Author: admin

काठमाण्डौ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका बिपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छवटा उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छ । वरिष्ठ…

Read More

काठमाण्डाैं ।  शिक्षामा आकारमा लगानी बढेको छ। तर, विद्यार्थीको सिकाइ उपलब्धि घट्दै गएको छ। तीन वर्षमा सिकाइ उपलब्धि औसतमा झन्डै १५ प्रतिशत घटेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले देशभरका झन्डै ४० हजार विद्यार्थीमा गरेको अध्ययनले सिकाइ उपलब्धि घटेको देखाएको हो। इआरओको अध्ययनमा आर्थिक वर्ष ०६९/७० मा कक्षा ३ मा २८ जिल्लाका एक हजार ६ सय ९० विद्यालयका ३८ हजार सात सय ५३ विद्यार्थीमा सिकाइ उपलब्धि थियो। सो अध्ययनले राष्ट्रिय औसत उपलब्धि नेपालीमा ६३, गणितमा ६० प्रतिशत देखाएको थियो। तर, अार्थिक वर्ष ०७२/७३ मा उपलब्धि घटेर नेपालीमा ५२ र गणितमा ४५ प्रतिशत रहेको…

Read More

काठमाण्डाैं ।   बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वकालमा बेपत्ता भएृका व्यक्तिको छानविनको मोडालिटी तयार परोको छ। गोरखापत्र दैनिकमा समाचार छ। आयोगले विस्तृत छानविन र तथ्यांक संकलनका लागि एन्टिमोर्टम तथ्यांक संकलन फाराम तयार पारेको छ। फाराममा व्यक्ति बेपत्ता पूर्वका सम्पूर्ण विवरण भराउन आयोग टोली भदौभित्रै प्रत्येक उजुरीकर्ताको घरघरमा पुग्नेछ। वैयक्तिक विवरण सामेल १९ पृष्ठको उक्त फाराम आयोले बिहीबार अनुमोदन गर्दटछ। द्वन्द्वकालीन घटना अनुसन्धानका लागि गठि आयोगले प्रयोग गरेको मध्ये यो विशिष्ट पद्धति हो। द्वन्द्वका क्रममा सबैभन्दा बढी १५ हजार व्यक्तिा बेपत्ता भएको पेरुमा पनि यो प्रणालीको प्रयोग भएको छैन। आयोग सदस्य एवं प्रवक्ता प्रा. डा. विष्णु पाठकले विस्तृत अध्ययनका लागि…

Read More

काठमाण्डाैं ।   साढे पाँच दशकपछि हुन लागेको स्थानीय निकायको पुनःसंरचना नगरपालिका र गाविस भाभ्नेमा सीति हुने देखिएको छ। तत्कालीन राजा महेन्द्रको सक्रिय शासन सुरु भएपछि वि.स. २०१८ मा बनेको अहिलेको स्थानीय निकायको पुनःसंरचना गर्ने कोसिस गरिए पनि संख्या घटाउनमात्रै केन्द्रीत देखिन्छ। स्थानीय निकाय पुनःसंरचना आयोगले सोमबार देशभर ५ सय ६५ स्थानीय तहको सीमांकन गर्न आफ्नो प्राविधिक समितिलाई निर्देशन दिएको छ। अहिलेको पुनःसंरचनाले स्थानीय निकाय गाभ्नेबाहेक भौगोलिक र चरित्र, आर्थिक सामथ्र्य, जातीय, क्षेत्रीय र भाषिक विविधतालाई समेट्न नसक्ने बताउँछन् योजनाविद् डा. पिताम्बर शर्मा। अहिलेको संविधानले अघिल्लो संविधानसभाको स्वाभित्व ग्रहण गरे पनि जातीय, क्षेत्रीय र भाषिक विविधतालाई स्वीकार गर्न नसकेको उनले…

Read More

काठमाण्डाैं ।   काठमाडौं महानगपालिकाले ७० प्रतिशत घरधनीले अहिलेसम्म घरजग्गा कर नबुझाएको उल्लेख गरेको छ। स्थानीय निकायले घरजग्गा कर उठाउन थालेको करिब १६ वर्ष पुग्दा महानगरपालिकामा ३० प्रतिशत घरधनी मात्रै करको दायरामा आएको देखिएको छ। गत आर्थिक वर्ष २०७२/०७३ को जेठ मसान्तसम्ममा ७५ हजार ७ सय ७९ जघरधनीले घरजग्गा कर बुझाएका थिए। गत अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा ७६ हजार ५ सय ३७ घरधनीले घरजग्गा कर बुझाएको उल्लेख छ। तर, नक्सा पासको रेकर्डका हिसाबले हाल महानगरपालिकाभित्र २ लाख ५४ हजारभन्दा बढि घर तथा भवन छन्। राजधानी दैनिकमा समाचार छ।

