Author: admin

काभ्रे । गत साउन ३१ गते सोमबार कोरीपारीके बिर्ता देउराली-९ खहरेखोलामा भएको बा३ ख १०६ नम्बरको बस दुर्घटनाका चालक रामेछाप-१ लखनपुरका चिन्तामणि गौतमले दुर्घटनापछि घाइते अवस्थामै मकैबारीमा लुकेर बिएण्डबी अस्पताल पुगेको बताएका छन्। आजको नेपाल समाचार पत्रमा मोतिराम तिमल्सिनाले खबर लेखेका छन्। ‘दोलालघाटमा खाना खाएर बस स्टार्ट गर्न खोज्दा भएन, केही यात्रुले धकेलेपछि बस स्टार्ट भयो, मैले  सोचेँ अब स्टार्ट बन्द हुँदैन’, चालक गौतमले भने,‘मेरो सोचाइ गलत भयो, बसको अन्तिम स्टप मदनकुँडारी गाविसमा पुगेर स्टार्ट बन्द गर्ने मेरो योजना खहरेखोलाको उकालोमा तुहियो।’ अलि तल तेर्सो थियो, गियर २ मा चलाएको थिएँ, उकालोमा तान्दैन भनेर १ नम्बर गियरमा राखेँ, उकालो सकिन३०…

Read More

नेपाली काँग्रेसले थप मन्त्रीको नामावली मङ्गलबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने तयारी गरेको छ । नेपाल विद्यार्थी सङ्घको महाधिवेशन लम्बिँदा काँग्रेसबाट सरकारमा पठाउने नाम छनोटमा ढिलाइ भएको थियो ।  महाधिवेशन सम्पन्न भएकाले सम्भावित मन्त्रीहरूको नामावली पार्टी सभापति शेरबहादुर देउवाले तयार गरेको जानकारी उनीनिकट एक केन्द्रीय सदस्यले दिए। आजको गोरखापत्रमा खबर छापिएको छ। व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसलाई १३ वटा मन्त्रालय भागमा परेको छ ।  त्यसमा उपप्रधानसहित गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखक नियुक्त भइसकेका छन्। अब काँग्रेसले ११ मन्त्रालयमा मन्त्रीको नाम पठाउने छ।  यसका लागि मन्त्रालयको सङ्ख्याभन्दा दोब्बर सांसदको नाम सम्भावित मन्त्रीका लागि तयार…

Read More

काठमाण्डौ । नेपालको कुल क्षेत्रफलमध्ये ४४ दशमलव ७४ प्रतिशत वन–जंगलले ढाकेको छ । तर, नेपालले वार्षिक दुई अर्ब रुपैयााभन्दा बढीको काठ आयात गर्दै आएको छ। नेपालमा नामै नसुनेका देशबाट काठलगायत काठबाट निर्मित सामग्री आयात हुने गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर ढकाल नेपालमा वनजंगलका रूख काट्न हुन्न भन्ने मान्यताका कारण विदेशबाट बढी काठ आयात भएको बताउाछन्। नीति निर्माणकर्तादेखि सरकारी कर्मचारीहरूमा यो मानसिकता बढी रहेको उनको भनाइ छ। वैज्ञानिक वन व्यवस्थापन गर्न लामो समयदेखि गृहकार्य भए पनि कार्यान्वयन हुन नसक्दा विदेशबाट धेरै काठ आयात हुने गरेको हो । नेपालको वनलाई वैज्ञानिक…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत गएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री निधिले आजै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गरेका छन् । उनले आजै साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जी र भोलि बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गर्र्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि हिजो भारत प्रस्थान गरेका हुन् ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार रहुञ्जेल पार्टीको महाधिवेशन नगर्ने भएको छ । शुक्रबार बसेको केन्द्रिय कार्यालयको बैठकले पुस २३ गतेदेखि काठमाडौंमा गर्ने तय गरेको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार रहुन्जेल सरकारका कामलाई नै प्राथामिकता दिने भन्दै तत्काल महाधिवेशन नगर्ने निर्णय गरिएको प्रवक्ता पम्फा भुसालले जानकरी दिए । वैशाखमा १० वटा कम्युनिष्ट पार्टीबीच एकता भएपछि माओवादीले पुषमा महाधिवेशन गर्ने तयारी गरेको थियो । कांग्रेससँग भएको सात बुँदे सहमतिअनुसार माओवादी अध्यक्ष दाहालले चैतमा शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेछन् । बैठकले भदौ ११ गते बोलाइएको महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरेको छ…

