Author: admin

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले दुई अर्ब ३१ करोड रुपैयाँको क्षतिपूर्ति मागेको छ ।यो रकम ठेकेदार कम्पनीले विमानस्थलको विस्तार गर्ने समयमा विभिन्न अवरोध आएकोले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति माग गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आइतबार पर्यटन बोर्ड र विमानस्थलमा छुट्टाछुट्टै भएका कार्यक्रममा यो जानकारी दिएका छन । मन्त्री पोखरेलका अनुसार विमानस्थलको क्षमता विस्तार गर्न सन् २०१३को माघ १७ देखि काम सुरु गरेको स्पेनिस कम्पनी सान्चेज कन्स्ट्रक्टोरीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग गरेको सम्झौताअनुसार काम हुन नपाएको भन्दै क्षतिपूर्ति माग गरेको हो । यो कम्पनीले सन् २०१६ को मार्चभित्र…

Read More

काठमाण्डौं ।  प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुधवार निर्वाचित भए उनले प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता हुनेछन् । नेपालमा प्रजातन्त्रयता पाँच कम्युनिस्ट प्रधानमन्त्री बनेपनि कोही दोहोरिन पाएका छैनन् । २०५१ सालको मध्इावधिमा सबैभन्दा ठूलो दल बनेपछि नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी देशका पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । ९ महिना अल्पमतको सरकार चलाएर चर्चाको शिखरमा पुगेका अधिकारीपछि कम्युनिस्ट पार्टीले देशको नेतृत्वका लागि करिब १४ वर्ष कुर्नुपरेको थियो । विभिन्न कालखण्डमा नेकपा एमाले र नेकपा माले संयुक्त सरकारमा सहभागी भएपनि पहिलो संविधानसभाको निर्वाचनपछि मात्रै दोस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर कम्युनिस्ट पार्टीले पाएको थियो । त्यतिबेला तत्कालीन…

Read More

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् । जसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ । शिक्षा मन्त्रालय नो अब्जेक्सन सर्टिफिकेसन शाखाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ३२ हजार चार सय ८२ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन । राष्ट्र बैंकको करेन्ट माइक्रोइकोनोमिक एन्ड फाइनान्सियल सिचुएसन (सिएमएफएस) अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १७ अर्ब ६४ करोड २० लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ ।…

Read More

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल एमालेले आज हुन लागेको प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ । कांग्रेस र माओवादीले मुलकुकमा राजनीतिक रिक्तता सिर्जना गर्ने षड्यन्त्र गरेको निष्कर्षसहित एमालेले प्रधानमन्त्रीमा उमेदवारी नदिने निर्णय गरको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारी नदिई कांग्रेस माओवादी गठबन्धका उम्मेदवारको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । यसअघि पार्टीका उपाध्यक्ष बामदेब गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रधानमन्त्री उम्मेदवार बन्ने चर्चा थियो । तर, बैठकले बिपक्षी गठबन्धनको स्पष्ट बहुमत पुगिसकेको भन्दै उमेदवार नउठाउने निर्णय गरेको हो । बैठकको सुरुमा प्रधामन्त्री केपी शर्मा ओलीले  पार्टीको तर्फबाट…

Read More

काठमाडौं– विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् । जसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ । शिक्षा मन्त्रालय नो अब्जेक्सन सर्टिफिकेसन शाखाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ३२ हजार चार सय ८२ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । राष्ट्र बैंकको करेन्ट माइक्रोइकोनोमिक एन्ड फाइनान्सियल सिचुएसन (सिएमएफएस) अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १७ अर्ब ६४ करोड २० लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ । राष्ट्र…

Read More

भद्रपुर ।  नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समिति झापाको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी महासंघका निवर्तमान जिल्ला अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका अध्यक्ष पारसमणि राईको अध्यक्षतामा बसेको भेलाले हैकम घिसिङको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो । त्यसैगरी उपाध्यक्षमा सुसान राई, सचिवमा सागर लिम्बु, सह–सचिवमा सुजन मगर, कोषाध्यक्षमा इनु सुनुवार , सदस्यहरुमा सन्देश भुजेल, कुशल मेचे, प्रदीप राजवंशी र राम सोरेन रहेका छन् । कार्यक्रममा लाहुर्निप क्षेत्रिय प्रमुख मकवान सुब्बा, नेफिन जिल्ला सदस्य सन्तकुमारी मुखियाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नेफिन जिल्ला सह–सचिव विरेन मेचेले गरेका…

Read More

खोटाङ ।  सात वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गर्ने खोटाङका एक युवालाई प्रहरीले पक्राउ परेको छ । घरनजिकै खेल्दै गरेकी बालिकालाई जबर्जस्ती बलात्कार गर्ने खिदिमा–१ का १८ वर्षीय बबिन राई पक्राउ परेका हुन् । पक्राउ परेका राईविरुद्ध जबर्जस्ती करणीअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका राईले बालिकालाई बलात्कार गरेको स्वीकार गरेका छन् । बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ । राईले गत साउन–१५ गते बेलुका बालिकालाई बलात्कार गरेको जनाइएको छ । बेलुकाको समयमा बालिका रुँदै…

Read More

कञ्चनपुर ।  श्रीमान्को कुटाइबाट कञ्चनपुरको बाइसेविचवा–७ की ३५ वर्षीया लक्ष्मी देवी ठकुल्लाको गए राति मृत्यु भएको छ । घरायसी विवादमा ३८ वर्षीय श्रीमान् चन्द्रबहादुर ठकुल्लाले निर्घात कुटपिट गर्दा घाइते भएकी लक्ष्मीदेवीको उपचारका लागि सेती अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नैनसिंह कार्कीले बताउनुभयो । चन्द्रबहादुरलाई इप्रका त्रिभुवनवस्तीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ । प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुको मुलुक फेडेरेटेड्स स्टेट्स अफ माइक्रोनेसियाको याप राज्यमा पक्राउ परेका १६ नेपालीमध्ये पाँच जनालाई आज मलेसियास्थित नेपाली दुतावासको पहलमा उद्दार गरिएको छ । सोह्र जना नेपालीलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका तथा अस्ट्रेलिया पठाइदिन्छु भनेर मोटो रकम असुली नेपालबाट मलेसिया र इन्डोनेसिया हुँदै डुङ्गाबाट उक्त देशको समुन्द्री क्षेत्रमा कागजातविहीन अवस्थामा छाडेका थिए । उनीहरुलाई त्यहाँ छोडेलगत्तै माइक्रोनेसियाका अध्यागमन अधिकारीले पक्राउ गरी घर फिर्ती केन्द्रमा राखेका थिए ।  तिमध्ये अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)को सहयोगमा यसअघि नै सातजनालाई उद्धार गरी गत असार ११ गते नेपाल पठाईसकिएकोमा आज थप पाँच जनालाई पनि नेपाल पठाइएको मलेसियास्थित नेपाली दूतावासले…

Read More

झापा ।   नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान प्रतिलिटर रु दुई तथा खाना पकाउने एलपी ग्यासमा रु २५ घटाइएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ९७, डिजेल रु ७३, मट्टितेल रु ७३ र खाना पकाउने ग्यास रु एक हजार ३७५ कायम हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपालमा भने लामो समयदेखि मूल्य समायोजन हुन सकेको थिएन । यसअघि निगमले गत माघ ४ गते पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

Read More