Read More

काठमाण्डाैं ।  संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकार ढाल्न  आन्दोलनकारीले सघाए पनि अब बन्ने सरकारमा यही अवस्थामा नजाने स्पष्ट पारेका छन्। ओलीले मधेस आन्दोलनविरुद्ध दिएका अभिव्यक्तिका कारण मोर्चा र गठबन्धन उनीविरुद्ध मत हाल्न संस गए त्यसले आन्दोलनकारी पक्षलाई उत्साहित बनाउने उनको भनाई थियो। गठबन्धनल अघि सारेका २६ माग सम्बोधन, त्यसका आधारमा संविधान पुर्नलेखन नहुँदासम्म अडान यथावत रहने उनको भनाई थियो। उनले आफूहरु कतै यही अवस्थामा सरकारमा जाने त होइन भनी अनावश्यक शंका नगर्न आग्रह समेत गरे। सरकार निर्माण हुनुपूर्व आन्दोलनकारीको माग सम्बोधन गर्नतर्फ कुनै गम्भीर कुराकानी भए सोच्न सकिने उनको संकेत थियो।  कान्तिपुर दैनिकमा समाचार छ।

Read More

काठमाण्डाैैं ।  बजेटका आश्रित विधेयक अगाडि बढाउने कि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव भन्ने विवाद बढेपछि संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मार्सल (मर्यादा पालक) को संख्या बढाइएको छ। सत्ताधारी दल एमालेले आश्रित विधेयक अगाडि बढाए संसद चल्न नदिने तयारी गरेका छ भने अविश्वासको प्रस्ताव दर्ता गराएका माओवादी केन्द्र र नेपाली कांग्रेसलगायतले अविश्वासको प्रस्ताव अगाडि बढाउनु पर्ने अडानमा छन्। दलबीचको विवादमा संसदभित्र अप्रिय घटना हुन नदिन प्रहरीले संसद सचिवालयसँगको समन्वयमा कसिलो सुरक्षा योजना बनाउँदै मार्सलको संख्या थपेको हो। स्रोतका अनुसार अहिले संसदमा प्रहरी एसपीको कमान्डमा ९१ जना मार्सल खटिँदैआएका छन्। बिहीबार सुरु हुने संसद अधिवेशनका लागि तयारी अवस्थामा थप ३० जना मार्सल…

Read More

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला बुधबार घर फर्किएका छन् । डा कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले उनी घर फर्किएका हुन् । सयौँ कार्यकर्ता र शभेच्छुबीचमा कार्यकर्तालाई हात उठाई अभिवादन गर्दै उनी अस्पतालबाट बाहिरिएका छन् । उनलाई डा भोला रिजाल, डा हरिश जोशी, पत्नी डा सुपात्रा कोइरालाले समाएर बाहिर गाडीसम्म ल्याएका थिए । असार २१ गते स्वास्थ्य अचानक गम्भीर भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका कोइरालालाई एक हप्तापछि फ्लोअप जाँचका लागि बोलाइएको डा रिजालले जानकारी दिए । महामन्त्री कोइरालाले आफ्नो उपचारमा खटिएका सबै चिकित्सकलाई धन्यवाद दिएको पनि डा रिजालले जानकारी दिए । ‘अहिले उहाँ पूर्णरुपमा निको हुनुभएको छ…

Read More

बुधबारे । झापाको बुधबारेमा एक बालिकाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । झापाको शान्तिनगर–१ घरभएकी ११ वर्षिया तनुजा कोइरालाको आफै मावली घरमा विभत्स हत्या भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । ५ दिन अघि बुधबारे–५ इन्द्र चोकका डिल्लीराम प्रसाईको घरमा मावल आएकी बालिकाको ठोकामै हत्या गरिएको अवस्थामा बुधबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । बालिकाको बलात्कारपछि हत्या भएको अनुमान प्रहरीले गरेपनि उक्त कुरा कुराको पुष्टि भने गरेको छैन् । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । घटनामा संलग्नको खोजी भइरकेको र हाल सम्म कसैलाई पक्राउ नगरिएको बुधबारे प्रहरीले जनाएको छ ।

Read More

काठमाण्डौ । व्यवस्थापिका संसदमा बिहीबारको कार्यसूचिलाई लिएर दलहरुबिच बिबाद भएपछि सहमतिको लागि सभामुख ओनसरी घर्तीले पहल थालेकी छिन् । उनले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेको छिन् । उनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्दैछिन् । सभामुख घर्तीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा सभामुख घर्तीले सहमतिको आधारमा अघि बढ्न आफू तयार रहेको बताएकी थिन् । त्यसै अनुसार बुधबार उनले कांग्रेस र माओवादी नेतृत्वसँग भेटेर सहमति जुटाउने प्रयास गरेकी हुन् । दलहरुको अडान यथावत संसदमा प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव र बजेटसँग सम्बन्धित आश्रित विधेयकमध्ये…

Read More