Author: admin

काठमाण्डौ । बंगलादेश सरकारले गतवर्षको भूकम्पपीडितका लागि राहतस्वरुप पठाएको चामल बझाङमा बिक्रीका लागि राखिएको छ। खाद्य संस्थानमार्फत बझाङ पठाएको बंगलादेशी उसिना चामल बझाङको सीमाखेत खाद्य संस्थानको गोदाममा बिक्रीका लागि राखिएको फेला परेको खबर आजको अन्नपूर्णमा छापिएको छ। अरुवा मोटो चामल बेच्दै आएको खाद्य संस्थानले बंगालादेशी उसिना चामल पठाएपछि उक्त चामल खान उपुक्त नभएको भन्दै उपभोक्ताले खरिद गरेका छैनन् । क्षेत्रीय खाद्य संस्थान धनगढी असारमा पठाएको ती सय १० क्विन्टल बंगलादेशी चामलमध्ये अहिलेसम्म २० /२५ किलोभन्दा बढी बिक्री नभएको खाद्य संस्थान सीमखेतका प्रमुख ईश्वरीदत्त पाण्डेले जानकारी दिए । चामल कसैले नकिनेपछि कुहिने अवस्थामा पुगेको छ।

Read More

काठमाण्डौ । नेपालको कुल क्षेत्रफलमध्ये ४४ दशमलव ७४ प्रतिशत वन–जंगलले ढाकेको छ । तर, नेपालले वार्षिक दुई अर्ब रुपैयााभन्दा बढीको काठ आयात गर्दै आएको छ। नेपालमा नामै नसुनेका देशबाट काठलगायत काठबाट निर्मित सामग्री आयात हुने गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर ढकाल नेपालमा वनजंगलका रूख काट्न हुन्न भन्ने मान्यताका कारण विदेशबाट बढी काठ आयात भएको बताउाछन्। नीति निर्माणकर्तादेखि सरकारी कर्मचारीहरूमा यो मानसिकता बढी रहेको उनको भनाइ छ। वैज्ञानिक वन व्यवस्थापन गर्न लामो समयदेखि गृहकार्य भए पनि कार्यान्वयन हुन नसक्दा विदेशबाट धेरै काठ आयात हुने गरेको हो । नेपालको वनलाई वैज्ञानिक…

Read More

काठमाण्डौ । निजामती सेवा ऐनअनुसार सामान्य प्रशासन मन्त्रालयको अन्तरमन्त्रालयस्तरीय कर्मचारी सरुवा गर्ने समयावधि सकिएको छ । निजामती सेवा ऐनले प्रत्येक वर्षको साउनमा सामान्यलाई, भदौमा मन्त्रालय तथा विभागलाई र असोजमा क्षेत्रीयस्तरका कर्मचारीलाई कर्मचारी सरुवाको अधिकार दिएको छ। आजको नयाँ पत्रिकामा खबर छापीएको छ। निवेदन दिएका कर्मचारीहरू सरुवाका लागि केही दिनदेखि सामान्य प्रशासन मन्त्रालयमा धाइरहेका छन् । नेपाल निजामती कर्मचारी संगठनले सरकारले निर्धारित समयमा कर्मचारी सरुवा गर्न नसकेर गैरजिम्मेवारीपन प्रदर्शन गरेको आरोप लगाएको छ। संगठनका अध्यक्ष मोहनकुमार घिमिरेले सुशासन ऐनअनुसार प्रशासकहरूले आफ्नो अधिकार प्रयोग गीर कर्मचारी सरुवा गर्न नसक्नु असक्षमता भएको बताए । उनले समयमै कर्मचारी सरुवा गर्न नसकेर नियमावली नै संशोधन…

Read More

काठमाण्डौ । नेपाल वायुसेवा निगमले चार वर्षपछि बिहीबारदेखि युएईको दुबईमा पुन: उडान सुरु गरेको छ । निगमको पहिलो उडान भरीभराउ उडेको खबर आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन्। निगमको संस्थागत विभागका अनुसार, बिहीबारदेखि सुरु पहिलो उडानमा १ सय ५८ सिट सबै भरिएका थिए भने दुबईबाट शुक्रबार विहान फर्किदा १ सय ३७ यात्रु थिए । निगमको दुबई आठौं उडान गन्तव्य हो । राष्ट्रिय ध्वजाबाहक कम्पनीले सातामा तीन दिन आइतवार, मंगलबार र बिहीबार काठमाडौंबाट उडान भर्नेछ भने दुबईबाट त्यसको भोलीपल्ट सोमबार, बुधबार र शुक्रबार फर्किने उडान तालिका राखेको छ । काठमाडौंबाट राति साढे ११ बजे दुबईका लागि विमान उडने छ भने दुबईबाट…

Read More

काठमाण्डौ । नेपाल आयल निगमले इन्धन वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ। सार्वजनिक विदा भन्दै निगमले बिहीबार इन्धन वितरण नगर्दा बजारमा चरम अभाव देखिएको खबर राजधानीसहित आज राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकामा मुख्य खबर बनेका छन्। बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ता लाइनमा बसेको थियो। धेरैजसो पम्पमा ‘पेट्रोल छैन’ भने सूचना टाँस गरिएको थियो भने खुलेको पम्पमा पनि पेट्रोल छैन भन्ने सूचना थियो।

