Author: admin

काठमाण्डौ । सवारीसाधनको संख्या तीव्र रुपमा वृद्धि भएसँगै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको संख्यासमेत बढ्दै गएको छ। काराेबार दैनिकमा समाचार छ। हाल देशभर १९ लाख १९ हजार २९ सवारी चालक अनुमतिपत्र जारी भएका छन्। यो संख्या कम्प्युटरमा उतारिएको एकीकृत तथ्यांक हो। विगतमा लाइसेन्सको लगत प्रहरी कार्यालयले राख्ने हुँदा त्यो छुटेको हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ। कार्यालयहरुले पुराना लाइसेन्सको लगत व्यवस्थित गर्न नसक्दा तथ्यांक पूर्ण भने हुन सकेको छैन।तर, विगत केही वर्षदेखि विभागले सबै अञ्चल कार्यालयहरुलार्इ वितरण गिरिएको लाइसेन्सको तथ्यांक कम्प्युटरमा राख्ने व्यवस्था गर्न भनेको थियो। त्यसपछि अञ्चल कार्यालयहरुले नयाँ तथा नवीकरढ गर्न अाउने लाइसेन्सको तथ्यांक एकीकृत गर्न सुरु गरेका हुन्।…

Read More

सुर्खेत । घरनजिकैको मकैबारीमा बाँदर धपाउन गएका उनीहरूलाई अरिङ्गालले चिल्यो । शनिबार बिदाको दिन बारीमा बाँदर रुँघ्न जाँदा अरिङ्गालले चिलेपछि उनीहरू अत्तालिँदै घर आए। घाइते अवस्थामा घर आएका उनीहरूलाई उपचारका लागि आफन्तले अस्पताल लगेनन् । घरमै झारफुकबाट निको पार्ने प्रयास गरियो । झारफुक गर्दागर्दै पाँच वर्षीय रिजन पुन र तीन वर्षीया भावना पुनको ज्यान गयो। जाजरकोटको भेरीमालिका नगरपालिका ७ खातीगाउँमा शनिबार बिदाको दिन भएकाले अभिभावकले बालबालिकालाई मकैबारीमा बाँदर धपाउन पठाएका थिए । पाक्नै लागेको मकै खाएर बाँदरले हैरान बनाएकाले उनीहरू बारीमा बाँदर धपाउन पुगेका थिए । सोही क्रममा एक्कासि अरिङ्गालले उनीहरूलाई चिलेको थियो । गम्भीर घाइते रिजन र भावनाले उपचारको…

Read More

काठमाडौं– एमाले उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा छँदा आफूलाई बेवास्ता गरेको र सहमति कार्यान्वयन नगरेका कारण पार्टी सरकारबाट बाहिरिनुपरेको आरोप लगाएका छन् । पार्टीको आइतबार सुरु भएको स्थायी समिति बैठकमा बोल्दै गौतमले यस्तो आरोप लगाएका हुन् । ‘वैशाखमा हामीले छलफल गरेर सरकार जोगायौं । त्यसपछि तपाईंले हामीलाई बालुवाटारमा बोलाएर केही सल्लाह लिनुभएन । मेरो आवश्यकता नै ठान्नूभएन । दुई पार्टीबीचको सहमति नेतामा नाममा थिएन, पार्टीका नाममा थियो,’ गौतमलाई उद्वृत गर्दै स्रोतले भन्यो । ‘हामीले भनेको मानेको भए अध्यक्ष नेतृत्वको सरकार अझैं तीन महनिा पर जान्थ्यो र यही समीकरण कायम रहन्थ्यो’ गौतमले भनेका थिए । आजको अन्नपूर्ण पोष्ट…

Read More

काठमाण्डौं । कोही खान नपाएर छट्पटाइरहेछन्, कोही खाना धेरै भएर, खाइदिने मान्छे नपाएर छट्पटाइरहेछन् । यस्तै हालत छ अहिले प्रचण्ड सरकारमा । प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादी केन्द्रसँग सरकारी पद छेलोखेलो छ तर पद खाइदिने औकात भएका मानिस छैनन् । पार्टीलाई पुगिसरी आएको छ तर, सिर्फ एउटा चिजको अभाव छ– मन्त्री पदको । पार्टीका भएभरका सांसद मन्त्री बन्न अपहत्ते गरेर लागिरहेका छन् तर अन्य पदहरुका लागि मान्छे नपाएर प्रचण्डको बेहाल भएको छ । बल्लतल्ल आइतबार प्रचण्डले आफ्नो पार्टीका केहीलाई मन्त्री पद दिएका छन् तर एकजनाले भने खान मानेनन् । मन्त्री खान नमान्ने ती सांसद हुन् प्रभु सहा । उनी अहिले राज्यमन्त्री…

Read More

झापा । गिलासमा राखिएको पेयपदार्थ कोकाकोला वा पेप्सी होइन । यो त चौधरी ग्रुपको उत्पादन रियो अल्फेन्सो मेङ्गो जुश हो । झापाको शरणामती ९ का जीवनाथ दंगालले स्थानीय पसलबाट उपभोगका लागि खरिद गरेको रियो जुशमा कालो लेदो पाइएको हो । पहेलो रङ्गमा तयार हुने रियो जुश गन्हाएको र कालो लेदो बस्तु फेला परेपछि प्रहरीलाई  आज बुझाइएको छ । स्थानीय मोहन पोख्रेलका अनुसार लेदो मिसिएको जुशका केही थान ईलाका प्रहरी कार्यालय अनारमनी मार्फत गुणस्तर तथा नापतौल विभागमा परीक्षणको लागि पठाइएको छ । चौधरी ग्रुपद्वारा उत्पादित रियो जुशको पकेटमा अझै नौ महिना उपभोग अवधि बाँकी रहेको प्रष्ट देखिन्छ । तर उपभोग्य वस्तु…

