Author: admin

​भदौ १२, काठमाडौं । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ ।खपाङ्गीको उपचारको क्रममा राजधानीको बाँसवारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । पिसावमा समस्या देखिएपछि खपाङ्गीलाई शनिबार अस्पताल लगिएको थियो । अस्पतालबाट उपचार गरि घर लगिनुभएका खपाङगीको स्वास्थमा पुनः समस्या देखिएपछि न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा खपाङ्गीको राति १० बजेर २२ मिनेटमा निधन भएको हो । खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला, बालबालिका तथा समाजकल्याण मन्त्री हुनुभएको थियो। नेकपा मालेबाट राजनीति शुरू गर्नुभएका खपाङ्गी पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीका सँस्थापक महासचिब हुँदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष हुनुहुन्थ्यो । जनजातिहरूको…

Read More

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार अदालतद्वारा एक–एक वर्ष कैद र सात लाख ३१  हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका  मोहम्मद अनवर तथा मोहम्मद वसिमलाई पक्राउ ग-यो । सिआइबीले उनीहरूलाई पक्राउ गर्न संलग्न प्रहरीको नामसहित जिल्ला अदालत काठमाडौंमा प्रतिवेदन बुझायो । तर, अदालतले मंगलबार नै अर्काे प्रतिवेदन  बनायो । जसमा  पक्राउ गर्नेको सूचीमा  अदालतका  कर्मचारीको समेत नाम थपियो । अदालतले तोकेको सात लाख ३१ हजार रुपैयाँ कसिमन पाउने भएकाले त्यसरी अदालतको तहसिल शाखाले छुट्टै प्रतिवेदन बनाएको हो । फरार अभियुक्तलाई पक्राउ गर्दा उनीहरूलाई तोकिएको जरिवानाको २५ प्रतिशत पक्राउ गर्ने तथा सूचना दिने अधिकारीले पाउँछन् । त्यही कमिसन खान अदालतका कर्मचारीले…

Read More

 काठमाडौं ।  सुरक्षाकर्मीले बरामद गरेको झन्डै साढे १८ करोडबराबरको रक्तचन्दन कुहिन थालेको छ । भारतबाट नेपालको बाटो हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रममा बरामद रक्तचन्दन त्यसै कुहिन थालेको वन विभागका प्रवक्ता चन्द्रमान डंगोलले बताए । सुरक्षाकर्मीले विभिन्न स्थानबाट विभिन्न समयमा दुई लाख २९ हजार तीन सय ४६ किलो रक्तचन्दन बरामद गरेको छ । नेपालमा रक्तचन्दनको बिक्री–वितरण गर्न पाउने व्यवस्था नभएको छ । बरामद रक्तचन्दन १० वर्षैँदेखि डम्पिङ हुँदै आएको प्रवक्ता डंगोलले बताए । तस्करीबाट बरामद गरेको रक्तचन्दन जिल्ला वन कार्यालय र जिल्ला कार्यालयमा कडा सुरक्षा निगरानीमा राखिएको छ । न्तर्राष्ट्रिय बजारमा एक किलो रक्तचन्दनको आठ सय पर्ने सरकारी अनुमान छ…

Read More

काठमाडौं । जापानको सोफिया युनिभर्सिटीकी सहायक प्राध्यापक मासाको तानका त्यहाँ रहेका नेपालीबारे एउटा तंथ्याक सुनेर सुरुमा अचम्म परिन् । जब उनले उक्त तथ्यको प्रमाणिकता बुझिन्, मन भरंग भयो । नेपालको राजनीतिक घटनाक्रम नजिकबाट बुझेकी तानका छक्क पर्नुको कारण थियो, द्वन्द्व सकिएपछिका वर्षमा पनि गैरकानुनी रुपमा जापान बस्ने र शरणार्थीका निम्ति आवेदन दिनेको संख्या घटेको छैन । उनका अनुसार जापानमा १८ सय नेपालीले शरणार्थी बन्न आवेदन दिएका छन् । यो संख्या अति द्वन्द्वग्रस्त सिरियाली र अफगानी नागरिकले जापानमा मागेको शरणार्थी आवेदनभन्दा धेरै हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

 काठमाडौं । लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ । पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तमाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहका छन् । श्रीलंकाली लागूऔषध व्यरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ मा पक्राउ परेका थिए । त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालायमा मुद्दा चलाएको छ । थापालाई उक्त अदालतले सन् २०१५ मार्च महिनामा मृत्युदण्डको फैसला सुनाएको थियो । मृत्युदण्डको फैसलापछि थापाले कोलम्बोस्थित पुनराबेदन अदालतमा फैसला पुनराबलोकनको लागि गरेको अनुरोधबारे अदालतले अन्तिम धारणा सार्वजनिक भने गरेको छैन । त्यस्तै तामाङले पनि आजीवन…

