Author: admin

काठमाण्डौं ।  नयाँ सरकार गठनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी सर्वोच्चको राय लिने मुडमा पुगेकी छिन् । नयाँ प्रधानमन्त्री चयनको विषयमा संविधानले स्पष्ट नबोलेको भन्दै प्रमुख दलहरु विवादमा उत्रिएपछि संवैधानिक निकास खोज्न समय तोकेरै सर्वोच्च अदालतको राय लिने मुडमा राष्ट्रपति पुगेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै संविधानविद्का/नुनविद् र दलहरुको धारणा बाझिएपछि राष्ट्रपति भण्डारीले संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतको राय लिन लागेको श्रोतको भनाई छ । संसदको अंकगणितीय हिसाबमा प्रधानमन्त्री ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने देखिएपछि केही दिनयता संविधान जानकारहरुसँग राष्ट्रपति भण्डारीले परामर्श गर्दै आएकी छिन् । परामर्शका क्रममा उनलाई सर्वोच्च अदालतको राय…

Read More

काठमाण्डौं । व्यवस्थापिका संसदको भारी बहुमतले प्रधानमन्त्री निर्वाचित केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव पनि भारी बहुमतले पारित हुने देखिँदै छ । सत्तासाझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय शनिवार गरेपछि ओलीको विपक्षमा पल्लाभारी बन्दै गएको हो । अविश्वास प्रस्तावमा प्रधानमन्त्रीको जवाफ र निर्णयार्थ मतदान आइतबार हुँदैछ । नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसदमा दर्ता अविश्वास प्रस्तावका पक्षमा झन्डै ३ सय ७० मत पर्ने नेताहरुको दाबी छ । प्रस्तावमाथि छलफलपछि आइतबार हुने मतदानमा ओलीविरुद्ध कम्तीमा ३ सय ६७ मत पर्ने कांग्रेस नेता विमलेन्द्र निधिले बताए । संसदमा १९ दलले अविश्वास प्रस्तावको…

Read More

काठमाण्डौं ।  नयाँ प्रधानमन्त्री निर्वाचन प्रकृयालाई लिएर उत्पन्न विवादमा सत्तारुढ एमालेभित्र दुई धार देखिएको छ । प्रधानमन्त्री केपी ओलीबिरुद्धको अविश्वास प्रस्तावमाथि व्यवस्थापिका संसदमा शनीबार भएको छलफलमा एमाले नेता माधवकुमार नेपाल र बामदेव गौतमले सम्वैधानिक अडन देखाएर प्रधानमन्त्रीको निर्वाचन प्रकृयालाई लम्बाउन नहुने बताएपछि एमालेभित्रको दुई धार सतहमा आएको हो । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली पक्ष भने अविश्वासको प्रस्ताव पारित भएपनि मौजूदा व्यवस्था अनुसार नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढ्न नसक्ने तर्क गर्दै आएका छन । प्रधानमन्त्री ओली र उनी निकट रहेका नेताहरुले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकृया अघि बढाउनु पूर्व संविधानको संशोधन या बाधा अडाउ फुकाउने बाटोबाट अघि…

Read More

काठमाण्डौं । युरेनियम उत्खनन तथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सरकारले नै राष्ट्रिय गोपनीयता भंग गरेको छ । मुस्ताङको लोमान्थाङमा भेटिएको युरेनियम खानीको सुरक्षामा नेपाली सेना परचालन गर्ने सरकारको निर्णय सार्वजनिक हुँदा मुलुकले अपानाउनुपर्ने गोपनीयता छताछुल्ल भएको हो । सैनिक उच्च अधिकारी पनि आन्तरिक रुपमा परिपत्र गरेर सुरक्षा फोज तैनाथ गर्नुपर्ने विषयलाई सरकारले बाहिर ल्याएकोमा असन्तुष्ट देखिएका छन् । ‘युरेनियम लगायत सम्भावित खानी क्षेत्रको सुरक्षामा सेना परिचालन गर्ने निर्णय सकरात्मक भएपनि यस्तो निर्णय उजागर गर्नु आवश्यक थिएन,’ पूर्व रथी सीबी गुरुङले भने । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमन्त्री सोमप्रसाद पाण्डेको प्रस्तावमा युरेनियम रहेको क्षेत्रको सुरक्षामा सेना तैनाथ गर्ने…

