका लागि शक्ति’ भन्ने नाराका साथ शनिबार मनाइएको ९४औं अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा देशैभर वृहत मानव साङ्लो प्रदर्शन गरिएको छ । यसै क्रममा झापाका सहकारीकर्मीहरुले पनि विहान ७ बजेदेखि ९ बजेसम्म महेन्द्र राजमार्गमा उभिएर मानव साङ्लो प्रदर्शन गरेका थिए । मेचीदेखि महाकालीसम्म शनिबार विशाल मानव साङ्लो प्रदर्शन गरिएको राष्ट्रिय सहकारी संघले जनाएको हो । झापामा आयोजित कार्यक्रमको संयोजन झापा जिल्ला सहकारी सङ्घले थियो । कार्यक्रममा जिल्ला भरीका सहकारीका सदस्य र पदाधिकारीहरुको सहभागिता रहेको थियो । काँकरभिट्टा, बिर्तामोड र दमकमा महेन्द्र राजमार्गलाई केन्द्रीत मानव साङ्लो प्रदर्शन गरिएको थियो । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका…

Read More

काठमाण्डौं ।  तनावका कारण किशोर किशोरीमा मास हिस्टेरियाको समस्या बढ्दै गएको मनोविमर्शकर्ताले बताएका छन् । मनोविमर्शकर्ता जमुना महर्जनका अनुसार पेट दुख्ने, हात झम्झमाउने, रिगंटा लाग्ने, वाकवाकी लाग्ने र बेहोस हुने मास हिस्टेरियाको लक्षण हो । मानसिक तनाव धेरै भएपछि यी लक्षण देखिने उहाँले बताउनुभयो । अहिले ललितपुर, मकवानपुर, नुवाकोट लगायत धेरै जिल्लामा मास हिस्टेरियाका बिरामी भेटिएका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आफूलाई तनाव भएको कुरा अरुसँग साट्न नसक्दा यो समस्या देखिन्छ । एक व्यक्तिलाई यसको लक्षण देखिएपछि उस्तै प्रकृतिको समस्या भएकाहरुमा पनि यी लक्षण देखिने मनोविमर्शकर्ता महर्जनले बताउनुभयो । उहाँका अनुसार विशेषगरी परीक्षा नजिक आएपछि विद्यार्थीमा यो समस्या देखिने…

Read More

काठमाण्डाैं ।    नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सकविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ। तर, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्ति विवादले गर्दा पक्राउ परेका चिकित्सकहरूको लाइसेन्स निलम्बन हुन नसकेको हो। जसका कारण मुद्दा कमजोर हुनसक्ने प्रहरीको आशंका छ। पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार विभिन्न ११ जिल्लामा मुद्दा दायर गरेको छ। यसअघि पक्राउ परेका १७ जनाको लाइसेन्स भने रद्द भइसकेको छ। कारबाहीका लागि कानुन छैन  नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई कारबाही गर्ने प्रस्ट कानुन छैन। मेडिकल काउन्सिल ऐनमा पनि यससम्बन्धी स्पष्ट व्यवस्था छैन। ‘०२० सालमा ऐन बनेको…

Read More

झापा ।    भारतीय विदेश मन्त्रालयले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुन सक्ने संकेत गरेको छ। भ्रमण गराउन चाहने मुलुकको गृहकार्यमा नै भ्रमण निर्धारण हुने बुझाइ भारतीय विदेश मन्त्रालयको छ। कान्तिपुर दैनिकमा समाचार छ। नेपाल र भारतबीच उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि आफूहरू सधैं खुला रहेको मन्त्रालयको भनाइ छ। विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा राष्ट्रपति मुखर्जीको सम्भावित नेपाल भ्रमणका सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ता विकास स्वरूपले भारत सधैं उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि खुला रहेको बताए। ‘भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणबारे प्रस्ताव प्राप्त भएमा त्यसलाई निश्चित रूपमा नै उचित ढंगले विचार गरिनेछ,’ स्वरूपले भने। तर, भ्रमणबारे भइरहेका पहलबारे भने उनले…

Read More

बंगलादेशको राजधानी ढाकामा रहेको एक क्याफेमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् । बन्दुकधारीले केही मानिसलाई बन्धक बनाएका छन् । ढाकाको गुलशन क्षेत्रमा रहेको क्याफेमा बन्धक बनाइएकामा झण्डै २० जना विदेशी नागरिक रहेको त्यहाँका अधिकारीले बताएका छन् । चरमपन्धीको गोली लागेर ज्यान जानेमा दुई जना प्रहरी अधिकारी रहेको सरकारी प्रवक्ताले बताएका छन् । बिद्रोही संगठन इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । विदेशी मानिस बढी जाने क्याफेलाई निशाना बनाएको आइएसले जनाएको छ । क्याफेमा बन्धक बनाइएका मानिसलाई सुरक्षित मुक्त गराउनु आफूहरुको पहिलो प्राथमिकता रहेको विशेष प्रहरी बल र्‍यापिड एक्शन बटालियनका…

Read More

वेल्स पहिलो सहभागितामै युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई ३–१ ले हराएर वेल्सले कुनै पनि मुख्य प्रतियोगिताको अन्तिम चारमा पहिलो पटक स्थान बनाएको हो । ५८ वर्षपछि मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको वेल्सले विश्व बरियतामा दोस्रो स्थानमा रहेकोबेल्जियमलाई हराएर इतिहास बनाएको हो । बेल्जियमले १३ औं मिनेटमा राडेजा नाइनग्गोलानले गोल गर्दै सुरुवाति अग्रता दिलाए । तर यो अग्रता धेरैबेर टिक्न सकेन । ३० औं मिनेटमा कप्तान वेल्सका कप्तान एश्ली विलियम्सले गोल गर्दै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए । बलमा नियन्त्रण बेल्जियमको केही बढी भएपनि दोस्रो हाफमा वेल्सले थप दुई गोल गर्‍यो र इतिहास बनायो…

Read More

(राप.तृतीय श्रेणी, शाखा अधिकृत ऐच्छिक चौथो पत्र राजनीतिशाष्त्र)   1.   लिष्ट I लाई लिष्ट II सँग जोडा मिलाउनुहोस् र तलको कोड प्रयोग गरेर सही उत्तर दिनुहोस् :        २. जोडा मिलाउनुहोस् : a.  मनु                      1. सप्ताङ्ग सिद्धान्त     b. कौटिल्य                   2. शान्तिको अवधारणा c.  गौतम बुद्ध                 3. राजधर्म d.  महात्मा गान्धि              4. सत्य र अहिंसा      a      b      c…

Read More

झापा ।  भारतको उत्तराखण्डमा बाढीमा परेर ३० जनाको ज्यान गएको छ । ठूलो वर्षापछि आएको बाढीका कारण पिथौरागर र चमोली जिल्लामा धेरै घरमा क्षति पुगेको र खेतबारी डुबानमा परेको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । धार्चुलाको शुभ गाउँमा बाढीले ३ वटा पुल बगाएको छ । भारतका गृहमन्त्री राजनाथ सिंहले उत्तराखण्डमा उच्च सतर्कता अपनाएर उद्धार तथा राहतको काम तीव्र बनाउन निर्देशन दिएका छन् । त्यहाँ अझै केही दिन भारी वर्षा हुने अनुमान गरिएको छ ।

Read More