Read More

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका ९ जनालाई समावेश गरी मन्त्रीपरिषद् तेस्रोपटक विस्तार गरेका छन्। नेपाली कांग्रेसले मन्त्री हुनेको नाम उपलब्ध नगराएपछि प्रधानमन्त्री दाहालले सपथ खाएको ११ औं दिनमा आइतबार पार्टीका नेतालाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। तेस्रोपटकको विस्तारसँगै मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ। विस्तारित मन्त्रीपरिषद्मा पाँच जना मन्त्री र ४ जना राज्यमन्त्री थपिएका छन्। पाँच मन्त्रीमध्ये जनार्दन शर्मालाई उर्जा, हितराज पाण्डेलाई स्थानीय विकास, राम कार्कीलाई सूचना तथा संचार र अजयशंकर नायकलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ भने धनीराम पौडेलको मन्त्रालय तोकिएको छैन। पौडेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने भनिएकामा उक्त मन्त्रालय नेपाली काँग्रेसले आफ्ना लागि राख्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेका…

Read More

काठमाण्डौ । खाना पकाउने ग्यास सिलिन्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छा। यो बजारमा रहेका सिलिन्डरमध्ये करिब १० प्रतिशत हो। कान्तिपुर दैनिकमा समाचार छ। ‘ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिन्डर गुणस्तरहीन फेला परेको हो,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले भने,‘मूख्य समस्या पुराना ग्यास उद्योगमा छ।’ २०२६ मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्यास उद्योग संख्या बढेर ५३ पुगेको छ। तीमध्ये दुई चार ग्यास उद्योग बाहेकले गाुणस्तरमा ध्यान नदिएको उनले बताए। सिलिन्डरभित्र लेदो जमेको, हाइड्रोलिक टेस्ट नभएका, कुच्चिएका, फुटरिङ लगायतका कैफियत देखिएका हुन्। कम गुणस्तरका सिलिन्डर बिक्री गरेर उद्योगीले सर्वसाधारणलाई जोखिममा पारेको उपभोक्ताको…

Read More

मोरङ । आफ्नो घरआँगनमा पेट्रोल खानी भेट्टिएको हल्ला चलेका बेला बाहुनी गाउँका कपिलमनि रिजाल २७ वर्षका थिए। यो हल्लासँगै त्यही खानी क्षेत्रको रुँगुवा–जागिर खान थालेका रिजाल अहिले ६५ वर्षका भइसके। कान्तिपुर दैनिकमा समाचार छ। ‘खोइ, आउँछ–आउँछ भन्छन्, यो सेरोफेरो रुँगेरै जिन्दगी बितिसक्यो,’ बाहुनी गाविस ८ मा क्षेत्र ओगटेर राखिएको ‘पेट्रोल खानी’ मा भेटिएका चौकीदार रिजालले भने, ‘तैपनि आस मरिगएको छैन।’ सरकारले २०४४ मा सुरु गरेको पेट्रोलियम अन्वेषण अभियानमध्ये मोरङको बाहुनीमा ‘सबभन्दा सम्भावना रहेको’ भन्दै त्यसमा थप अन्वेषण गरिएको थियो। अन्वेषणको सुरुवाती दिनदेखि स्थानीयवासी रिजाल र परशुराम गौतमलाई खानी तथा भूगर्भ विभागले चौकीदारका रूपमा मासिक तलब दिएर खटाएको हो। खानी क्षेत्रको…

Read More

काठमाण्डौ । निजामती सेवामा आधिकारिक ट्रेड युनियनबाहेक अन्य युनियनको प्रभाव न्यून गर्न सरकारले आचारसंहिता ल्याउने तयारी गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। सामान्य प्रशासन मन्त्रालय मापदण्डसहितको कानुन निर्माणमा जुटेको छ।  आधिकारिकबाहेकका युनियनलाई समूहगत रुपमा मन्त्रालय, विभाग तथा सवै सरकारी कार्यालयमा प्रवेश गर्न निषेध गर्ने गरी मापदण्ड बनाउन लागिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। दलनिकट कर्मचारी संगठनका विभिन्न युनियनका प्रतिनिधिले कर्मचारी सरुवा, बढुवा तथा पदस्थापनमा अनावश्यक दबाब दिने गरेकाले त्यसो गर्ना लागिएको हो। आधिकारिकबाहेकलाई भेट्दैनौंः सचिव  सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमिण शर्माले ट्रेड युनियनहरुलाई कडाए गर्न र अनुशासित बनाउन छुट्टै कानुन र मापदण्ड ल्याउन लागिएको जानकारी दिए। उनले अब आधिकारिक…

Read More

काठमाण्डौ । मन्त्री बन्नका लागि पार्टीभित्र विवाद हुनु नौलो विषय होइन। मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन्। मन्त्री बन्न हरेक पार्टीमा हानाथाप नै हुने गरेको छ। यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी परित्यागसमेत गरेका छन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। पार्टीले मन्त्री छनोट गर्दा योग्यता, क्षमता, दक्षता, पार्टीलाई दिएको योगदानलाई आधार बनाउँदै आएको बताउने गरेका छन्। माओवादीबाट मन्त्री बन्नेहरुलाई अहिले सचिवालयमा नियुक्त गर्ने व्यक्ति छनोट गर्न महाभारत भएको छ। माओवादी नेतृत्वको सरकारले पार्टीका तर्फबाट एक जना उपप्रधानमन्त्री र दुईजना मन्त्री नियुक्त भइसकेका छन्। मन्त्री बनेसँगै पार्टीभित्रका नेतापिच्छे नै सचिवालयमा नियुक्त गर्नका लागि आउने नामले मन्त्रीहरु हैरान…

Read More