Read More

काठमाडौं । ‘मास्टर डिग्री वा पिएचडी गर्दैमा कोही पढेको हुँदैन यदी उसलाई सूचना प्रविधिको ज्ञान छैन भने,’ महाविर पुनले भने, ‘अहिलेको जमानामा अक्षर चन्नु मात्रै साक्षर हुनु होइन ।’ सूचना प्रविधिबारे ज्ञान नभएर अहिलेको समयमा निरक्षर सरह भयने उनले बताए । पुन शुक्रबार कास्कीका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सूचना प्रविधिको महत्व दर्शाउँदै थिए । जिल्ला शिक्षा कार्यालयले प्रअमार्फत शिक्षक र विदार्थीम्मलाई सूचना प्रविधिको महत्व बुझाउन पुनलाई निम्त्याइएको थियो । ‘हेडसले चाह्यो भने स्कुलका केटाकेटीलाई सूचना प्रविधिमार्फत धेरै ज्ञान दिन सकिन्छ,’ उनले भने, ‘हेडसरले वास्ता नगेर सकुलमा कम्प्युटर र इन्टरनेट पुर्याए पनि प्रधावकारी हुँदैन ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Read More

काठमाडौं । सरकारी कामकाजमा कतिसम्म ढिलासुस्ती हुँदैआएको छ, त्यसको गतिलो उदाहारण हो कर्णालीमा चामल ढुवानी हुन नसकनु । केपी ओली सरकारका पालामा ढुवानी गर्ने भनेर सुरु भएको प्रक्रिया प्रचण्ड नेतृत्वको सरकार बनिसकेपछि पनि टुंगिएको छैनद् । यसअघिका आपूर्तिमन्त्री गणेशमान पुनको त आँ परेन परेन, नयाा आपूर्तिमन्त्री दीपक बोहोराले पनि चासो दिएको देखिएको छैन । सरकारी ढिलासुस्ती र बेवासताका कारण कर्णालीबासी खाद्य अभावको कठोर समस्या भोग्दैछन् । सूस्ती र लम्बेतान प्रक्रियाका कारण कर्णालीको खुक्खा प्रभावित क्षेत्रमा विशेष राहत कार्यक्रमअन्तर्गत हालसम्म सरकारले चामल ढुवानी गर्न सकेको छैन । कर्णालीका केही क्षेत्रमा भोकमरी सुरु भएको ट महिना भइसकेको छ । त्यस क्षेत्रमा गत…

Read More

काठमाण्डौ । नेपाली काँग्रेसले थप मन्त्रीको नामावली मङ्गलबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने तयारी गरेको छ । नेपाल विद्यार्थी सङ्घको महाधिवेशन लम्बिँदा काँग्रेसबाट सरकारमा पठाउने नाम छनोटमा ढिलाइ भएको थियो ।  महाधिवेशन सम्पन्न भएकाले सम्भावित मन्त्रीहरूको नामावली पार्टी सभापति शेरबहादुर देउवाले तयार गरेको जानकारी उनीनिकट एक केन्द्रीय सदस्यले दिए। आजको गोरखापत्रमा खबर छापिएको छ। व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसलाई १३ वटा मन्त्रालय भागमा परेको छ ।  त्यसमा उपप्रधानसहित गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखक नियुक्त भइसकेका छन्। अब काँग्रेसले ११ मन्त्रालयमा मन्त्रीको नाम पठाउने छ।  यसका लागि मन्त्रालयको सङ्ख्याभन्दा दोब्बर सांसदको नाम सम्भावित मन्त्रीका…

Read More

काठमाण्डौ । एक वर्षमा नेपालबाट दुई सय ८१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ। विभिन्न अपराधमा संलग्नलाई गृह मन्त्रालयले निष्कासन गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। आर्थिक वर्ष ०७२/७३ मा निष्कासनमा पर्नेमध्ये दुई सय ३६ जना अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन्। बाँकी ४५ जना अन्य विभिन्न किमिसका फौजदारी अपराधमा संलग्न छन्। अध्यागमन विभागका अनुसार निष्कासनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन्। डलर तस्करी तथा ओभरस्टेमा धेरै विदेशी निष्कासनमा पर्ने गर्दछन्। लागुऔषध, ठगी, तस्करी, यौन दुराचारसम्बन्धी मुद्दामा जेल परेका ४५ जनालाई पनि जेलबाट छुटेपछि निष्कासन गरिएको छ। यस्तो मुद्दाका विदेशीलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन हुने गरेको छ। त्यस्तै,…

Read More

काठमाण्डौ । नेपाल वायुसेवा निगमले चार वर्षपछि बिहीबारदेखि युएईको दुबईमा पुन: उडान सुरु गरेको छ । निगमको पहिलो उडान भरीभराउ उडेको खबर आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन्। निगमको संस्थागत विभागका अनुसार, बिहीबारदेखि सुरु पहिलो उडानमा १ सय ५८ सिट सबै भरिएका थिए भने दुबईबाट शुक्रबार विहान फर्किदा १ सय ३७ यात्रु थिए । निगमको दुबई आठौं उडान गन्तव्य हो । राष्ट्रिय ध्वजाबाहक कम्पनीले सातामा तीन दिन आइतवार, मंगलबार र बिहीबार काठमाडौंबाट उडान भर्नेछ भने दुबईबाट त्यसको भोलीपल्ट सोमबार, बुधबार र शुक्रबार फर्किने उडान तालिका राखेको छ । काठमाडौंबाट राति साढे ११ बजे दुबईका लागि विमान उडने छ भने दुबईबाट…

Read More