काठमाडौं – नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार रहुञ्जेल पार्टीको महाधिवेशन नगर्ने भएको छ । शुक्रबार बसेको केन्द्रिय कार्यालयको बैठकले पुस २३ गतेदेखि काठमाडौंमा गर्ने तय गरेको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार रहुन्जेल सरकारका कामलाई नै प्राथामिकता दिने भन्दै तत्काल महाधिवेशन नगर्ने निर्णय गरिएको प्रवक्ता पम्फा भुसालले जानकरी दिए । वैशाखमा १० वटा कम्युनिष्ट पार्टीबीच एकता भएपछि माओवादीले पुषमा महाधिवेशन गर्ने तयारी गरेको थियो ।
कांग्रेससँग भएको सात बुँदे सहमतिअनुसार माओवादी अध्यक्ष दाहालले चैतमा शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेछन् । बैठकले भदौ ११ गते बोलाइएको महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरेको छ ।
Facebook Comments Box