Read More

काठमाडौं । नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न अन्ततः भारत तयार देखिएको छ । प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा यो सम्झौता गर्ने तयारी भइरहेको संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले जनाएको आजको कारोबार दैनिकमा समाचार छ । भैरवाह विमानस्थल निर्माणले गति लिइरहे पनि यो सम्झौता नहुँदा यसको भविश्य नै अन्योलमा परेको थियो । सम्झौता गर्न भारतले आलटाल गर्दै आए पनि पछिल्लो समय सकारातमक देखिएपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत गत साता भारतलाई पत्र पठाएको छ । प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिम साता नयाँ दिल्ले जाने सहमति भए पनि औपचारिक टुंगो भने लागिसकेको छैन ।

Read More

काठमाडौं । शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्ने सरकारको कार्यक्रम त्यससम्बन्धी कार्यविधि नबन्दा सुरु हुनसकेको छैन । सरकारले चालू आर्थिक वर्षको बजेटमा वैज्ञानिक, प्राविधिक तथा रोजगारमूलक व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी शैक्षिक ऋण र बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने योजना अगाडि सारेको थियो । सरकारको बजेट घोषणाका आधारमा युवाहरू विभिन्न विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा ऋण लिन धाउने गरेका छन् तर बैङ्कले प्रमाणपत्रका भरमा ऋण दिन नसकिने बताएपछि निराश भएर र्फकने गरेका आजको गोरखापत्र दैनिकमा समाचार छ । अर्थ मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले यो व्यवस्था कार्यान्वयनमा आउन…

Read More

 काठमाडों । मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइले कर्मचारीहरुको सरुवाका लागि फेरि नियमावली संशोधन गर्नुपर्ने भएको छ । यसअघि भदौ पहिलो साता मन्त्रिपरिषदले पूर्णता पाउने अनुमान गर्दै सामान्य प्रशासन मन्त्रालयले भदौं १५ गतेसम्म सरुवा गर्न सकिने गरी नियमावली संशोधनको प्रस्ताव  लोकसेवा आयोगमा पठाएको थियो । तर कांग्रेसका १३ जना मन्त्रीले शुक्रबार मात्रै शपथ लिएकाले अब फेरी कर्मचारी सरुवाको समयसीमा केही दिन धकेल्नुपर्ने भएको  आजको अन्नपूर्णमा समाचार छ । निजामी सेवा ऐनको नियममावलीअनुसार कर्मचारीहरुको सरुवा प्रत्येक वर्ष साउन मसान्तसम्ममा गरिसक्नुपर्छ । तर मध्यसाउनमा सरकार परिवर्तन हुँदा साउन मसान्तमा कर्मचारीहरुको सरुवा हुन नसकेपछि मन्त्रालयले भदौ १५ गतेसम्म सरुवा गर्न पाइने गरी नियमावली संशोधन प्रस्ताव…

Read More

मानिसको चालचलन लगायत अन्य गतिविधिहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हरन्छ । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा विभिन्न श्रोतबाट जानकारीहरु लिएका छौ । आइतबार आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । तपाईहरु अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ । तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ…

Read More

लापाज । बोलिभियाका उपगृहमन्त्री मजदुरहरुद्वारा कुटिएर मारिएका छन् । त्यहाँको सरकारले आफ्ना गृहमन्त्री आन्दोलनरत खानी कामदारहरुद्वारा अपहरण भई मारिएको जनाएको छ । बीबीसीका अनुसार लापाजबाट दक्षिणतर्फको एक स्थानबाट उपगृहमन्त्री रुडोल्फ इलानेस र उनका अंगरक्षक बिहीबार बिहानै अपहरणमा परेका थिए । उनी अपहरणमा परेको लगत्तै कुटिएर मारिएका हुन् । गृहमन्त्री कार्लोस रोमेरोले इलानेसलाई क्रूरतापूर्वक मारिएको हुनसक्ने संकेत प्राप्त भएको उल्लेख गरेको स्थानीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । उपगृहमन्त्री अपरहणपछि भएको प्रहरीसँगको भिडन्तमा दुई खानी कामदार पनि मारिएका छन् । स्थानीय अधिकारीहरूले अझै इलानेसको शव फेला पार्न सकेका छैनन् । तर सय जनाभन्दा बढी यो घटनालाई लिएर पक्राउ परिसकेका छन् ।…

Read More