Read More

काठमाण्डौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । फोरम लोकतान्त्रिकले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयसमेत गरेको छ । फोरम लोकतान्त्रिकका नेता तथा स्वास्थ्य मन्त्री रामजनम चौधरीले बजेट आश्रित विधेयकसमेत संसदबाट पारित हुन नसकेका कारण सरकारमा बसिरहनु उचिन नभएकाले सरकार छाड्न लागेको जानकारी दिए । उहाँले प्रधानमन्त्रीमाथि परेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने समेत स्पष्ट पारे । यसअघि राप्रपा, माओवादी केन्द्र र निर्वाचन आयोगले खारेज गरिसकेको समाजवादी जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । उज्यालाे अनलाइनबाट

Read More

झापा ।   भिडियो सहित युवा पुस्ताको मनमा बस्न सफल गायक तुलसी शिवाकोटीले सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर रोमान्चक शैलीको म्युजिक भिडियो बजारमा ल्याएका छन । फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु समावेश गरिएको ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ रिलिजको केही समयमा नै श्रोताको मन जित्न सफल भएको थियो भने गीतको म्सुजिक भिडियो निर्माणपछि सांगितिक बजारमा यसको चर्चा अझ चुलिने विश्वास गरिएको छ । गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन । विशेषगरि प्रवासका श्रोताहरुले अत्याधिक रुचाएका गायक सिवाकोटीको यसअघि ‘नेपाल मेरो…

Read More

एजेन्सी । अफगानिस्तानकाे राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा ६१ जनाको ज्यान गएको छ । २ सय जना घाइते भएका छन् । इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मा लिएको छ । शनिबार हजारा समुदायका मानिसहरुले विरोध प्रदर्शन गरिएको स्थानमा आक्रमण भएको हो । हजारा अल्पसंख्यक समुदायले विद्युत लाइनको रुट परिवर्तन गर्न माग गर्दै गरेको विरोध प्रदर्शनका आत्मघाती विस्फोट भएको बिबिसीले जनाएको छ । तुर्किमिनिस्तानबाट काबुल ल्याउन लागेको ५ सय किलो भोल्टको ट्रान्समिसन लाइन बामयान र वारडक प्रान्त भएर ल्याउन नहुने भन्दै हजारा समुदायले प्रदर्शन गरिरहेका थिए । ती प्रान्तमा हजारा समुदायको बसोबास धेरै छ ।

Read More

शिवसताक्षी । यहाँकी एक दलित महिला चटपटे बेचेर लखपति बनेकी छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखा घुम्न आउनेलाई स्वादिलो चटपटे बेचेर उनी लाखौँ मूल्य बराबरको धन सम्पत्तिको मालिक बनेकी हुन् । शिवसताक्षी–८ दोमुखाकी २६ वर्षीया उर्मीला पुर्कुटीको हातले फिटेको चटपटे स्वादिलो हुने स्थानीय बताउछन् । देब्रे हातले सोली समाएर दाहिने हातले स्वादले चटपटे खाँदै गरेकी मोरङ पथरीकी सावित्रा भुजेलले चटपटेमा स्वादको दम भएको बताइन् । भोक मिठो कि भोजन भन्ने जिज्ञासामा भुजेलले पुर्कुटीले बनाएको चटपटेको भोजनै मिठो भएको बताइन् । चटपटे बनाएर बिक्री गर्नुअगाडि उर्मिला उनकै घर नजिकको कनकाई खोलाको बगरका ढुङ्गा फुटाउँथिन् । ढुङ्गा फुटाउने कस्टपूर्ण काम नगरे…

Read More

अाज शनिबार लाेक सेवा अायाेग विशेषमा सामान्य ज्ञान इतिहास, संस्कृति र सामाजिक व्यवस्था सम्बन्धी सामाग्री।

Read More

काठमाण्डौं ।  नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शनिवार संसदमा बोल्दै आफ्नो पार्टी एमालेकै आलोचना गरेका छन् । उनले आफ्नो पार्टीमा गुट नै गुट रहेको आरोप लगाए । उनले भने, ‘सरकार समेत संस्थागत रूपमा नभई गुटबाट सञ्चालन भएको छ । ’ नेता नेपालले अहिले राष्ट्रिय सहमतिको आवश्यकता भएको भन्दै सरकारबाट बाहिरिने माओवादीको निर्णयलाई दुभाग्यपूर्ण भएको बताए । उनले संसदको आफ्नो वक्तव्यको अन्त्यमा भने, ‘अब बन्ने सरकार पनि कति दिन टिक्छ कसैले भन्न सक्ने अवस्था छैन ।  कुनचाहीँले खुट्टा तान्छ र सरकार ढलिहाल्छ ।’

Read More