Read More

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ । लसुनका सामान्य लाभ आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ । गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ । लसुनको पात, गाँठो केस्रा र जरा सबैको…

Read More

चितवन । चितवनमा फैलिएको स्क्रब टाइफस एक सय चार जनामा सङ्क्रमण भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आयोजना गरेको पत्रकार अन्तक्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले दुई सय २२ जनामा गरिएको परीक्षणमा एक सय चार जनामा सङ्क्रमण भएको जानकारी दिए । उनका अनुसार बालबालिकामा बढी सङ्क्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले यसअघि ६७ जनामा सङ्क्रमण भएको सार्वजनिक गरेको थियो । चितवनमा सोही मेडिकल कलेजमा मात्रै रोगको परीक्षण हुँदै आएको छ । केही दिनअघि किट सकिएकाले उपचारमा समस्या भए पनि अहिले भने किट आइपुगेको डा लम्सालले जानकारी दिए । प्रकोप फैलिंँदै गएको भए पनि यहाँको…

Read More

एजेन्सी– नेपाल वायू सेवा निगमले आफ्नो गन्तव्यलाई थप फराकिलो बनाउने भएको छ । बिहीबार आठौ गन्तव्यको रुपमा दुबईमा उडान सुरु गरेको निगमले यही वर्ष अर्को अन्तर्राष्ट्रिय गन्तव्य निर्माणको काम समेत सुरु हुने जनाएको छ । आउँदो वर्र्ष निगमले काठमाण्डुदेखि चीनको राजधानी बेइजिङ, ग्वानजाओ,सांघाई, जापानको टोकियो, दक्षिण कोरियाको सोल लगायतका गन्तव्यहरुमा उडान भर्ने तयारी गरिरहेको जनाएको छ । यद्यपि, फराकिलो योजनाको तयारीमा रहेपनि हाल निगमसँग ४ वटा जहाजमात्र रहेका छन् । ती मध्यपनि एउटा जहाज बिग्रिएर बसेकोले ३ वटाले मात्र सेवा दिइरहेका छन् । निगमले भने आगामी डेढ वर्षमा २ वटा नयाँ जहान थप्न लागिएको जनाएको छ । जहाज आइपुग्ने र…

Read More

धादिङ । दक्षिणी धादिङको किरान्चोक–४ ऐँसेलुखर्कका एक वृद्धको अनुदानको रकम लिएपछि बिहीबार हत्या भएको छ। नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको हत्या भएको हो। हर्कबहादुरकी श्रीमती ८० वर्षीया ठूलीमायाँ तामाङ गम्भीर घाइते भएकी छिन्। उनको उपचारका लागि घटनास्थलबाट बोकेर अस्पतालतर्फ ल्याइएको छ। घटनास्थल पृथ्वीराजमार्गको आदमघाटबाट पाँच घन्टाको पैदल दूरीमा पर्ने भएकाले बिहीबार राति मात्र अस्पताल पुर्याइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। हर्कबहादुरको किन र कसले हत्या गरेको हो भन्ने अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ

Read More

पोखरा । फेवातालमा बेपत्ता भएका युवकको लाश आज बिहान फेला परेको छ। रुकुम घर भई हाल पोखराको पस्र्याङ बस्दै आएका ३६ वर्षिय जीतबहादुर शाही माछा समात्ने क्रममा चिप्लिएर बिहीबार साँझ ७ बजे तालमा बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। मृतक शाहीको शव परीक्षणका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको बताइएको छ।

Read More